Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

संवैधानिक परिषद्ले विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्दै

खबरडबली संवाददाता

काठमाडौं । संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा  बैठक बसेको हो ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बसेकाे बैठकले विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेकाे बताइएकाे छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन  अब ४ दिन मात्रै बाँकी रहेको छ ।  उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्ने भए पनि अहिलेसम्म हुन सकेको थिएन  ।

आजको बैठकमा नयाँ प्रधानन्यायाधिश सिफारिस गर्नेबारे छलफल हुनेछ । धारा १२९ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था रहेकाे छ ।

हाल सर्वोच्च अदालतमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशका उम्मेदवार हुन् ।

तर, संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तका लागि सिफारिस गर्दै आएको छ । हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीश रहेका छन् ।

श्रेष्ठ, खतिवडा, भट्टराई, सिन्हा, राउत र प्रधान २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । 

साेमबार अपरान्ह ४ बजे संवैधानिक परिषद्को बैठक बस्दै

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending