Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

शीतलहरबाट तराई-मधेश क्षेत्रको जनजीवन प्रभावित

खबरडबली संवाददाता

महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा परेका छन्। चिसोको प्रभाव बढ्दै गएपछि विभिन्न स्थानीय तहले सावधानीस्वरूप सामुदायिक तथा धार्मिक विद्यालयहरूमा जाडो बिदा दिन थालेका छन्।

महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकाले मङ्गलबारदेखि शुक्रवारसम्मका लागि नगरभित्रका सबै सामुदायिक तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्ला दिनमा चिसो अत्यधिक बढेर दैनिक जनजीवन कष्टकर बनेपछि बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीवकुमार साहले जानकारी दिए। उनका अनुसार मौसम सामान्य नहुन्जेलसम्म विद्यालय सञ्चालन गर्नु जोखिमपूर्ण हुन सक्ने भएकाले अस्थायी रूपमा बिदा दिइएको हो।

त्यसैगरी, महोत्तरीकै रामगोपालपुर नगरपालिकाले पनि अत्यधिक चिसोका कारण शिक्षण–सिकाइ प्रक्रियामा प्रतिकूल असर परेको भन्दै चार दिनका लागि विद्यालय बिदा दिएको जनाएको छ। रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहले बढ्दो चिसोले विशेषगरी साना कक्षामा अध्ययनरत बालबालिकालाई बढी असर गर्ने भएकाले सावधानीका रूपमा विद्यालय बन्द गर्नुपरेको बताए। मौसम अनुकूल भएपछि विद्यालय नियमित रूपमा सञ्चालन गरिने उहाँले जानकारी दिए।

जाडोयाम सुरु भएसँगै दक्षिण एसियाको ठूलो भू–भाग शीतलहर र बाक्लो कुहिरोको प्रभावमा परेको छ। पश्चिम पाकिस्तानदेखि भारत हुँदै बङ्गलादेशसम्म फैलिएको इण्डो–गंगा समथर क्षेत्र हाल घना कुहिरोले ढाकिएको छ। यस क्षेत्रसँग भौगोलिक रूपमा जोडिएको नेपालको तराई–मधेश भू–भाग पनि सोही मौसमी प्रणालीको प्रत्यक्ष प्रभावमा परेको मौसमविद्हरू बताउँछन्।

जल तथा मौसमसम्बन्धी अध्ययनअनुसार भारतीय उपमहाद्वीपमा शीतलहर नियमित मौसमी प्रक्रिया हो। सन् १९६१ देखि २०१५ सम्म भारतका विभिन्न जल तथा मौसम मापन केन्द्रमा गरिएको अध्ययनले दक्षिण समथर भू–भाग र उत्तर–पूर्वी भारतबाहेक अन्य क्षेत्रमा शीतलहर निरन्तर देखिँदै आएको उल्लेख गरेको छ। नेपालको तराई–मधेश क्षेत्र पनि हरेक वर्ष शीतलहरबाट प्रभावित हुने गरेको भए पनि यससम्बन्धी विस्तृत अध्ययन अझै पर्याप्त हुन सकेको छैन।

विगतका अध्ययनहरूले जाडोयाममा न्यूनतम तापक्रम बढ्दो र अधिकतम तापक्रम घट्दो क्रममा रहेको देखाएका छन्। साथै, हिउँदमा अत्यधिक चिसो हुने दिनहरूको सङ्ख्या पनि क्रमश: बढ्दै गएको छ। स्थानीयवासीहरूका अनुसार मंसिर महिनादेखि नै कुहिरो लाग्न सुरु भई माघ अन्त्यसम्म शीतलहरको प्रभाव रहने गर्दछ। औसतमा वर्षेनी करिब ३० दिन शीतलहरको प्रभाव रहने गरेको तथ्याङ्कले देखाउँछ।

शीतलहर र कुहिरोको असर मानव स्वास्थ्यसँगै कृषि क्षेत्रमा पनि देखिएको छ। औरही नगरपालिका २ का किसान रामपृत यादवको अनुसार आलु, गोलभेँडा, भन्टा र खुर्सानीजस्ता तरकारी बाली बढी प्रभावित भएको छ। कृषकहरूका अनुसार कुहिरोका कारण आलुमा लाग्ने डडुवा रोगको जोखिम बढेको छ, जसले उत्पादनमा ठूलो क्षति पुर्‍याएको छ।

अत्यधिक चिसोका र बाक्लो कुहिरोले सडक तथा हवाई यातायातसमेत प्रभावित हुनुको साथै सडक दुर्घटनाको जोखिम बढेको छ। शीतलहर र कुहिरोको समयमा मानव जीवन, कृषि तथा पशुपन्छीको संरक्षणका लागि राज्यको तर्फबाट प्रभावकारी र दीर्घकालीन कार्यक्रम आवश्यक रहेको स्थानीयवासीहरूले औँल्याएका छन्।

यसैबीच महोत्तरी जिल्लामा बढ्दो शीतलहरको प्रभावलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले शीतलहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह, डिभिजन वन कार्यालय तथा सरोकारवाला निकायलाई समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवका अनुसार शीतलहरबाट प्रभावित नागरिकलाई राहत दिन सहुलियत दरमा दाउरा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

डिभिजन वन कार्यालय तथा जिल्ला वन पैदावर आपूर्ति समितिबाट माग अनुसार दाउरा उपलब्ध भइरहेको प्रजिअ यादवले बताउनुभयो । यसले विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदायलाई राहत पुग्ने विश्वास लिइएको छ ।

यस्तै, अति विपन्न तथा आवश्यक परिवारका लागि न्यानो लुगा उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहहरूले लिएका छन् । स्थानीय तहमार्फत आवश्यकता अनुसार न्यानो कपडा वितरण तथा व्यवस्थापन भइरहेको र यस कार्यमा गैरसरकारी संस्था तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले शीतलहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लास्थित सम्पूर्ण स्थानीय तह, गैसस, सामाजिक संघसंस्था तथा अन्य सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।

प्रजिअ यादवले समन्वय र सहजीकरणमार्फत नागरिकलाई सुरक्षित राख्न सबै निकायको साझा प्रयास अपरिहार्य रहेको बताएको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुल्यो

काभ्रेपलाञ्चोक। बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार  बिहानदेखि सवारी आवागमन खुलेको हो । ...

राष्ट्रिय गौरवका आयोजना तीन वर्षमा सक्न सुधार आवश्यक : न्यौपाने

तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रति...

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।...

दोस्रो चरणमा सत्र लाख सवारी लाइसेन्स छपाइ

बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending