Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कर्णाली सरकारद्वारा संघीय सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते सार्वजनिक गरेको थियो । 

नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित एकदिने ‘कृषि तथा पशुपक्षी विकाससम्बन्धी समन्वयात्मक छलफल’मा शुक्रबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सङ्घीय मन्त्री डा बेदुराम भुसाललाई लागो हस्तान्तरण गरेका हुन् । उक्त लोगो ग्रहण गर्दै मन्त्री डा.भुसालले कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले सङ्घीय सरकारले यसको अन्तराष्ट्रिय बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“कर्णालीमा मूल्यवान कृषिजन्य वस्तु उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोबाट विश्वभर प्रवाह गर्न सङ्घ सरकार तयार छ”, उनले भने, “रैथाने, प्राङ्गारिक र मूल्यवान कृषि वस्तु उत्पादनमा वृद्धि गर्न सकेमात्र ‘मूल्यवान’ लोगोको अर्थ रहन्छ ।” यसको प्रचारप्रसार विश्वभर गर्न सकिए नेपालकै नाम उँचो हुने र त्यसले मुलुकको गौरव बढाउने मन्त्री डा।भुसालको भनाइ थियो ।    

लोगो हस्तारण गर्दै कर्णाली प्रदेश सरकारका भूमि मन्त्री शर्माले ‘लम्पी स्कीन’रोग नियन्त्रणमा राहत,  प्रयोगशाला सञ्चालनमा बजेटलगायत व्यवस्था गर्न माग गरे । उनले किसानलाई प्राङ्गारिक मलको फाइदाबारे जानकारी दिनुपर्ने भन्दै पशुपालनमा किसानलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन थर्न सके रासायनिक मलको प्रयोगमा रोकथाम हुने बताए ।

अर्गानिक उत्पादनका लागि प्राङ्गारिक मलको व्यवस्थापन र अनुदानमा विशेष कोटा निर्धारण गरी प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्नसहित मन्त्री शर्माले मन्त्री भुसालको ध्यानाकर्षण गरे । मन्त्री शर्माले समन्वय बैठकमा सहभागी अन्तर प्रदेशका कृषिमन्त्री तथा सचिवसहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई समेत कर्णालीका किसानको सम्पदा ‘मूल्यवान’ हस्तारण गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: