Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

खोलामा फोहोर फाल्नेलाई जरिवाना, सूचना दिनेलाई पुरस्कार

सांकेतिक तस्विर
खबरडबली संवाददाता
म्याग्दी । बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो ।
जिल्ला सदरमुकाम रहेको बेनी बजारको उक्त वडा भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीको दोभान पनि छ ।  धार्मिक एवम् पर्यटकीय महत्वको कालीगण्डकी र म्याग्दी नदीको जैविक विविधता संरक्षण एवम् प्रदूषण न्यूनीकरण गर्न फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाइएको वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए  । 
“नगरपालिकाले घरघरमा गाडी पठाएर कुहिने र नकुहिने फोहोर विभाजन गरेर सङ्कलन गर्ने व्यवस्था मिलाए पनि अटेरी गरेर खोलामा फोहोर फाल्ने समस्या रहेकाले त्यसलाई हटाउन वडा भेलाबाट जरिवाना तिराउने नियम बनाएका हौ,” उनले भने, “फोहोर फाल्ने व्यक्ति र सम्बन्धित घरधनीलाई जरिवाना तथा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छौँ ।” 
फोहोर फाल्ने भाडावालालाई पहिलोपटक  रु एक हजार र दोस्रो पटक   दुई हजार, घरधनीलाई पहिलो पटक  दुई हजार र दोस्रो पटक रु चार हजार जरिवाना तोकिएको छ । तेस्रो पटक पनि फोहोर फालेको भेटिएमा घरधनीलाई छ महिना वडाले दिने सुविधा रोक्का राख्ने नियम बनाएर बेनी बजारको सार्वजनिक स्थलमा टाँसिएको छ । 
सूचना दिने व्यक्तिलाई जरिवानाको ५० प्रतिशत रकम पुरस्कार दिने पनि व्यवस्था मिलाइएको छ । हिन्दू धर्मावलम्बीहरुले भगवान् विष्णुका रूपमा पूजा गर्ने शालग्रामको शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदीमा सिधै फोहोर फालिँदा प्रदूषणको चपेटामा पर्दै आएको थियो । 
कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजन तथा जलयात्रा गर्ने पर्यटकहरु फोहोर तथा प्रदूषणका कारण पीडित भएका थिए । वडा कार्यालयले बर्खामा कालीगण्डकी र म्याग्दी नदीले बगाएर ल्याउने दाउरा सङ्कलन गरी विपन्न परिवारको दाहसंस्कारमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 
 
यसैगरी कपडा बैंक पनि सञ्चालन गरिएको छ । प्रयोग गर्न योग्य तर लगाउन नचाहेको कपडा बजारवासीले बैंकमा लगेर जम्मा गर्छन् । विपन्न नागरिकले आवश्यक परेमा वडा कार्यालयमा सम्पर्क गरेर बैंकमा भएको कपडा लगेर प्रयोग गर्छन् । यस्तै धार्मिक र पौराणिक महत्वका चौतारी र पोखरी संरक्षण अभियान पनि सञ्चालन गरिएको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending