Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा

खबरडबली संवाददाता

दमौली । पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा पहिरो खस्दा एक सातादेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
गत साउन २६ गते खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात सेवा विच्छेद भएको छ । गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको उक्त मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । 

पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीयवासी हर्कबहादुर थापाले बताए । उनले भने, “पहिरोका कारण मानिससमेत हिँड्न नसक्ने अवस्था थियो, अहिले स्थानीयवासीको प्रयासमा पैदल हिँड्न मिल्ने बनाइएको छ । पहिरो नहटाएसम्म यातायात सेवा सञ्चालन हुन सक्दैन ।”

अहिले सो पहिरो छिचोलेर कुनै पनि सवारीसाधन सदरमुकाम दमौली र घुमाउनेतर्फ जान सक्दैनन् । सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् । पहिरो खसेको स्थानसम्म दमौलीबाट सवारीसाधनमा खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्री लगेपनि त्यसउता भने बोकाएर लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

स्थानीयवासी थापाले भने– “यस भेगका नागरिकलाई सख्त बिरामी भएमा त्यसबेला पर्ने समस्यामा भने कसैले पनि अनुमान गरेका छैनन् । यत्रो दिन भइसक्दा पनि पहिरो हटाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिएको छैन ।” उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गरेकामा अहिले उनीहरूको आवागमन पूर्णरुपमा बन्द भएको छ । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्म १० किलोमिटर कालोपत्र गर्ने तयारी गरेको छ ।

 उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल निर्माण भएपछि बाटो पनि छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ । उक्त सडक गण्डकी प्रदेश मातहत रहे पनि सडकको पहिरो पन्छाउने जिम्मेवारी आफ्नो नभएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेले बताए ।

प्रदेश सरकारले अहिले १० किलोमिटर सडक कालोपत्र गरिरहेको हुँदा त्यही १० किलोमिटरभित्र हुने अवरोध हटाउने जिम्मेवारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भूमिका नहुने उनको भनाइ थियो । प्रमुख घिमिरेले स्थानीय तहले पहिरो हटाउन सकिएन भनेर लिखित निवेदन दिएमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयसँग बजेट माग गरिए मात्र सडकको अवरोध हटाउन सकिने उल्लेख गरे ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल अलपत्र अवस्थामा छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानासम्म पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending