Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

आमसञ्चार ऐन तयार छ, छिट्टै ल्याउँछौँ: सञ्चारमन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छन् । विश्व सामुदायिक रेडियो प्रसारक संघद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन् ।

मन्त्री शर्माले भनिन्, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने छ भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उनले नेपालमा मात्र नभई संसारभर नै सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । 

“लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भनिन् । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पुर्‍याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उनले उल्लेख गरिन् ।

सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा  रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।

“आजको दिनमा मुलुकको अर्थतन्त्रलगायतमा आएको समस्याले गर्दा रेडियोलगायत सञ्चारमाध्यमको समस्या रहेको छ”, उनले भनिन्, “समयमै नवीकरण र नवीकरण सहज बनाउन लाग्नुपर्ने अवस्था छ । नवीकरण शुल्क र जरिमाना शुल्क यो पटकलाई मिनाह गर्नका लागि अर्थमन्त्रालयमा पठाएका छौँ, अर्को वर्षदेखि यसलाई नीतिगत रुपमै व्यवस्था गरिनेछ ।”

सम्मेलनका दौरानमा दक्षिण एशियाली मुलुकका असल अभ्यास र नीतिको एकअर्काबीच आदानप्रदान गर्नसके सम्मेलन फलदायी हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् । रेडियो विगतदेखिनै जनतालाई सूचनाको भरपर्दो साधनको रुपमा विकास भइरहेको तथा कुना कन्दरामा पत्रपत्रिका र इन्टरनेट नपुगेको स्थानमा रेडियोनै सूचनाको मुख्य माध्यम बनेको उनले उल्लेख गरिन् । सम्मेलनले आपसी सद्भाव अभिवृद्धिमासमेत भूमिका खेल्ने बताउँदै उनले यसले दक्षिण एशियाका सरकारदेखि जनतालाई जोड्ने काम गर्नुका साथै अन्तरदेशीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने बताइन् । सम्मेलनले दक्षिण एशियाको नीति सुधार्नुपर्ने विषयलाई आदानप्रदान गर्न सहज हुने उनको भनाइ थियो । 

विश्व सामुदायिक रेडियो प्रसारक संघको एशिया प्रशान्त क्षेत्रीय अध्यक्ष रामनाथ भाटले सामुदायिक रेडियो प्रसारकको एकअर्काबीच ज्ञान आदानप्रदानका साथै आगामी रणनीतिक साझेदारिताबारे सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरिन् । सम्मेलनले दक्षिण एशियाली सामुदायिक रेडियोको साझा समस्याको पहिचान नीतिगत सुधार र आगामी रणनीति तय गर्न उपयोगी हुने आयोजकको विश्वास छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: