Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नेपाल इन्टरनेट फाउण्डेसनको कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी र कार्यशाला सम्पन्न भएको छ । नेचर पेन्ट्स इन्भाइरोमेन्ट थिमसहित भदौ २ र ३ गतेसम्म ललितपुरको विकल्प आर्ट सेन्टरमा कला प्रदर्शनी र कार्यशाला सञ्चालन भएको थियो ।

कलाले समाजमा पार्न सक्ने गहिरो प्रभावलाई राम्रो काममा योगदान पुर्‍याउने उद्देश्यले एक अभियान सञ्चालन गर्दै आएको फाउन्सेसनकी कार्यक्रम संयोजक तजैना श्रेष्ठले जानकारी दिइन । २ दिनसम्म सञ्चालनमा भएको एक अभियानमा करिब ८० जना सहभागी भएका थिए । सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । सहभागीहरूले अनुभवी कलाकारहरूको नेतृत्वमा अन्तरक्रियात्मक कार्यशालाहरूमार्फत कलासँग प्रत्यक्ष संलग्न हुने अवसर पाएका थिए ।

२ दिने कार्यक्रमबाट संकलन भएको रकम बाल आश्रमका बालबालिकालाई इन्टरनेटको पहुँचमा पुर्‍याउन खर्च गरिने श्रेष्ठको भनाइ छ । यसका साथै फाउण्डेसनले आइतबारदेखि अनलाइन आर्ट प्रदर्शनी तथा प्रतियोगिता सुरू गरेको छ । हरेक महिनाको अन्तिमसम्म अनलाइन माध्यमबाट आउने पेन्टिङ मध्ये एउटा पेन्टिङलाई उत्कृष्ट घोषणा गरिने छ । 

पेन्टिङ एक अभियानको फेसबुक पेजबाट पेन्टिङ पठाउन सकिने छ । उत्कृष्ट पेन्टिङ छनौटका लागि बुढानिलकण्ड जेसिसका अध्यक्ष मोहन गुरूको संयोजकत्वमा एकजना आर्टिस्ट प्रशिक्षक र नेपाल इन्टरनेट फाउण्डेसनको कार्यक्रम निर्देशकको समिति बनाइएको छ । 

उत्कृष्टलाई प्रमाणपत्र र एक अभियानको टिसर्ट दिइने छ । अनलाइन प्रतियोगितामा कुनै पनि थिम, साइजमा जुनसुकै उमेर समूहकाले ड्रइङ, पेन्टिङ, स्केच पोटट्रेट, फोटोग्राफी, डिजिटल आर्ट, फल्क आर्ट, एब्सट्रयाक्ट, मधुवाणी, मोर्डन लगायत आफै बनाएको ‘आर्जिनल आर्ट’ पठाउन सक्ने छन् ।


कुनै पनि ब्याकग्राउण्डबिना आर्ट स्पष्ट हुनुपर्नेछ भने आर्ट होरिजन्टल्ली खिचेर पठाउनु पर्नेछ ।हालसम्म काठमाडौं उपत्यकामा आयोजना भइरहेको एक अभियान प्रदर्शनी र कार्यशाला अब काठमाडौं बाहिर चितवन वा हेटौडामा गर्ने योजना रहेको फाउण्डेसनले जनाएको छ । 

एक अभियान नेपालका बाल आश्रममा इन्टरनेट पुर्‍याउन नेपाल इन्टरनेट फाउण्डेसनले सुरू गरेको हो । ३९ वटा बाल आश्रममध्ये अहिलेसम्म २१ वटामा इन्टरनेट पुर्‍याइएको छ भने बाँकीमा पुर्‍याउने योजना रहेको छ । 

यस कार्यक्रमको माध्यमबाट गुणस्तरीय शिक्षा, सभ्य काम र दिगो समुदायहरूलाई समेट्ने दिगो विकास लक्ष्यहरू (SDGs) ४, ८, र ११ सँग पङ्क्तिबद्ध गर्दै कला र प्रविधि बीचको सम्बन्ध बढाउने लक्ष्य राखिएको छ ।

नेपाल इन्टरनेट फाउण्डेसन एउटा प्लेटफर्म सिर्जना गर्न उत्साहित छ जहाँ कलाको शक्तिलाई प्रविधिको पहुँचसँग मिसाएर, फाउण्डेसनले कला समुदाय र आवश्यकतामा परेकाहरूको जीवन दुवैमा दिगो प्रभाव पार्ने लक्ष्य राखेको छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending