काठमाडौँ । नेपालको पहिलो कमेडी रोस्ट शो 'आम्मा कसम याँ दुख्छ' को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०) बाट प्रसारण हुने भएको छ । दोस्रो सिजनको पहिलो भागमा राजनितिज्ञ केशव स्थापित रहेका छन् ।
यो शो प्रत्येक शनिबार राती ८ः४५बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण हुने छ । पहिलो सिजनको तुलनामा अझै राम्रो र केहि परिमार्जन गरिएको आयोजक टिमले जनाएको छ । शोकी निर्देशक श्रृद्धा प्रसाईका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरन्जन लिन सक्नेछन् । उनी भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा मिहिनत पनि बढी गरिरहेका छौं । साथै परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।’
शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेष्ट अझ बिशेष भएको जानकारी गराए । उनले अहिलेसम्म पाँच वटा भागको छायांकन भइसकेको र आगामी छायांकनका लागी पनि बिभिन्न कलाकारदेखी राजनितिज्ञसँग कुरा भइरहेको जानकारी गराए । बढी ब्यंग्य हुने भएकाले गेष्ट आउन गाह्रो मान्छन् रे नि भन्ने सन्चारकर्मिहरुको प्रश्नमा बिक्की भन्छन्, ‘पहिलो सिजनमा केहि समय त्यस्तो भएको हो तर अहिलेको सिजनमा त्यो छैन । किनकी हामीले अहिलेको सिजनमा गेष्टलाई पहिलेनै यत्तिको ब्यंग्य गर्दैछौं अथवा कार्यक्रम छायांकन भइसकेपछि पनि उहाहरुले कुनै दृश्य नराख्नु भन्नुभयो भने सम्पादन गरिदिने गरेका छौं ।’
शोको गेष्ट म्यानेजमेन्टको काम गोपिकृष्ण चापागाईँले गरेका छन् । चापागाईँका अनुसार पहिलो सिजन भन्दा दोस्रो सिजनमा गेष्ट ल्याउनका लागी धेरै सहज भएको छ । ‘पहिलो सिजनमा कस्तो हो भन्ने धेरैलाई थियो । पहिलो सिजनको पनि अन्तिम अन्तिममा धेरै गाह्रो थिएन । एकपटक बुझाएपनि गेष्ट आउन खोज्नुहुन्छ । किनकी हाम्रो शोको फम्र्याट नबुझेर मात्रै सुरुमा केहि समय गाह्रो भएको हुन सक्छ ।’ चापागाईँले भने । ‘अहिलेको सिजनमा आउनुभएका गेष्ट निकै खुसी हुनुहुन्छ र छायांकन गर्न बाँकी भागका लागी पनि केहि कलाकार तथा राजनितिज्ञसँग कुरा भइसकेको छ ।’
एन क्यासको प्रस्तुती रहेको आम्मा कसम याँ दुख्छको पहिलो भागको प्रोमोमा केशव स्थापित खुलेरै शोमा गएको देखिन्छ । प्रोमो सार्वजनिक कार्यक्रममा एनएन टेलिभिजनका कार्यकारी निर्देशक श्याम धिताल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्री, कि एडभर्टाइमेन्टका प्रमुख रबिन्द्र कुमार रिजाल, कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
यस शोमा बिक्की अग्रवाल होस्टको रुपमा छन् भने बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन् । यस्तै दोस्रो सिजनका लाग्ी रिपोर्टर पिंकुको भूमिकामा प्रनेश चौतम भित्रिएका हुन् । शोको लेखनको काम शुशान्त बस्याल र बिकाश अर्याल रहेका छन् भने शोको स्टाइलिस सुदेशना महर्जन हुन् । शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: