Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिक हिरासतमा

खबरडबली संवाददाता

काठमाडाैं ।  उत्तर कोरियाले दक्षिण कोरियाबाट भागेर आएका अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको बताएको छ । बिबिसीका अनुसार दुई कोरियाको सीमामा खटिएको युएन कमाण्डलाई उत्तर कोरियाले भागेर गएका अमेरिकी सैनिक प्राइभेट किङबारे जानकारी दिएको हो।

युएन कमाण्डले किङलाई घर फर्काउने पहल भइरहेकाले यसबारे अहिले धेरै कुरा सार्वजनिक नगर्ने बताएको छ।

भएको के थियो ?

साउन २ गते दक्षिण कोरियामा रहेका एक जना अमेरिकी सैनिक जानजान तर गैरकानुनी रूपमा उत्तर कोरिया छिरेको घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्यो।

एक-अर्कालाई दुश्मनजस्तो व्यवहार गर्ने र कूटनीतिक सम्बन्ध नभएका यी दुई देशबीच सिधा कुराकानी गर्ने संयन्त्र पनि छैन। यस्तो बेलामा उत्तर कोरिया छिरेका ती सैनिकलाई अहिले के भइरहेको छ भन्ने थाहा छैन।

जानाजान उत्तर कोरिया छिरेका ती अमेरिकी सैनिक २३ वर्षका प्राइभेट किङ हुन् । उनी सन् २०२१ जनवरीमा अमेरिकी सैनिकमा भर्ती भएका थिए।  उनी फर्स्ट ब्रिगेड कम्ब्याट टिममा रहेका थिए ।  उनको ब्रिगेड २०२२ को फेब्रुअरीमा दक्षिण कोरिया जान थालेको हो।

गत अक्टोबरमा स्थानीय कोरियालीसँग उनको झगडा परेको थियो । त्यसक्रममा उनले प्रहरीको कारमा क्षति पुर्‍याएपछि उनीमाथि कारबाही भएको थियो । उनको ब्रिगेडका अरू सैनिक अमेरिका फर्किने बेला उनी कोरियाको जेलमा बस्नु परेको थियो ।

जेलबाट छुटेपछि यो साताको सुरूमा उनी अमेरिका फर्किने योजना थियो ।  उनलाई अमेरिकाको टेक्ससमा सैनिकसम्बन्धी अनुशासनको कारबाही हुने तयारी थियो । दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलसम्म उनलाई अमेरिकी सेनाले स्कर्टिङ गरेर ल्याएको थियो।

विमानस्थलको सुरक्षा जाँचपासपछि उनलाई सैनिक सुरक्षा दिन सकिएको थिएन । विमानस्थलको सुरक्षा जाँच पास गरेका किङ भने जहाजमा चढेनन्। बरू विमानस्थलबाट बाहिर निस्किएर उत्तर कोरियाको सीमातिर लागे ।

सुरक्षा जाँच पास गरिसकेका उनी विमानस्थलबाट कसरी बाहिर निस्किए भन्ने प्रष्ट भइसकेको छैन । उत्तर कोरियाको सीमासम्म उनी पर्यटकको एउटा समूहसँग घुम्न भनेर गएका थिए । उत्तर र दक्षिण कोरियाको सीमा छुट्याउने ठाउँमा चार किलोमिटर चौडा डिमिलिटराइज्ड जोन छ । त्यहीँ भित्र पान्मुनजोम भन्ने ठाउँ पर्छ । त्यहाँबाट उत्तर कोरियाको जमिन देखिन्छ। पर्यटकहरू उत्तर कोरियालाई नजिकबाट हेर्न त्यो क्षेत्रको भ्रमण गर्छन्।

दिनभरि समूहमा पान्मुनजोम घुमेका किङ साँझतिर अचानक उत्तर कोरियातिर लागे ।  ‘हामीले दायाँतिरबाट हा हा गरेको आवाज सुन्यौं । दिनभरि हामीसँगै घुमेका एक युवक दुई भवन पार गरेर उत्तर कोरियातिर पुगे,’ किङको समूहमा रहेका एक पर्यटकले सामाजिक सञ्जालमा लेखेका छन्,‘के भएको हो भनेर हामी सबै एकछिन अचम्ममा पर्‍यौं।’

उनको समूहमा रहेकी अर्की एक जना पर्यटकले सुरूमा उनी उत्तर कोरियातिर जाँदा टिकटक भिडिओ बनाउन गएजस्तो लागेको बताएकी छन् । ‘सुरूमा त मलाई के गरेको होला भन्ने लागेको थियो,’ उनले भनेकी छन्,‘केहीबेर पछि त उनी उत्तरतिर बेस्सरी दौडिए, रोकिँदै रोकिएनन्।’

दक्षिण कोरियामा खटिएका अमेरिकी सैनिक जानकारीबिनै उत्तर कोरिया गएको यो पहिलो पटक भने होइन। यसअघि पनि केही अमेरिकी सैनिकहरू उत्तर कोरिया गएका थिए।

तीमध्ये सबैभन्दा चर्चित घटना सन् १९६५ को अमेरिकी आर्मी सर्जेन्ट चार्ल्स रोबर्ट जेनकिन्सको हो । उनले भियतनाम युद्ध लड्न जानुपर्ने भन्दै अमेरिकी सैनिक त्यागेका थिए। दक्षिण कोरियाबाटै उनी उत्तर कोरिया गएका थिए।

उत्तर कोरियामा हुँदा उनले उत्तर कोरियाली सैनिकलाई अंग्रेजी भाषा पढाउने र अमेरिका विरोधी प्रोपोगान्डामा अभिनय गर्ने काम गरेका थिए। झन्डै ४० वर्षपछि सन् २००४ मा उनलाई उत्तर कोरियाले देशबाट बाहिर जान अनुमति दिएको थियो।

यसपालि उत्तर कोरियातिर लागेका किङ पनि योजनावद्ध तरिकाले अमेरिकी सैनिकको जागिर त्यागेर उत्तर कोरिया गएका हुन् कि झुक्किएर गएका हुन् भन्ने स्पष्ट भइसकेको छैन। एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending