काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । आन्दोलनको परिवर्तित स्वरुप निर्माण व्यवसायीले बुधवार ७ प्रदेश र ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले आ—आफ्नो कार्यालयमा महासंघको नौ बुँदे माग सहितको ब्यानर प्रदर्शन गरेका छन् ।
सरकारले छलफलका लागि औपचारिक पत्राचार गरेपछि महासंघले सडक धर्नाका कार्यक्रम तत्कालका लागि स्थगित गरी सांकेतिक विरोध प्रदर्शन शुरु गरेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
सरकारी वार्ता टोलीसँगको छलफल अवधिभर आजको सांकेतिक विरोध प्रदर्शनीलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।
यसैबीच सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा गठित कार्यदलसँग महासंघका मागहरूका विषयमा छलफल गर्न महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलका सदस्यहरूमा महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल र कार्य समिति सदस्य ई. उत्तम भट्ट रहेका छन् ।
महासंघघले आफ्नो आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्ने प्रमुख दलका नेताहरू, निजी क्षेत्रका सबै प्रतिनिधिमूलक संघ संस्थाहरू सहित आन्दोलनको समाचारलाई प्राथमिकताका साथ स्थान दिने सबै सञ्चार माध्यमहरूलाई विज्ञप्ति मार्फत् धन्यवाद दिएको छ ।
अर्बौँ रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका ९ बुँदे माग राखी महासंघ साउन १४ गतेदेखि आन्दोलनरत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: