सिन्धुली । राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भएका हुन् ।
पूर्वी खण्ड अन्तर्गत कटारी नजिकै ठप्पर खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको र कमलामाई नगरपालिका–६ स्थित ग्वाङखोला पुल विवादका कारण निर्माण सुरु हुन नसकेको आयोजनाले जनाएको छ । राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १३५ किलोमिटर लम्बाइ सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म ११५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ ।
उक्त राजमार्ग निर्माणको जिम्मा पूर्वी खण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभी र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, रकेन जेभीले लिएको छ । पहिलो लेयर ११ मिटर चौडाइ र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा कालोपत्रे गरिएको आयोजनाले जनाएको छ ।
पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनियर प्रभातकिरण राईले पूर्वी खण्डमा रहेका ५६ वटा पक्की पुलमध्ये ५५ वटाको निर्माण सम्पन्न भइसकेको जानकारी दिए । ६५ मिटर लम्बाइ रहेको ठप्पर खोलाको पुलको काम पनि ५० प्रतिशतभन्दा बढी नै भइसकेको उनको भनाइ छ । पहुँच मार्गसमेत निर्माण गर्नुपर्ने भएकाले आगामी मङ्सिरसम्म उक्त पुल निर्माण सकिने र यो खण्डमा चार वटा पुलको दायाँबायाँ पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको उनले बताए । निर्माण सम्पन्न भई पुलबाट यातायात सञ्चालन भइरहेको सूचना अधिकारी राईको भनाइ छ । पुलको काम सकिएपछि भिमानदेखि बसाहासम्मको १३५ किलोमिटर सडक निर्माण सम्पन्न हुने उनले बताए ।
त्यस्तै पश्चिम खण्डका इन्जिनियर रमेश पाण्डेका अनुसार उक्त खण्डमा रहेका ४० वटा पुलमध्ये ३९ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पश्चिम खण्डमा नै पर्ने ग्वाङखोला पुल विवादका कारण लाइन दिन नसक्दा ठेक्का लागेर पनि काम हुन सक्दा फिर्ता गएको छ । जेडआई इसी अनक लुम्बिनी जेभी निर्माण कम्पनीले ठेक्का लिएको ३३ वटा पुलमध्ये त्यही ग्वाङखोला पुल मात्रै विवादका कारण काम हुन नसकेको हो ।
राजमार्ग निर्माणको सुरुदेखि नै सडक मापदण्डको विषयलाई लिएर विवाद हुँदा पश्चिम खण्डमा पर्ने जिल्ला सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा छ किलोमिटर सडक निर्माण हुन सकेको थिएन । दायाँबायाँ गरी ११ मिटरभित्र सम्पूर्ण संरचना बन्ने गरी सहमति भएपछि छ किलोमिटरमध्ये पाँच किलोमिटर सडक अन्तिम चरणमा पुगको छ । बाँकी एक किलोमिटरमा ठाउँठाउँमा स्थानीयको अवरोधले निर्माणमा केही ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पूर्वी र पश्चिम खण्डमा पुलबाहेक बाँकी सबै काम सम्पन्न भइसकेको छ ।
२०७३ साल कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त राजमार्ग २०७७ साल कात्तिक महिनासम्म सक्ने लक्ष्य थियो । बिचमा कोरोना महामारीका कारण निर्माणमा ढिलाइ भएपछि २०७९ साल असारसम्म सक्ने गरी आयोजनाको डेढ वर्ष म्याद थप भएको थियो । दोस्रो कोरोना महामारीमा समेत काम हुन नसकेपछि अरू छ महिना म्याद थप भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: