काठमाडौं । नेपालमा सुनको आयात घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा सुनको आयात घटेको हो ।
अघिल्लो आर्थिक वर्ष नेपालमा ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएकाेमा गत आर्थिक वर्षमा जम्मा २२ अर्ब ३५ करोड रुपैयाँको सुन भित्रिएको छ । याे दुई वर्षकाे तुलना गर्दा नेपालमा १३ अर्ब २६ करोड रुपैयाँले सुनकाे आयात घटेकाे देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा अवधिमा २९ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो । यस्तै, आयातबापत राज्यले २ अर्ब ५३ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको विभागकाे तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा ५० लाख ५३ हजार ग्राम सुन भित्रिँदा ४ अर्ब २९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
अघिल्लो आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब हाराहारीले सुनको आयात घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए । बजारमा माग नहुँदा सुनको आयात घटेको उनकाे भनाइ छ । बजारमा माग नहुँदा समस्या आइरहेको र त्योभन्दा पनि ठूलो कोटा प्रणालीले समस्या पारिरहेको उनले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दैनिक २० किलो सुन आयातको कोटा लगाइएको भए पनि गत आर्थिक वर्ष भुक्तानी प्रणालीमै समस्या आउने देखेर केन्द्रीय बैंकले दैनिक १० किलो मात्रै सुन ल्याउन पाउने व्यवस्था गरेको थियो । यसले समेत सुन आयातमा गिरावट आएको महासंघले जनाएकाे छ ।
यसबाहेक, यतिबेला बजारमा माग नहुँदा समेत आयत घटेको शाक्यले बताए । उनका अनुसार जेठ महिनादेखि सुन आयात करिब–करिब ठप्प जस्तै भएकाले गत वर्ष २२ अर्बको मात्रै सुन भित्रिएको बताए ।
तर, यतिले मात्रै सुनको आयात नघटेको हुन सक्ने शङ्का गर्ने आधार पछिल्लो सुन तस्करी प्रकरणले समेत देखाएको छ । अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कडाइ गर्दा दैनिक ठुलो मात्रामा यात्रुहरूले सुन ल्याउने गरेको खुलेको थियो । तत्कालीन कार्यालय प्रमुख महेश भट्टराईले कडाइ गर्दा खाडीबाट नेपाल आउने यात्रुको साथबाट दैनिक २० किलोग्रामभन्दा बढी सुन आउने गरेको तथ्य फेला परेको थियो ।
यस्तै, राजश्व अनुसन्धान विभागले गरिरहेको पछिल्लो अनुसन्धानबाट समेत नयाँ तथ्य खुलेको छ ।हङकङबाट ब्रेक प्याडमा लुकाएर रेडी ट्रेड्सले कयौँ पटक सुन ल्याएको र अनुसन्धान गर्दै जाँदा सुन पगाल्ने फ्याक्ट्रीसम्मको तथ्य खुलिसकेको छ । यस्तै, यसअघि, चीनबाट भेप (विद्युतीय सिगरेट)मा लुकाएर सुन ल्याउने गरेको समेत भेटिएको थियो ।
यी आधारहरूले दैनिकरुपमा आउने १० किलोग्राम सुनले मात्रै स्वदेशी बजार नधान्ने जानकारहरुको भनाइ रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: