काठमाडौँ । मिड सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । हाईड्रोपावरले आजबाट आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाखको कुल २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार ८ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत हुन आउने ७ करोड ४८ लाख ४० हजार रकम बराबरको ७ लाख ४८ हजार ४ सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छ ।
सो सेयरमध्ये अति प्रभावित क्षेत्र मानिको सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्डको वडा नम्बर ३, ४, ५, ६, ७ र ११ का बासिन्दाका लागि ५ करोड ६१ लाख ३० हजार बराबरको ५ लाख ६१ हजार ३ सय कित्ता छुट्याईएको छ । त्यसबाहेक सोलुखुम्बु जिल्लाबासीका लागि १ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरको १ लाख ८७ हजार १ सय कित्ता सेयर छुट्याईएको छ ।
सेयर खरिदका लागि आजबाट साउन २८ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा ९ दशमलब ५ मेघावाटको मध्य सोलु खोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । रन अफ रिभर प्रकृतिको यो आयोजनाको कुल लागत २ अर्ब ८ करोड ४१ लाख छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर निष्कासन गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: