बाजुरा । वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ ।
उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीलेजानकारी दिए । उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेङ्गु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन् ।
पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् ।
“स्क्रब टाइफस एक सरुवा रोग हो । यो जुम्राजस्तै एक प्रजातिले टोकेपछि लाग्ने गर्छ । यो रोग लागेका बिरामीलाई ज्वरो आउने, ढाड दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ”, अस्पतालका निमित्त कार्यालय प्रमुख डा मिलन जोशीले भने । उनले मलेरिया र डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले गर्मीयामका घरआँगन अगाडि फोहर नगर्ने, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्ने र पानी जम्न नदिने, लामो लुगा लगाउने, राति सुत्दा झुल लगाएर मात्रै सुत्नेलगायत सावधानी अपनाउनुपर्ने बताए ।
त्यस्तै स्क्रब टाइफसबाट बच्न विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने डा जोशीको भनाइ थियो । सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले जिल्लामा अहिले आत्तिनुपर्ने अवस्था भने नआएको बताए ।
जिल्लामा मार्तडी र कोल्टीमा डेङ्गुको सङ्क्रमण फैलिनसक्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेमा डा जोशीले जोड दिए । सदरमुकाम क्षेत्र भएकाले यहाँ धेरै भीडभाड हुनुका साथै बजारबाट आउने ढलको उचित व्यवस्थापन नहुँदा लामखुट्टेको खतरा बढी रहेको उनको भनाइ थियो ।
डेङ्गुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेलगायत लक्षण देखापर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने डेङ्गु, मलेरिया, स्क्रब टाइफसको अहिलेसम्म कुनै रिपोर्ट नआएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: