दोलखा । दोलखाको दुर्गम गौरीशंकर गाउँपालिका–८ सल्लेका पहिरो पीडितलाई दुई हप्तापछि खाद्यान्न लगायत राहत पुर्याइएको छ । पहिरोले विस्थापित बनेर त्रिपालमा बसिरहेका सल्लेका ३४ परिवारलाई दुई महिनाका लागि पुग्ने खाद्यान्न लगायतका सामग्री पुर्याइएको हो ।
गौरीशंकर पुस्तकालय, एसबी जर्मन र रिड नेपालको सहयोगमा पहिरो पीडितलाई दुई महिनाका लागि आवश्यक खाद्यान्न लगायतका सामग्री पुर्याइएको पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिए ।
पहिराले क्षतिग्रस्त सडक खुलाएर कम्तिमा दुई महिनाका लागि आवश्यक खाद्यान्न लगायतका सामग्री पहिरो पीडितलाई वितरण गरिएको उनको भनाइ छ । पहिरो पीडितहरु त्रिपालमा कष्टपूर्ण रुपमा जोखिममा नै बसिरहेका अवस्थामा आफुहरुले पुर्याइएको १ सय ८० बोरा चामलसहित, नुन–तेल लगायतका सामग्रीले पहिरो पीडित ३४ परिवारलाई केही राहत मिलेको उनले बताए ।
सल्ले पुग्ने सडक नभएका कारण पहिरो पीडित एक घन्टा हिँडेर राहत लिन आएको उनले बताए । पहिरो पीडित अस्थायी रुपमा बसेका गोठहरु त्रिपाल अभावमा चुहिएको गुनासो गरेकाले त्रिपालसहितका थप सामग्री सहयोग जुटाएर पठाउने उनको भनइ छ ।
यस्तै, पहिरो पीडितलाई दोलखा–कोरिया समाजले ३० थान ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । समाजले कोरियामा बस्दै आएका दोलखाली लगायतबाट आर्थिक सहयोग उठाएर सिलिन्डर र चुल्हो वितरण गरेको हो । साउन १८ गते गएको पहिरोले सल्लेका ३४ घर विस्थापित बनेका थिए । यस्तै, सोही क्षेत्रबाट खसेको पहिराले अर्को वडा नं ७ को टोपाटारमा घर पुरिँदा दुई जनाको मृत्यु, हुनुका साथै दुई जना बेपत्ता बनेका थिए । बेपत्ता भएकाहरु अझै फेला पर्न सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: