Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कर्णाली नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

खबरडबली संवाददाता

कैलाली । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ । 

पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरे । 

“पहाडी क्षेत्रमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ”, उनले भने,  “यही रफ्तारमा पानीको सहत बढेमा तटीय क्षेत्रमा जोखिम बढ्छ । जोखिम क्षेत्रका नागरिक सुरक्षित रहनुहोला ।” 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिए । 

यस्तै विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घण्टामा ३७ दशमलव दुई  मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले जानकारी दिए। 

वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन् । “पानीको सहतबारे जानकारी, नदीको अवस्थाबारे जानकारी र अन्य पूर्वतयारीका कुरा साइरनमार्फत सबैलाई निरन्तर जानकारी दिन थालेका छौँ”, विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भने, “तालिमप्राप्त टिम, बरघर, नगर प्रहरी, विपद् व्यवस्थापन समितिका सदस्य सबै तयारीमा बसेका छौँ ।”

टीकापुरको सत्ती पुलमा पनि नदीमा पानीको बहाव मापनका लागि पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ । पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताए। 

“नदीमा पानीको बहाव बढ्न थालेपछि नागरिक नदीसम्म हेर्न जाने र फर्कने गरेका छन्”, उनले भने, “यसअघि आएको बाढीले त्रसित भएका केही दिनयता निदाउन सकेका छैनन् ।” 

टीकापुर पार्क सीमामा बिग बोल्डर हालिँदै 

नदीमा पानीको बहाव बढ्दै गएपछि कटान तीव्र पारिएको टीकापुर–५ स्थित टीकापुर पार्कको सिमानामा नगरपालिकाले बिग बोल्डर हाल्न थालेको छ । नदी कटान तीव्र हुँदा पार्क र बस्ती जोखिममा परेपछि रानीजमरा कुलरिया सिँचाइ आयोजना र पालिका मिलेर बिग बोल्डर (ठूला ढुङ्गा) हालेर तटबन्ध थालिएको छ । 

सिँचाइ आयोजनाले ठेक्का लगाएका निर्माण व्यवसायीले तटबन्ध निर्माण नगर्दा बस्ती जोखिममा परेको हो । निर्माण व्यवसायी काममा नआएपछि आयोजना र पालिकाबीच भएको छलफलले आफैँले काम गर्ने सहमतिअनुसार काम थालिएको हो । 

“बस्ती सखाप हुने जोखिम बढेपछि आइतबारबाट सिँचाइ आयोजना र पालिकाका साधन प्रयोग गरी बिग बोल्डर हाल्न थालिएको छ”, वडा नं ५ का वडाध्यक्ष बलबिर थारुले भने, “यो कार्य निरन्तर जारी रहन्छ, लम्कीचुहा र बर्दगोरिया गाउँपालिकाबाट ढुङ्गा ल्याएर नदी नियन्त्रणको प्रयास हुँदैछ ।” 

सिँचाइ आयोजनाले नदी कटानको जोखिममा रहेका पाँच क्षेत्रमा नदी नियन्त्रणका लागि बिग बोल्डर हाल्न गएको चैतमै ठेक्का लगाएको थियो । अन्य ठाउँका निर्माण व्यवसायीले काम थाले पनि टीकापुर–५ मा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले काम नगर्दा समस्या निम्तिएको आयोजनाले जनाएको छ । 

“कर्णाली नदीको मुहानदेखि नै जथाभावी नदी उत्खनन गर्दा आज टीकापुर, जानकी पालिका नदी कटानको जोखिममा परेका हुन्”, सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले भनृ, “हामीले समयमै ठेक्का लगाएका हौँ, पटकपटक अनुरोध गर्दा पनि निर्माण व्यवसायी आएनन्, तत्काल कटान नियन्त्रण गरौँ, बाँकी कार्यालयले निर्माण व्यवसायीलाई कारबाहीलगायतका पक्रिया अघि बढ्छन् ।” 

कर्णाली नदीमा बिग बोल्डर हाल्न थालिएपछि स्थानीय ढुक्क भएका छन् । “नदी कटान तीव्र भएपछि केही दिनदेखि त्रासमा थियौं”, स्थानीय सरोज चौधरीले भने, “नदी फुटेमा कर्णाली नै बस्तीमा बग्ने खतरा छ । पार्क सखाप हुन्छ । टीकापुरका धेरै वडाको पहिचान सकिन्छ ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: