Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा

खबरडबली संवाददाता

दमौली । पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा पहिरो खस्दा एक सातादेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
गत साउन २६ गते खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात सेवा विच्छेद भएको छ । गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको उक्त मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । 

पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीयवासी हर्कबहादुर थापाले बताए । उनले भने, “पहिरोका कारण मानिससमेत हिँड्न नसक्ने अवस्था थियो, अहिले स्थानीयवासीको प्रयासमा पैदल हिँड्न मिल्ने बनाइएको छ । पहिरो नहटाएसम्म यातायात सेवा सञ्चालन हुन सक्दैन ।”

अहिले सो पहिरो छिचोलेर कुनै पनि सवारीसाधन सदरमुकाम दमौली र घुमाउनेतर्फ जान सक्दैनन् । सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् । पहिरो खसेको स्थानसम्म दमौलीबाट सवारीसाधनमा खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्री लगेपनि त्यसउता भने बोकाएर लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

स्थानीयवासी थापाले भने– “यस भेगका नागरिकलाई सख्त बिरामी भएमा त्यसबेला पर्ने समस्यामा भने कसैले पनि अनुमान गरेका छैनन् । यत्रो दिन भइसक्दा पनि पहिरो हटाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिएको छैन ।” उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गरेकामा अहिले उनीहरूको आवागमन पूर्णरुपमा बन्द भएको छ । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्म १० किलोमिटर कालोपत्र गर्ने तयारी गरेको छ ।

 उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल निर्माण भएपछि बाटो पनि छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ । उक्त सडक गण्डकी प्रदेश मातहत रहे पनि सडकको पहिरो पन्छाउने जिम्मेवारी आफ्नो नभएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेले बताए ।

प्रदेश सरकारले अहिले १० किलोमिटर सडक कालोपत्र गरिरहेको हुँदा त्यही १० किलोमिटरभित्र हुने अवरोध हटाउने जिम्मेवारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भूमिका नहुने उनको भनाइ थियो । प्रमुख घिमिरेले स्थानीय तहले पहिरो हटाउन सकिएन भनेर लिखित निवेदन दिएमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयसँग बजेट माग गरिए मात्र सडकको अवरोध हटाउन सकिने उल्लेख गरे ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल अलपत्र अवस्थामा छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानासम्म पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: