काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छन् । विश्व सामुदायिक रेडियो प्रसारक संघद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन् ।
मन्त्री शर्माले भनिन्, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने छ भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उनले नेपालमा मात्र नभई संसारभर नै सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।
“लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भनिन् । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पुर्याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उनले उल्लेख गरिन् ।
सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।
“आजको दिनमा मुलुकको अर्थतन्त्रलगायतमा आएको समस्याले गर्दा रेडियोलगायत सञ्चारमाध्यमको समस्या रहेको छ”, उनले भनिन्, “समयमै नवीकरण र नवीकरण सहज बनाउन लाग्नुपर्ने अवस्था छ । नवीकरण शुल्क र जरिमाना शुल्क यो पटकलाई मिनाह गर्नका लागि अर्थमन्त्रालयमा पठाएका छौँ, अर्को वर्षदेखि यसलाई नीतिगत रुपमै व्यवस्था गरिनेछ ।”
सम्मेलनका दौरानमा दक्षिण एशियाली मुलुकका असल अभ्यास र नीतिको एकअर्काबीच आदानप्रदान गर्नसके सम्मेलन फलदायी हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् । रेडियो विगतदेखिनै जनतालाई सूचनाको भरपर्दो साधनको रुपमा विकास भइरहेको तथा कुना कन्दरामा पत्रपत्रिका र इन्टरनेट नपुगेको स्थानमा रेडियोनै सूचनाको मुख्य माध्यम बनेको उनले उल्लेख गरिन् । सम्मेलनले आपसी सद्भाव अभिवृद्धिमासमेत भूमिका खेल्ने बताउँदै उनले यसले दक्षिण एशियाका सरकारदेखि जनतालाई जोड्ने काम गर्नुका साथै अन्तरदेशीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने बताइन् । सम्मेलनले दक्षिण एशियाको नीति सुधार्नुपर्ने विषयलाई आदानप्रदान गर्न सहज हुने उनको भनाइ थियो ।
विश्व सामुदायिक रेडियो प्रसारक संघको एशिया प्रशान्त क्षेत्रीय अध्यक्ष रामनाथ भाटले सामुदायिक रेडियो प्रसारकको एकअर्काबीच ज्ञान आदानप्रदानका साथै आगामी रणनीतिक साझेदारिताबारे सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरिन् । सम्मेलनले दक्षिण एशियाली सामुदायिक रेडियोको साझा समस्याको पहिचान नीतिगत सुधार र आगामी रणनीति तय गर्न उपयोगी हुने आयोजकको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...




प्रतिकृया लेख्नुहोस्: