Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नेपाल इन्टरनेट फाउण्डेसनको कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी र कार्यशाला सम्पन्न भएको छ । नेचर पेन्ट्स इन्भाइरोमेन्ट थिमसहित भदौ २ र ३ गतेसम्म ललितपुरको विकल्प आर्ट सेन्टरमा कला प्रदर्शनी र कार्यशाला सञ्चालन भएको थियो ।

कलाले समाजमा पार्न सक्ने गहिरो प्रभावलाई राम्रो काममा योगदान पुर्‍याउने उद्देश्यले एक अभियान सञ्चालन गर्दै आएको फाउन्सेसनकी कार्यक्रम संयोजक तजैना श्रेष्ठले जानकारी दिइन । २ दिनसम्म सञ्चालनमा भएको एक अभियानमा करिब ८० जना सहभागी भएका थिए । सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । सहभागीहरूले अनुभवी कलाकारहरूको नेतृत्वमा अन्तरक्रियात्मक कार्यशालाहरूमार्फत कलासँग प्रत्यक्ष संलग्न हुने अवसर पाएका थिए ।

२ दिने कार्यक्रमबाट संकलन भएको रकम बाल आश्रमका बालबालिकालाई इन्टरनेटको पहुँचमा पुर्‍याउन खर्च गरिने श्रेष्ठको भनाइ छ । यसका साथै फाउण्डेसनले आइतबारदेखि अनलाइन आर्ट प्रदर्शनी तथा प्रतियोगिता सुरू गरेको छ । हरेक महिनाको अन्तिमसम्म अनलाइन माध्यमबाट आउने पेन्टिङ मध्ये एउटा पेन्टिङलाई उत्कृष्ट घोषणा गरिने छ । 

पेन्टिङ एक अभियानको फेसबुक पेजबाट पेन्टिङ पठाउन सकिने छ । उत्कृष्ट पेन्टिङ छनौटका लागि बुढानिलकण्ड जेसिसका अध्यक्ष मोहन गुरूको संयोजकत्वमा एकजना आर्टिस्ट प्रशिक्षक र नेपाल इन्टरनेट फाउण्डेसनको कार्यक्रम निर्देशकको समिति बनाइएको छ । 

उत्कृष्टलाई प्रमाणपत्र र एक अभियानको टिसर्ट दिइने छ । अनलाइन प्रतियोगितामा कुनै पनि थिम, साइजमा जुनसुकै उमेर समूहकाले ड्रइङ, पेन्टिङ, स्केच पोटट्रेट, फोटोग्राफी, डिजिटल आर्ट, फल्क आर्ट, एब्सट्रयाक्ट, मधुवाणी, मोर्डन लगायत आफै बनाएको ‘आर्जिनल आर्ट’ पठाउन सक्ने छन् ।


कुनै पनि ब्याकग्राउण्डबिना आर्ट स्पष्ट हुनुपर्नेछ भने आर्ट होरिजन्टल्ली खिचेर पठाउनु पर्नेछ ।हालसम्म काठमाडौं उपत्यकामा आयोजना भइरहेको एक अभियान प्रदर्शनी र कार्यशाला अब काठमाडौं बाहिर चितवन वा हेटौडामा गर्ने योजना रहेको फाउण्डेसनले जनाएको छ । 

एक अभियान नेपालका बाल आश्रममा इन्टरनेट पुर्‍याउन नेपाल इन्टरनेट फाउण्डेसनले सुरू गरेको हो । ३९ वटा बाल आश्रममध्ये अहिलेसम्म २१ वटामा इन्टरनेट पुर्‍याइएको छ भने बाँकीमा पुर्‍याउने योजना रहेको छ । 

यस कार्यक्रमको माध्यमबाट गुणस्तरीय शिक्षा, सभ्य काम र दिगो समुदायहरूलाई समेट्ने दिगो विकास लक्ष्यहरू (SDGs) ४, ८, र ११ सँग पङ्क्तिबद्ध गर्दै कला र प्रविधि बीचको सम्बन्ध बढाउने लक्ष्य राखिएको छ ।

नेपाल इन्टरनेट फाउण्डेसन एउटा प्लेटफर्म सिर्जना गर्न उत्साहित छ जहाँ कलाको शक्तिलाई प्रविधिको पहुँचसँग मिसाएर, फाउण्डेसनले कला समुदाय र आवश्यकतामा परेकाहरूको जीवन दुवैमा दिगो प्रभाव पार्ने लक्ष्य राखेको छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: