Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

उत्खनन्का क्रममा भेटिए विराटनगरमा ३१ प्राचीन पुरातात्त्विक वस्तु

खबरडबली संवाददाता

विराटनगर। भेडियारीमा रहेको प्राचीन विराट राजाको दरबार लगायत त्यस स्थानमा रहेका भग्नावशेष उत्खनन्का क्रममा हालसम्म प्राप्त ३१ किसिमका विभिन्न प्राचीन पुरातात्त्विक महत्वका वस्तुको शनिबार कोसी प्रदेश प्रमुख परशुराम खापुङ्ले अवलोकन गरेका छन्।

सो अवसरमा विराट राजा प्राचीन दरबार खोज तथा संरक्षक समिति, नेपालका अध्यक्ष कमल किशोर यादवले भग्नावशेष दरबारको अवस्था, संग्राहलायको निर्माण, किच्चकबध पोखरीको निर्माणबारे प्रदेश प्रमुखलाई जानकारी गराए । साथै, संग्राहलायको निर्माण कार्य सम्पन्न भएपनि विशेष सुरक्षालाई दर्साउँदै उत्खनन् गर्दा पाइएका वस्तुहरू अध्यक्ष यादवले सुरक्षित राखिएको जनाउँदै ती वस्तुहरू देखाएका थिए।

विगत २०५४ सालदेखि संकलन भएका मुख्य वस्तुहरूमा ढुंगाको प्राचीन नापतौल लिने वस्तु, शिलालेख, सिमाला, इँटालगायत ३१ किसिमका वस्तुहरू सुरक्षित रहेको जानकारी अध्यक्ष यादवले दिए। विराट राजाको दरबारमा पाण्डवहरू गुप्तबास बसेको हुनाले हस्तिनापुरबाट भेदी (गुप्तचर) पठाइएको हुँदा यस स्थानको नाम भेडीयारीया रहन गएको कुरा मुख्यमन्त्रीको भ्रमणका क्रममा यादवले जानकारी गराए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending