Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अस्पताल आउने सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या

खबरडबली संवाददाता

काठमाडाैं । पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या   फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा अस्पतालमा आँखा जाच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो ।

नेपाल नेत्रज्योति संघ अन्तरगतका आँखा अस्पतालहरुमा आँखा जाच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको  संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिए  ।

‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ’ डा मिश्रले भने ।
 
देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको बताउछन् नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत रहेका छन् ।

यसैगरी लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, किर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत आँखाका बिरामी आउने गरेका छन् ।

यस्तै बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु,आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरु देखिन्छन् ।

हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउछन् । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ ।

देशैभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले त बिद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा।डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी आषधीको प्रयोग गर्नु हुँदैन यसले थप जटिलता निम्त्याउन पनि सक्छ’ प्रा डा लामिछानेले भने ।

समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउछन् डा।लामिछाने । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने बताउछन् उनि ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्न सुझाव दिन्छन् उनि ।

कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या

जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तिब्र रुपमा फैलिएकोे छ ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदि बन्दि रहेको घोराही कारागारमा गरिएको निशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको बताउछन् राप्ती आँखा अस्पतालका निमित्त प्रशाशक, नेत्र अधिकृत सालीक राम गौतम ।

करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदि बन्दिको आँखा सामान्य रातो भएको देखिएको थियो त्यो आँखाको सङ्क्रमण रहेछ त्यो विस्तारै धेरैमा फैलिसकेको छ जिल्ला कारागार घोराहीका स्वास्थ्थकर्मी योगेन्द्र रिजालले बताए ।

सो आँखा जाँच कार्यक्रममा नेत्र अधिकृत लाल बहादुर चौधरि, नेत्र अधिकृत सालीक राम गौतम, टेक बहादुर चौधरी, पुर्ण बहादुर वली, किरण पौडेल, छेदुराम चौधरि र शसिकला चौधरीले आँखा जाँच गर्नुभयको थियो  सो अवसरमा नेपाल नेत्रज्योति संघ, दाङका कोषाध्यक्ष श्माम प्रकाश आचार्यको सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सो...

पहिचानवादी–परिवर्तनकारी मोर्चाबन्दी हुँदा पुराना दलहरू गम्भीर राजनीतिक संकटमा पर्ने संकेत

काठमाडौं । नेपाली राजनीति फेरि एकपटक निर्णायक संक्रमणकालीन मोडमा प्रवेश गरेको छ। दशकौँदेखि सत्ता र राजनीतिका केन्द्रमा रहेका परम्परागत दलहरू—नेपाली का...

ओलीको वर्चस्वलाई खुला चुनौती

५० वर्षे राजनीतिमा ईश्वर पोखरेलको ‘अन्तिम दाउ’, अध्यक्षमा उम्मेदवारी

सर्लाहीको उखु खेतमा भीषण आगलागी

५० बिघाभन्दा बढी उखुबाली नष्ट, करिब ३ करोडको क्षति

एमाले महाधिवेशनः अपरान्ह ४ बजेपछि मात्रै मतदान, एक मत हाल्न ४० मिनेट लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि प्र...

एमाले महाधिवेशनमा शक्ति संघर्ष उत्कर्षमा

३०१ सिटका लागि ६०३ भिडन्त: एमाले नेतृत्वमा खुला युद्ध, ओली–पोखरेल दुई प्यानल आमनेसामने

एमालेमा को–को भए निर्विरोध ?

काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् ।  लुम्बिनी प्रदेशबाट ...

पश्चिमी वायुको आंशिक प्रभाव कायमै : कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहा...

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending