Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बाढीको चिन्ता छैन कृष्णपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई

खबरडबली संवाददाता

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ नयाँ बस्तीका शिव दमाईलाई खोलामा बाढी आएका बेला जग्गा बगाउने चिन्ता हटेर गएको छ । खोलामा जैविक तटबन्ध निर्माणको कार्य गरिएपछि बाढीको पानीले जग्गा कटानी गर्न छाडेको छ ।

“बाँसको जैविक तटबन्ध निर्माण गर्दा यसले बाढीलाई रोक्न सक्छ र भनेर धेरैले कुरा काट्ने गरेका थिए”, उनले भने, “तटबन्ध निर्माण भएपछि खोलाले जग्गा बगाउन छाडेको छ, वर्षा भइरहेका बेला विगतमा मुटु ढुकढुक हुन्थ्यो, कुन बेला खोलाको बाढीले जग्गा बगाएर घरनै लग्ने भन्ने मनमा डर हुन्थ्यो ।” जैविक तटबन्ध निर्माणले त्यो सबै चिन्ता र डर हटेर गएको उनी सुनाउँछन् । कुरा काट्नेहरू अहिले जैविक तटबन्धले बाढीबाट गरेको सुरक्षा देखेर छक्क पर्ने गरेको उनी बताउँछन् । 

खोलाले जग्गा बगाउन सुरु गरे सबै जना मिलेर जैविक तटबन्ध निर्माण गर्नमा जुट्ने गरेको उनको भनाइ छ । बन्ड खोलामा नगरपालिका, मर्सिकोर र  निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशीलता मापन कार्यक्रमअन्र्तगत एक सय ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणले ५१ परिवारको जग्गा कटानी ९भू–क्षय० रोकिएको छ ।

तटबन्ध निर्माण गरिएको क्षेत्रमा स्थानीय बासिन्दाले घाँस र बाँसका बिरुवा रोपेका छन् । त्यसले गर्दा जग्गाको माटो बग्न पाउने गरेको छैन । खोलामा बाढीको पानी खतरा तह पार गरेपछि नेपालीले गाउँका बासिन्दालाई साइरन बजाएर सचेत पार्ने कार्य पनि गर्दै आएका छन् । “तटबन्ध निर्माण नहुँदा जग्गा कटानी हुने क्रम तीव्र थियो”, स्थानीय राजमती चौधरीले भनिन्, “बढी वर्षा भए घर छाडेर सुरक्षित स्थानमा जाने गरेका थियौँ, अहिले वर्षा जति भए पनि घरमै बस्ने गरेका छौँ ।” 

खल्लागोठका प्रताप धानुकले मछेली नदीमा बाढी आएको जानकारी सहजरूपमा पाउने गरेका छन् । गाउँमा पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदल गठन भएका छन् । कार्यदलमा सहभागी सदस्यलाई आवश्यक तालिम र सामग्रीको व्यवस्था गरिएको छ । चुरे क्षेत्रमा अधिक वर्षा हुँदा नदीको सतह बढ्न थालेको जानकारी पूर्वसूचना कार्यदलले उपलब्ध गराउने गरेको छ । नदीको बाढीको पानी बस्तीमा पस्न नपाउँदै गाउँका बासिन्दा सुरक्षित स्थानमा गएर बस्ने गरेको धानुक बताउँछन् ।

“कार्यदल गठन नहुँदा नदीको बाढीको पानी घरभित्र पस्न सुरु गरेपछि मात्रै जानकारी पाउने गरेका थियौँ”, उनले भने, “भू–क्षय हुने ठाउँमा जैविक र तारजालीको तटबन्ध निर्माण गरिएको छ, जसले जग्गा कटानी हुने क्रम रोकिएको छ, बाढी आउनुअगावै जानकारी पाइने भएकाले कुनै चिन्ता छैन ।” नदीजन्य पदार्थको जथाभावीरूपमा हुने उत्खनन रोक्न सके बाढीजन्य प्रकोपबाट सहजरूपमा जोगिन सकिने स्थानीय जीतबहादुर महरा बताउँछन् ।
 
“बाढीजन्य विपद्बारे जानकारी नपाउँदा पहिला निकै कष्ट सह्यौँ”, स्थानीय किष्ना साउदले भनिन्, “अहिले विपद्को सामना गर्न गठन गरिएको कार्यदलमा आबद्ध भएपछि गाउँका बासिन्दालाई सुरक्षित गर्न सकेका छौँ ।” गाउँका बासिन्दालाई बाढीजन्य विपद् आएका बेला आकस्मिक समस्या आए विपद् कोषबाट रकम झिकेर सहयोग गरिँदै आएको उनले बताइन् । उनका अनुसार विपद् कोषमा रु ५० हजार रकम जम्मा गरिएको छ । 

पुरानो बस्ती खल्लागोठमा मछेली नदीको पानी पस्न नदिन र जग्गा कटान रोक्न नगरपालिकाबाट रु पाँच लाख र निड्सको रु पाँच लाखको साझेदारीमा तटबन्ध निर्माण गरी बस्तीलाई सुरक्षित पारिएको वडाध्यक्ष अर्जुनबहादुर साउद बताउँछन् ।

“अठन्नीफाँटा, नयाँ बस्तीलगायतका क्षेत्रमा साझेदारीमा भू–क्षय रोक्नका लागि तटबन्ध निर्माणकार्य अगाडि बढाएका छौँ”, उनले भने, “केही ठाउँमा प्रदेशबाट तटबन्धका योजना ल्याई कार्यान्वयन गरेका छौँ ।” नदी, खोलाको पानी खतरा तह पार गरेको सूचना पाएपछि अग्रस्थानमा रहेर स्थानीय समुदायलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लाग्ने गरेको उनी सुनाउँछन् ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बाढीजन्य विपद्को सामना गर्नका लागि कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा विपद् प्रतिकार्यका योजना निर्माण गरेसँगै समुदायस्तरमा कार्यदल गठन गर्ने, तालिम दिने, समुदायलाई विपद्बारे सचेत पार्ने, विपद् कोष स्थापना गर्ने र आयआर्जनका कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

निड्सका कार्यक्रम संयोजक नवीन भण्डारीका अनुसार सन् २०२२ देखि कृष्णपुरका खल्लागोठ, नयाँ बस्ती र अठन्निफाँटामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमबाट एक सय ७३ घरधुरी लाभान्वित भएका छन् । यसैगरी दोधारा चाँदनीका वडा नं ३ को पट्टरखल्ला, ७ को कञ्जभोज र १० को कुतियावरमा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रमबाट तीनवटै वडाका एक सय ३५ परिवार लाभान्वित भएका छन् ।

कार्यक्रम सञ्चालन भएका समुदायमा सन् २०२२ मा विपद् कोषका लागि प्रतिसमुदाय रु २० हजार रकम प्रदान गरिएको छ । चार समुदायलाई खोज तथा उद्धार सामग्री वितरण र कुतियाकवरमा डुङ्गा निर्माण गरी हस्तान्तरण गरिएको छ । दुवै नगरपालिकालाई सिडिएमसी गठन तथा परिचालन कार्यविधिको मस्यौदा तयार गरी सहयोग गरिएको छ ।

कुतियाकवरमा दोधारा चाँदनी नगरपालिका र निड्सको साझेदारीमा दुईतले सुरक्षित आवास भवन निर्माणको कार्य अगाडि बढाइएको छ । कृष्णपुरका तीन समुदायमा तीन सय १४ मिटर र कुतियाकवरमा दुई सय ५० मिटर बायोइन्जिनियरिङ पर्खाल निर्माण गरिएको छ । 

हाल ९सन् २०२३० मा हरेक समुदायको विपद् कोषलाई रु ३० हजारका दरले रकम प्रदान गरिएको कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए । “दोधारा चाँदनीको पट्टरखल्ला जाने बाटोमा ह्युमपाइप राख्ने कार्य गरेका छौँ”, उनले भने, “यस कार्यले सडक यातायातको कार्यलाई निर्वाध सञ्चालनमा सहयोग गरेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending