Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पास्ता र चाउचाउकाे निर्यात बढ्दाे

खबरडबली संवाददाता

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा पास्ता र चाउचाउ निर्यात २५ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चाउचाउ र पास्ताको माग बढ्दै गएपछि निर्यातमा वृद्धि भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा नेपालबाट दुई अर्ब २९ करोड ६० लाख ९३ हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको छ । 

आव २०७८/७९ मा एक अर्ब ८३ करोड ४१ लाख ३० हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको थियो । स्वदेशी चाउचाउ र पास्ताको गत वर्ष सबैभन्दा धेरै निर्यात भारतमा भएको छ । गत आवमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतमा एक अर्ब ५५ करोड २४ लाख पाँच हजार रुपियाँको निर्यात भएको छ । 

चीनमा ५१ करोड ४२ लाख २७ हजार रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ । यस्तै गत आवमा अस्ट्रेलियामा २३ करोड ७७ लाख २५ हजार, अमेरिकामा २१ करोड ६५ लाख ६२ हजार, जापानमा ८९ करोड नौ लाख, मलेसियामा ३० करोड ७६ लाख एक हजार, इटालीमा २९ करोड ६५ लाख चार हजार रुपियाँको चाउचाउ र पास्ता निर्यात भएको छ । 

पास्ता र चाउचाउको निर्यात बढ्दै गएपछि व्यापार घाटा कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वदेशी पास्ता तथा चाउचाउ भारतमा निर्यात हुँदै आएको छ । तेस्रो मुलुकमा पनि नेपाली चाउचाउ तथा पास्ताको माग उच्च रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: