Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बजेटको स्रोत सुनिश्चित नहुँदा अघि बढेन नमूना सदरमुकामको काम

खबरडबली संवाददाता

नवलपुर । कान्छो जिल्लाका रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि नमूना सदरमुकामको काम अझै सुरु हुन सकेको छैन । 

बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित नहुँदा काम गर्न नसकिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । “नमूना सदरमुकाममा निर्माण हुने भवन, सडकलगायतका संरचनाका लागि रु तीन अर्ब ५० करोड अनुमानित लागत तयार पारी विभागमा पठाएका छौँ”, कार्यालयका सूचना अधिकारी ओमबहादुर खड्काले भने, “नमूना सदरमुकाम निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित भएको छैन । बहुवर्षीय स्रोत स्वीकृत नभएसम्म निर्माण अघि बढाउन सक्ने अवस्था छैन ।” 

कावासोती–३ मा बन्ने भनिएको नमूना सदरमुकाम निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि स्वीकृत नभएको खड्काको भनाइ छ । “इआइएको काम पूरा भइसकेको छ, तर स्वीकृत भएको छैन”, उनले भने, “यो स्वीकृत नहुनु पनि काम अघि बढाउन नसक्नुको कारण हो ।”

नमूना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्माण गरेको हो । तर डिपीआर पनि बारम्बार संशोधन भइरहँदा निर्माण अगाडि बढ्न नसकेको उनको भनाइ छ । 

“कावासोतीको एक सय ८४ बिघा क्षेत्रफलमा नमूना सदरमुकाम निर्माण अघि बढ्ने गरी डिपीआर तयार भएको छ”, उनले भने, “यहाँ निर्माण हुने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतबाहेकका सबै सरकारी कार्यालयको भवन एकै ढाँचामा निर्माण हुनेछन् ।”

जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतले आफ्नो बेग्लै ढाँचामा भवन निर्माण गर्ने भए पनि अन्य सरकारी भवन भने एकै ढाँचामा निर्माण हुने र एउटै भवनमा दुईभन्दा बढी कार्यालय सञ्चालन हुने उनले बताए ।

नवलपुरमा सङ्घीय सरकार मातहतका २१ तथा गण्डकी प्रदेश सरकार मातहतका ११ वटा कार्यालय रहनेगरी डिपीआर संशोधन गरिएको खड्काले बताए । सरकारी अड्डासँगै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत यहाँ निर्माण गर्ने योजना छ । यी संरचना निर्माणका लागि चार वर्ष पहिले योजना अघि सारिएको थियो । 

“नमूना सदरमुकाम निर्माणको अन्तिम लागत तयार पारेर चार महिनाअघि सहरी विकास तथा भवन निर्माण विभागमा पेस गरेका छौँ”, उनले भने, “बजेटको स्रोत सुनिश्चित नभएका कारण लागत स्वीकृत भएको छैन ।” 

सहरी विकास मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएर लागत स्वीकृत हुने बित्तिकै काम सुरु गर्ने आयोजनाको तयारी रहेको उनको भनाइ छ । बहुवर्षीय बजेटको स्रोत सुनिश्चित नहुँदा गत आवमा नमूना सदरमुकामका लागि बिनियोजित बजेट फ्रिज भएको उनले जानकारी दिए ।

“गत आर्थिक वर्ष २०७९/८० मा नमूना सदरमुकामको भवन निर्माणका लागि रु १० करोड तथा सडक निर्माणका लागि रु ३३ करोड ९५ लाख बजेट विनियोजन भएको थियो” उनले भने, “बहुवर्षीय बजेट सुनिश्चित नहुनु, इआइए स्वीकृत नहुनु तथा लागत स्वीकृत नहुनुका कारण काम हुन सकेन र उक्त बजेट फ्रिज भयो ।” खड्काका अनुसार चालु आव २०८०/८१ मा समेत भवन निर्माणका लागि रु २० करोड तथा अन्य पूर्वाधारका लागि रु एक करोड बजेट विनियोजन भएको छ । 

“इआइए स्वीकृत तथा बहुवर्षीय बजेटको स्रोत सुनिश्चित भएपछि हामीले ठेक्का निकालेर नमूना सदरमुकाम निर्माण सुरु गर्छौं”, सूचना अधिकारी खड्काले भने । नवलपुरमा नमूना सदरमुकाम नबन्दा अधिकांश सरकारी कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी जीतनारायण महतोले बताए ।

जिल्लामा सञ्चालित सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले घरभाडाबापत मात्रै मासिक रु १० लाखभन्दा बढी बुझाउने गरेका महतोले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको मतगणना जारी: अधिकांश पदमा ओली प्यानलकै वर्चश्व

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...

मतगणना जारी, अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाघ्याे, चाँदीकाे कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending