Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नागरिक उड्डयन प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित

खबरडबली संवाददाता

सिमकोट । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२:३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका थिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूकोे आरोप थियो । हवाई उडान नहुँदा यहाँका नागरिक प्रत्यक्षरुपमा मारमा परेको हुम्ला होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम लामाले बताए ।

प्राधिकरणको नियमका कारण हवाईजहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्युसमेत भएको उनको आरोप थियो । प्राधिकरणले १२:३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए । 

हिजो पहिलो दिन धर्ना दिने कार्यक्रम भए पनि प्राधिकरणले निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्नेदेखि कडा आन्दोलनमा उत्रिने उनले बताए । ठाउँ र भूगोल सुहाउँदो निर्णय गर्नुपर्नेमा जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले जोड दिए  । 

हिमाली जिल्लावासीका लागि यो नियम पहिलो भए पनि अहिले लागू भएको नियमले हुम्लीवासी मारमा परेको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन रावतले बताए । नेपाल एयरलाइन्सले उडान नभरिरहेको हुम्लामा निजी एयरलाइन्सको उडानमासमेत प्रतिबन्द लगाउँदा चार बालबालिकाको मृत्यु भएको र खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत निर्माण व्यवसायीले सामानको अभाव खेप्नुपरेको सिमकोट गाउँपालिका पूर्वअध्यक्ष पदमबहादुर लामाले बताए ।

बिहानको समय हुम्लामा पानी पर्नाका साथै बाक्लो बादल लाग्ने र ११र १२ बजेपछि मौसममा सुधार हुँदै जाने भए पनि प्राधिकरणको नयाँ नियमका कारण हवाई उडानमा रोक लागेको छ । यो नियम लागू हुनुभन्दा पहिला नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सले साँझ ५ बजेसम्म आफ्नो नियमित उडान गर्दै आएका थिए । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending