Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

करण राई ‘पिरतीको मुस्कान’ लिएर मिरुना मगरको पछि लागे

खबरडबली संवाददाता

काठमाडौं । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ । आफ्नै गीतमा पहिलो चोटि डान्स गर्दाको अनुभवबारे कार्यक्रममा करणले बोलेका थिए । सुटिङका कारण मिरुना कार्यक्रममा सहभागी हुन नसकेको बताउदै करणले मिरुनाको तारिफ गरेका थिए । करणले साङ्गीतिक यात्राको बारेमा बोल्दै भने ‘कलाकारीता क्षेत्रमा छु, जे छु जस्तो छु, यसलाई नै निरन्तरता दिन्छु भन्ने पुर्ण विश्वास छ । भलै थोरै पैसा कमाउ तर यहि क्षेत्रमा केही गर्छु, र यहि क्षेत्रकै लागी म जन्मिएको छु ।’

त्यस्तै कार्यक्रममा पुगेका चर्चित कवि तथा निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए । लीलाको बाबा–आमालाई करणले सम्मान गरेका थिए, भने करणलाई निर्माण टिमबाट स्वागत सम्मान गरिएको थियो । त्यस्तै यस गीतका निर्देशक शान थापाले करणसंगको सहकार्य तेस्रो रहेको बताउदै करण जी को अभिनयमा पनि निखार आएको बताए । शानका अनुसार करणले एक हप्तामा सिकेको डान्स म्युजिक भिडियोमा देख्न सकिने बताउदै स्यालुटपनि गरेका थिए ।

त्यस्तै लीलाकी बाबाले पनि कार्यक्रममा शुभकामनाका शब्दहरु बोल्दै छोरीहरुलाई पढाउदाको विगतका दिनहरु सम्झिएका थिए । क्रमश कार्यक्रममा लेखक सन्दिप राई र म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले पनि शुभकामनाका शब्दहरु बोलेका थिए । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । लाहुरेनी पिडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् । केही महिना अगाडी लिला र करणको सहकार्यमा ‘सिमाना’ बोलको गीतपनि आइसकेको छ ।

शानद्धरा निर्देशित म्युजिक भिडियोमा मिरुना र करण फिचर्ड छन् । फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन, कलर रहेको भिडियोमा प्रिया कार्कीको मेकअप रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending