Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिक हिरासतमा

खबरडबली संवाददाता

काठमाडाैं ।  उत्तर कोरियाले दक्षिण कोरियाबाट भागेर आएका अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको बताएको छ । बिबिसीका अनुसार दुई कोरियाको सीमामा खटिएको युएन कमाण्डलाई उत्तर कोरियाले भागेर गएका अमेरिकी सैनिक प्राइभेट किङबारे जानकारी दिएको हो।

युएन कमाण्डले किङलाई घर फर्काउने पहल भइरहेकाले यसबारे अहिले धेरै कुरा सार्वजनिक नगर्ने बताएको छ।

भएको के थियो ?

साउन २ गते दक्षिण कोरियामा रहेका एक जना अमेरिकी सैनिक जानजान तर गैरकानुनी रूपमा उत्तर कोरिया छिरेको घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्यो।

एक-अर्कालाई दुश्मनजस्तो व्यवहार गर्ने र कूटनीतिक सम्बन्ध नभएका यी दुई देशबीच सिधा कुराकानी गर्ने संयन्त्र पनि छैन। यस्तो बेलामा उत्तर कोरिया छिरेका ती सैनिकलाई अहिले के भइरहेको छ भन्ने थाहा छैन।

जानाजान उत्तर कोरिया छिरेका ती अमेरिकी सैनिक २३ वर्षका प्राइभेट किङ हुन् । उनी सन् २०२१ जनवरीमा अमेरिकी सैनिकमा भर्ती भएका थिए।  उनी फर्स्ट ब्रिगेड कम्ब्याट टिममा रहेका थिए ।  उनको ब्रिगेड २०२२ को फेब्रुअरीमा दक्षिण कोरिया जान थालेको हो।

गत अक्टोबरमा स्थानीय कोरियालीसँग उनको झगडा परेको थियो । त्यसक्रममा उनले प्रहरीको कारमा क्षति पुर्‍याएपछि उनीमाथि कारबाही भएको थियो । उनको ब्रिगेडका अरू सैनिक अमेरिका फर्किने बेला उनी कोरियाको जेलमा बस्नु परेको थियो ।

जेलबाट छुटेपछि यो साताको सुरूमा उनी अमेरिका फर्किने योजना थियो ।  उनलाई अमेरिकाको टेक्ससमा सैनिकसम्बन्धी अनुशासनको कारबाही हुने तयारी थियो । दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलसम्म उनलाई अमेरिकी सेनाले स्कर्टिङ गरेर ल्याएको थियो।

विमानस्थलको सुरक्षा जाँचपासपछि उनलाई सैनिक सुरक्षा दिन सकिएको थिएन । विमानस्थलको सुरक्षा जाँच पास गरेका किङ भने जहाजमा चढेनन्। बरू विमानस्थलबाट बाहिर निस्किएर उत्तर कोरियाको सीमातिर लागे ।

सुरक्षा जाँच पास गरिसकेका उनी विमानस्थलबाट कसरी बाहिर निस्किए भन्ने प्रष्ट भइसकेको छैन । उत्तर कोरियाको सीमासम्म उनी पर्यटकको एउटा समूहसँग घुम्न भनेर गएका थिए । उत्तर र दक्षिण कोरियाको सीमा छुट्याउने ठाउँमा चार किलोमिटर चौडा डिमिलिटराइज्ड जोन छ । त्यहीँ भित्र पान्मुनजोम भन्ने ठाउँ पर्छ । त्यहाँबाट उत्तर कोरियाको जमिन देखिन्छ। पर्यटकहरू उत्तर कोरियालाई नजिकबाट हेर्न त्यो क्षेत्रको भ्रमण गर्छन्।

दिनभरि समूहमा पान्मुनजोम घुमेका किङ साँझतिर अचानक उत्तर कोरियातिर लागे ।  ‘हामीले दायाँतिरबाट हा हा गरेको आवाज सुन्यौं । दिनभरि हामीसँगै घुमेका एक युवक दुई भवन पार गरेर उत्तर कोरियातिर पुगे,’ किङको समूहमा रहेका एक पर्यटकले सामाजिक सञ्जालमा लेखेका छन्,‘के भएको हो भनेर हामी सबै एकछिन अचम्ममा पर्‍यौं।’

उनको समूहमा रहेकी अर्की एक जना पर्यटकले सुरूमा उनी उत्तर कोरियातिर जाँदा टिकटक भिडिओ बनाउन गएजस्तो लागेको बताएकी छन् । ‘सुरूमा त मलाई के गरेको होला भन्ने लागेको थियो,’ उनले भनेकी छन्,‘केहीबेर पछि त उनी उत्तरतिर बेस्सरी दौडिए, रोकिँदै रोकिएनन्।’

दक्षिण कोरियामा खटिएका अमेरिकी सैनिक जानकारीबिनै उत्तर कोरिया गएको यो पहिलो पटक भने होइन। यसअघि पनि केही अमेरिकी सैनिकहरू उत्तर कोरिया गएका थिए।

तीमध्ये सबैभन्दा चर्चित घटना सन् १९६५ को अमेरिकी आर्मी सर्जेन्ट चार्ल्स रोबर्ट जेनकिन्सको हो । उनले भियतनाम युद्ध लड्न जानुपर्ने भन्दै अमेरिकी सैनिक त्यागेका थिए। दक्षिण कोरियाबाटै उनी उत्तर कोरिया गएका थिए।

उत्तर कोरियामा हुँदा उनले उत्तर कोरियाली सैनिकलाई अंग्रेजी भाषा पढाउने र अमेरिका विरोधी प्रोपोगान्डामा अभिनय गर्ने काम गरेका थिए। झन्डै ४० वर्षपछि सन् २००४ मा उनलाई उत्तर कोरियाले देशबाट बाहिर जान अनुमति दिएको थियो।

यसपालि उत्तर कोरियातिर लागेका किङ पनि योजनावद्ध तरिकाले अमेरिकी सैनिकको जागिर त्यागेर उत्तर कोरिया गएका हुन् कि झुक्किएर गएका हुन् भन्ने स्पष्ट भइसकेको छैन। एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending