Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

गौशाला धर्मशालाको जग्गाको सम्झौता खारेज, पुनः सम्झौताका लागि १५ दिनको म्याद

खबरडबली संवाददाता

काठमाडौं । मारवाडी सेवा समितिले २० वर्षदेखि प्रयोग गर्दै आइरहेको पशुपतिस्थित गौशाला धर्मशालाको जग्गाको सम्झौता खारेज गर्दै भाडा पुनरावलोकन गरी पुन: सम्झौता लागि १५ दिनको म्याद दिइएको छ । 
बुधबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले सो निर्णय गरेको हो ।

मारवाडी सेवा समितिले २०६० जेष्ठ ९ गतेबाट क्षेत्र विकास कोषको गौशलामा रहेको ९ रोपनी १४ आना जग्गा वार्षिक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो । कोष सञ्चालक परिषद्को २०६० जेठ ९ गतेको निर्णयअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि त्यसै वर्ष जेठ १२ गते सम्झौता भएको थियो । कोषसँग गरिएको भनिएको समितिलाई कहिलेसम्म सञ्चालन गर्न दिने सम्झौता, कति भाडा दिने भन्ने समेत उल्लेख छैन ।

कौडीको भाउमा भाडा लिई उक्त जग्गामा मारवाडी सेवा समितिले धर्मशाला सञ्चालन गर्दै आइरहेको छ । धर्मशालको नाममा शुल्क समेत लिँदै आएकोले जनस्तरमा यसको चर्को विरोध भइरहेको बेला क्षेत्र विकास कोषले भाडा पुनः मूल्याङ्कन गरी सम्झौता गर्न १५ दिनको म्याद दिने निर्णय गरिएको पर्यटन मन्त्रालय स्राेतले जानकारी दियाे  ।

२० वर्षको अन्तरालमा कोषले पटक पटक सम्झौता नवीकरण गर्न आग्रह गर्दा समाजले अटेरी गर्दै आएको थियो ।क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रचलित कानुन,अख्तियार अनुसन्धान आयोगको निर्देशन र सर्वोच्च अदालतको फैसलाको आधारमा समय सापेक्षा सम्झौता र दिर्घकालीन समस्या समधानका लागि आजसम्मको सम्झौता खारेज गर्ने निर्णय गरेको बताइएकाे छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान र सर्वोच्च अदालतले समेत भाडा पुन: नवीकरण गर्नु भनेर निर्णय गरेको थियो । त्यति मात्र होइन संसद्को सार्वजनिक लेखा समिति, सतर्कता केन्द्र र महालेखा परीक्षकको कार्यालयले कोषको हित प्रतिकूल रहेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो ।

तर विभिन्न बहानामा मारवाडी सेवा समाजले उक्त निर्णय कार्यन्वयन गर्न आलटाल गरिरहेको थियो । समितिले एकातिर लामो समयदेखि सम्झौता नविकरण आनाकानी गर्दै आएको थियो भने अर्कोतर्फ अर्कोतर्फ सम्झौताभन्दा बाहिर गएर मापदण्डविपरीत आफूखुसी नयाँ संरचना थप्दै लगेको थियो ।

थपिएका सरंचना हटाउन कोषले गत वर्ष कार्तिकमा ३५ दिनको अल्मिेटम दिएको समेत दिएको थियो । ३५ दिने म्याद पुरा हुँदा पनि समितिले संरचना नहटाएपछि कोषले भत्काउन थालेको थियो । संरचनाहरु हटाउने क्रममा माडवाडी समुदायबीच भनाभन भएपछि हटाउन पछि हटेको थियो ।

समितिले धर्मशाला परिसरमा २० सटर भाडामा लगाएर महिनाको लाखौं भाडा असुल्ने गरेको छ । धर्मशालामा बस्नको लागि २७० वटा कोठाहरु समेत रहेका छन् । उक्त कोठाहरु समेत प्रतिकोठा ४ सय देखि एक हजार रुपैया सम्म लिने गरेको छ ।

यसअघि कोषले भने रकमबारे समेत पुन: सम्झौता गर्न कोषले पटकपटक समितिलाई ताकेता गर्दा माथिल्लो निकायको हस्तक्षेपले सम्झौता नवीकरण हुन नसकेको बताउँदै आएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending