धनकुटा । काेशी प्रदेशकाे राजधानी विराटनगर लगायतका शहरहरुमा गोलभेँडाको मूल्य आकासीएकाे छ । प्रदेशको राजधानी विराटनगर आसपासका बजारहरुमा गोलभेँडा प्रतिकेजी १६० देखि २०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
गएको असार पहिलो सातासम्म किसानले पठाएको गोलभेँडा मात्र अन्कनाउँदै बिक्री गर्ने गरेका विराटनगरका थोक बिक्रेताले किसानसँग खरिद गर्न आफैँ अग्रसर हुँदैन थिए ।
तीन सातामा यो अवस्था ठ्याक्कै उल्टो भएको छ । अहिले व्यापारीले किसानको खातामा अग्रिम रकम भुक्तानी गरिदिएपछि मात्र गोलभेँडा विराटनगर पठाइन्छ । विराटनगर आसपासका क्षेत्रमा विशेष गरी धनकुटामा धेरै गोलभेँडा फल्छ । त्यहाँबाट दैनिक ३० टनसम्म गोलभेँडा तराईका विभिन्न बजारमा पठाइन्छ ।
अहिले किसाले गोलभेँडाको हालसम्मकै धेरै मूल्य लिइरहेका धनकुटा नगरपालिका–४, ठोकागाउँका स्थानीय अगमशेर राई बताउँछन् । पहिले गोलभेँडा बिक्री गरिदिनुहोस् भन्दै व्यापारीलाई अनुरोध गर्नुपर्ने अवस्था रहेकेा भए पनि अहिले भने व्यापारीले पहिले पैसा पठाउनु थालेकाे र आफुहरुले गोलभेँडा पठाउन लागेकाे उनले बताए ।
मूल्यवृद्धिले यस क्षेत्रका किसानलाई निकै राहत मिलेको छ । असार पहिलो साता प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेँडा बिकेको थिएन । अहिले किसानले बारीमै गोलभेँडाको मूल्य प्रतिकेजी १२० रुपैयाँसम्म पाइरहेका उनले बताए ।
व्यापारीले पहिल्यै रकम भुक्तानी गरेपछि मात्र किसानले गोलभेँडा पठाउने गरेका गुदरी बजारका थोक बिक्रेता गुड्डु मियाँले बताए । आफुहरुले किसानको खातामा रकम ट्रान्सफर गरिदिएपछि मात्र अर्डरअनुसारको परिमाण पठाइदिने गरेकाे उनले बताए ।
भारतमा समेत गोलभेँडाको मूल्य बढेर नेपालतर्फ पठाइन छाडेपछि आफूहरूको उत्पादनले उचित मूल्य पाएको धनकुटा–७, श्रीवानीका किसान मात्रिका राई बताउँछन् । जीवनमै नपाइएको मूल्य यो सिजनमा पाउँदा आफुहरु छक्क परेकाे उनले बताए । कतिपय किसानको बोट बर्खाका कारण सुक्न समेत थालेका भएपनि व्यवस्थित र टनेल प्रविधि अपनाएका किसानलाई भने राम्रो फाइदा भएको उनले बताए ।
यतिबेला धनकुटाकाे पहाडी क्षेत्रको उत्पादन भारततर्फ समेत निर्यात गर्न थालिएको छ । औपचारिक ‘च्यानल’बाट भने भारततर्फ निर्यात नगरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार कतिपय व्यापारीले रिक्साठेलामा ‘लोड’ गरेर गोलभेँडा भारततर्फ लैजाने गरेका छन् । यसरी कर नलाग्ने र सामान्य फाराम भरेर लैजान पाइने भएकाले कति परिमाणमा गयो भन्ने तथ्यांक नराखिएको कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लाका अधिकांश स्थानीय तहमा व्यावसायिक रूपमा गोलभेँडा खेती गर्ने गरिएको छ । अहिले गोलभेँडाको माग अधिक बढेका कारण धनकुटाका किसानले पनि राम्रो मूल्य पाउन थालेका केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए ।
धनकुटामा उत्पादन हुने गोलभेँडा विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरान, लहान, इनरुवालगायतका क्षेत्र र भारत सम्म बिक्री गर्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १९:४८
खोटाङ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच...
चैत्र ४ गते, २०८२ - १९:४६
सुनसरी । धरानमा पत्रकार महिलाका विरुद्व सामाजिक सञ्जाल फेसबूकमा गाली गलौज गर्ने एकजना पक्राउ परेका छन । असान्दर्भिक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरि ...
चैत्र ४ गते, २०८२ - १९:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पत...
चैत्र ४ गते, २०८२ - १९:३७
काठमाडौं । आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भइरहेको छ। सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई ...
चैत्र ४ गते, २०८२ - १९:१३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको बताएका छ...
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण


प्रतिकृया लेख्नुहोस्: