सल्यान । धार्मिक पर्यटनको महत्वपूर्ण स्थल सल्यान कालिमाटीको गंगामाला भगवति मन्दिरको सरसफाई गरिएको छ । श्रावण महिनाभर बन्द रहने यो मन्दिर शुक्रबार (भदौ १ गते) देखि खुल्दै छ ।
त्यस अघि मन्दिर परिसर र मन्दिर सम्म पुग्ने सिढीको सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका निवर्तमान सचिव सशिराम वलीले जानकारी दिए । कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित गंगामाला भगवति मन्दिरमा देशका विभिन्न स्थानबाट सयौँ मानिसले दर्शन, अवलोकन र पुजाअर्चना गर्दछन् ।
विहिबार मन्दिर व्यवस्थापन समितिको अगुवाईमा ३ नम्बर वडाका जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय कालिमाटीका प्रतिनिधी तथा स्थानीयहरुले सरसफाई गरेको वलीले जनाए । पवित्र धार्मिक स्थललाई सफा, सुन्दर बनाउनका लागि रामपुर बजार देखि मन्दिर परिसर सम्मको सिढी र मन्दिर वरिपरी विहान ७ बजेदेखी करिव ९ः३० सम्म सरसफाई गरिएको थियो ।
वडा अध्यक्ष शिव बहादुर खत्री, इप्रका कालिमाटीका प्रहरी सहायक निरिक्षक अक्ष्मण अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमन बहादुर खत्री लगाएत प्रहरी, स्थानीय व्यापारि सरसफाइमा सहभागि भएका थिए ।
मन्दिरका पुजारी टोप बहादुर राजीका अनुसार गंगामालाको दर्शन, अवलोकनका लागि कैलाली कञ्चनपु, बाँके, बर्दिया, दांग, प्युठान लगाएत देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । मन्दिरमा पुजाअर्चना संगै बोका, पाठी र कुखुराको बली पनि चढाइन्छ ।
मन्दिरमा वर्षभरी करिव चार हजार बढी बोका, पाठीको बलि चढ्ने गरेको छ । बलि चढाएका टाउका विक्रिबाट र दानपेटीकामा खसेको दान रकम गरेर मन्दिरले वार्षिक १२ देखि १४ लाख रुपैयाँ सम्म आम्दानी गर्नेगरेको समितिका निवर्तमान सचिव वलीले जानकारी दिए । मन्दिरमा पुजा अर्चनाको क्रममा चढाएको भेटी वापतको रकम भने पुजारीले नै लग्नेगरेका छन् ।
कालिमाटी गंगामाला भगवति मन्दिरमा हरेक वर्षको मंशिर महिनामा ठूलो मेला लाग्ने गर्दछ । धान्य पूर्णिमाको अवसरमा त्यस क्षेत्रमा परम्परादेखी मेला लाग्ने गरेको छ । यो मन्दिर हरेक वर्षको साउन महिनामा बन्द रहन्छ । स्थानीय बुढापाकाका अनुसार साउन महिनामा गंगामाला भगवती रजस्वला हुने भएकाले यो महिनामा मन्दिर बन्द रहन्छ ।
कालिमाटी गाउँपालिकामा गंगामाला भगवती मन्दिर संगै त्रिकोटेश्वर मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफा लगाएतका पर्यटकीय एवम् धार्मीक स्थल छन् । पालिका भित्रका धार्मिक एवम् पर्यटकीय स्थलको संरक्षण, विकास, प्रचारप्रसारका लागि गाउँपालिका आफै र प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसंग समन्वय भइरहेको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: