Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

गाेलभेँडाकाे मूल्यवृद्धिले धनकुटाका किसानलाई राहत

विराटनगर आसपासका बजारहरुमा गोलभेँडा मूल्य प्रतिकेजी १६० देखि २०० रुपैयाँसम्म

खबरडबली संवाददाता

धनकुटा । काेशी प्रदेशकाे राजधानी विराटनगर लगायतका शहरहरुमा गोलभेँडाको मूल्य आकासीएकाे छ । प्रदेशको राजधानी विराटनगर आसपासका बजारहरुमा गोलभेँडा प्रतिकेजी १६० देखि २०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

गएको असार पहिलो सातासम्म किसानले पठाएको गोलभेँडा मात्र अन्कनाउँदै  बिक्री गर्ने गरेका विराटनगरका थोक बिक्रेताले किसानसँग खरिद गर्न आफैँ अग्रसर हुँदैन थिए ।

तीन सातामा यो अवस्था ठ्याक्कै उल्टो भएको छ । अहिले व्यापारीले किसानको खातामा अग्रिम रकम भुक्तानी गरिदिएपछि मात्र गोलभेँडा विराटनगर पठाइन्छ । विराटनगर आसपासका क्षेत्रमा विशेष गरी धनकुटामा धेरै गोलभेँडा फल्छ । त्यहाँबाट दैनिक ३० टनसम्म गोलभेँडा तराईका विभिन्न बजारमा पठाइन्छ ।

अहिले किसाले गोलभेँडाको हालसम्मकै धेरै मूल्य लिइरहेका धनकुटा नगरपालिका–४, ठोकागाउँका स्थानीय अगमशेर राई बताउँछन् । पहिले गोलभेँडा बिक्री गरिदिनुहोस् भन्दै व्यापारीलाई अनुरोध गर्नुपर्ने अवस्था रहेकेा भए पनि अहिले भने व्यापारीले पहिले पैसा पठाउनु थालेकाे र आफुहरुले गोलभेँडा पठाउन लागेकाे उनले बताए । 

मूल्यवृद्धिले यस क्षेत्रका किसानलाई निकै राहत मिलेको छ । असार पहिलो साता प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेँडा बिकेको थिएन । अहिले किसानले बारीमै गोलभेँडाको मूल्य प्रतिकेजी १२० रुपैयाँसम्म पाइरहेका उनले बताए । 

व्यापारीले पहिल्यै रकम भुक्तानी गरेपछि मात्र किसानले गोलभेँडा पठाउने गरेका गुदरी बजारका थोक बिक्रेता गुड्डु मियाँले बताए । आफुहरुले किसानको खातामा रकम ट्रान्सफर गरिदिएपछि मात्र  अर्डरअनुसारको परिमाण पठाइदिने गरेकाे उनले बताए । 

भारतमा समेत गोलभेँडाको मूल्य बढेर नेपालतर्फ पठाइन छाडेपछि आफूहरूको उत्पादनले उचित मूल्य पाएको धनकुटा–७, श्रीवानीका किसान मात्रिका राई बताउँछन्  । जीवनमै नपाइएको मूल्य यो सिजनमा पाउँदा आफुहरु  छक्क परेकाे उनले बताए । कतिपय किसानको बोट बर्खाका कारण सुक्न समेत थालेका भएपनि  व्यवस्थित र टनेल प्रविधि अपनाएका किसानलाई भने राम्रो फाइदा भएको उनले बताए ।

यतिबेला धनकुटाकाे पहाडी क्षेत्रको उत्पादन भारततर्फ समेत निर्यात गर्न थालिएको छ  । औपचारिक ‘च्यानल’बाट भने भारततर्फ निर्यात नगरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार कतिपय व्यापारीले रिक्साठेलामा ‘लोड’ गरेर गोलभेँडा भारततर्फ लैजाने गरेका छन् । यसरी कर नलाग्ने र सामान्य फाराम भरेर लैजान पाइने भएकाले कति परिमाणमा गयो भन्ने तथ्यांक नराखिएको कार्यालयले जनाएको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा व्यावसायिक रूपमा गोलभेँडा खेती गर्ने गरिएको छ । अहिले गोलभेँडाको माग अधिक बढेका कारण धनकुटाका किसानले पनि राम्रो मूल्य पाउन थालेका केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए ।

धनकुटामा उत्पादन हुने गोलभेँडा विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरान, लहान, इनरुवालगायतका क्षेत्र र भारत सम्म बिक्री गर्ने गरिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending