विराटनगर । आँखा पाक्ने रोगको प्रकोपले विराटनगरको आँखा अस्पतालहरूमा सातायता बिरामीको चाप बढेको छ । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् ।
विराटनगर आँखा अस्पताल, दिव्य ज्योति, विराट, गोल्छा, तापडियालगायतका आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ ।
भाइरल र ब्याक्टेरियाको सम्मिश्रणले आँखा पाक्छ । यो सरुवा रोग हो । गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएको दिव्यज्योति अस्पतालका पाइन्छ ।
प्रायःजसो बिरामीहरू आँखा रातो हुने समस्या लिएर अस्पताल आउने बिरामी बढेको विराटनगरस्थित दिव्यज्योति अस्पतालका नेत्ररोग विशेष डा. अभिषेक सुवालले बताए ।
आँखा पाक्ने रोगले सबैभन्दा बढी साना विद्यार्थी प्रभावित रहेका उनकाे भनाइ छ । उनीहरूको आँखा पाकेकै कारण नियमित पठन–पाठन तथा काममा असर परेको छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै सङ्क्रमण फैलिइरहेको छ । तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन ।
विद्यालयदेखि सरकारसम्म मौन रहेकाे अवस्थामा मानव शरीरको महत्वपूर्ण अङ्ग आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिनु पर्ने विज्ञहरुकाे भनाइ छ । अनियन्त्रित बनेको सङ्क्रमण फैलन नदिन सतर्कता समेन नअपनाइएको उनीहरु बताउँछन् । आँखाको सङ्क्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने दिव्यज्योति अस्पतालका निर्देशक देवा यादवकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: