Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

स्थानीय जातका कुखुरा पालन गर्ने सजीलाे तरीका

गाेपाल गिरी

नेपालका अधिकांश मानिसहरुको जिविकोपार्जनका लागि मुख्य पेशा कृषि र पशुपालन रहंदै आएको छ। यसमा पनि विशेष गरी ग्रामिण भूभागमा बस्ने मानिसहरुले परापूर्वकालदेखि नै कुखुरा पाल्दै आइरहेको देखिन्छ। हालको अवस्थामा खास गरी हाम्रो गाउँघरका ८० प्रतिशतभन्दा बढी घर परीवारले लोकल कुखुरा पाल्दै आएको देखिन्छ।

नेपालमा भएका सबै कुखुराहरु मध्ये लोकल कुखुराको संख्या करीव ५५ प्रतिशत छ। लोकल कुखुरा विशेष गरी मासु, अण्डाका लागि प्रख्यात छ । नेपालमा ब्यवसायिक कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउँछन्। त्यसैले लोकल कुखुराको मासु बजारमा दोब्बर पैसा तिरेर पनि किनबेच भएको पाइन्छ । साथै स्वास्थ्यका हिसाबले पनि लोकल कुखुराको मासु र अण्डा ब्यवसायिक कुखुराको भन्दा राम्रो मानिन्छ। लोकल कुखुरा पालन आम्दानीको राम्रो श्रोत हो। ब्यवस्थित ढंगले लोकल कुखुरा पालन गरेर ग्रामीण स्तरमा राम्रो आम्दानी भइरहेका प्रशस्त उदाहरणहरु छन् ।

पाठकहरुलाई अचम्म लाग्न सक्छ कि व्यवस्थित ढंगले लोकल कुखुरा पाल्ने हो भने एउटा लोकल माउ कुखुराबाट वर्षमा करीब २५००० रुपैंयाँसम्म आम्दानी लिन सकिन्छ। व्यवस्थित ढंगले लोकल कुखुरा पालेमा एउटा लोकल कुखुराले वर्षमा ४ छिमलसम्म अण्डा दिन्छ र प्रत्येक छिमलमा १८ देखि २० वटासम्म अण्डा पार्छ। त्यसमध्ये १४ देखि १६ वटासम्म चल्ला कोरल्छ। कोरलेको ८० प्रतिशतको हिसाबले ११ देखि १३ वटासम्म चल्ला जिउँदो रही बेच्नयोग्य हुन्छ।

यस हिसाबले एक लोकल माउ कुखुराबाट वर्षमा ४४ वटासम्म कुखुरा बेच्न पाइन्छ। तत्कालको बजार मूल्य हेर्ने हो भने औसतमा ४४ कुखुरा बेचेर रु. २५००० सम्म आम्दानी लिन सकिन्छ। यसको मतलव यदि हामीले ४ वटा माउ लोकल कुखुरा व्यवस्थित तवरले पाल्न सकियो भने १ वर्षमा एक लाख रुपैंयाँसम्म कमाउन सकिन्छ। तर, नेपालको ग्रामिण स्तरमा धेरैजसोले परम्परागत र अव्यवस्थित तरीकाले लोकल कुखुरा पालिरहेका छन्, जसले गर्दा यहाँ औल्याइएजस्तो आम्दानी भएको देखिँदैन। यसको मुख्य कारण कृषकहरुमा व्यवस्थित तरिकाले कुखुरा पाल्ने जानकारी नहुनु हो, जसले गर्दा प्रत्येक वर्ष १ देखि २ पटकसम्म महामारी रोगहरु फैलिएर बढीभन्दा बढी कुखुराहरुको मृत्यु भई ग्रामिणस्तरमा कृषकहरुलाई ठूलो आर्थिक क्षति भइरहेको देखिन्छ।

लोकल कुखुराहरुमा लाग्ने रोगहरुमध्ये सबैभन्दा महत्वपूर्ण २ वटा रोगहरु छन्, ती हुन् रानी खेत र बिफर। रानीखेतलाई गाउँ–ठाउँ अनुसार रुडी र हैजा पनि भनिन्छ। रोग लागेमा कम समयमा नै धेरै कुुखुराहरु बिरामी भई तीमध्ये अधिकांशको मृत्यु हुने गर्दछ। यो रोग विषाणुबाट फैलिन्छ। रोग लागिसकेपछि कुखुराले दानापानी खान छाड्ने, सेतो हरियो पातलो दिसा गर्ने, घाँटी बटार्ने र लक्षण देखिएको ४ देखि ५ दिनमै अधिकांश कुखुराको मृत्यु हुने गर्दछ। यो रोग छिटै एक गाउँबाट अर्को गाउँमा फैलिन्छ।

कुखुरामा लाग्ने अर्को महत्वपूर्ण रोग हो बिफर। यसलाई ठाउँअनुसार टिमुरे र फाउल पक्स भनिन्छ। बिफर भएपछि कुखुराको मुखको भित्री र बाहिरी भागहरुमा घाउ बिमिरा आउँछ, जसले गर्दा दाना खान सक्दैन। यसको अलावा आँखा, कसैको टाउको, लोती, सिउर सुनिने र तिनीहरुमा बिमिरा आउने गर्छ। माउ तथा वयस्क कुखुराको त्यति मृत्यु नभए पनि स–साना चल्लाहरु यसबाट अत्यधिक मात्रामा मर्छन्। रानीखेत र बिफर दुवै रोग विषाणुबाट हुन्छन्। यी दुवै रोग लागिसकेपछि यसको उपचार सम्भव हुँदैन। तर, रोग लाग्नुपूर्व नै यी रोग विरुद्धको खोप लगाएर यी रोगहरुबाट बचाउन सकिन्छ।

रानीखेत रोगको विरुद्ध बजारमा लासोटा खोप वा तापक्रमले असर नगर्ने आइ.टु. खोप उपलब्ध छ। उपलब्ध यी खोपहरुमध्ये कुनै १ खोप चल्ला कोरलेको ७ दिनमा र त्यसपछि हरेक ३–३ महिनाको फरकमा एउटा आँखामा १ थोपा हालिदियो भने रानीखेत रोगबाट लोकल कुखुरालाई बचाउन सकिन्छ। यसैगरि लोकल कुखुरालाई बिफर रोगबाट बचाउन पनि खोप लगाउन सकिन्छ। यो खोप पखेटामुनिको नशाबाट डेढ महिना उमेर पुगेका कुखुरालाई वर्षमा २ पटक लगाई रोगबाट कुखुरालाई बचाउन सकिन्छ। रानीखेत र बिफर दुवै खोप लगाउनु १ महिनाअघि जुका विरुद्धको औषधि ख्वाउनु आवश्यक हुन्छ।

जुका विरुद्धका औषधिहरु जस्तै पिप्राजीन, एल्वेन्डाजोल, लेभामिसोल जुन बजारमा पाइन्छ, तीमध्ये कुनै १ प्राविधिकको सल्लाह बमोजिम प्रयोग गर्न सकिन्छ। जुकाका कारण कुखुरा राम्रोसँग हुर्कन पाउँदैन र उत्पादन घट्छ। विशेषगरि साना कुखुरा जुकाका कारण धेरै संख्यामा मर्छन्। कहिलेकाहीँ ठूला कुखुरा पनि मर्छन्। त्यसैले प्रत्येक ४–४ महिना गरी वर्षको २ पटक जुकाविरुद्ध औषधि ख्वाउनु जरुरी छ। जुका शरीरभित्र हुँदा लगाएको खोपले कुखुरालाई रोगबाट बचाउन सक्दैन। खोप तथा जुकाको औषधि स्थानीय स्तरमा पशु प्राविधिक तथा पशु औषधि पसलबाट उपलब्ध हुन्छ।

लोकल कुखुरालाई रोगहरुबाट बचाउन या फैलिन नदिन निम्न कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ :–

* नयाँ कुखुरा पाल्नका लागि अन्यत्रबाट किनेर ल्याइसकेपछि सबैभन्दा पहिले रानीखेतीविरुद्ध खोप लगाउनु पर्दछ।

* हप्ता दश दिनसम्म किनेको कुखुरालाई छुट्टै खोरमा राखेपछि मात्रै आफ्नो घरको कुखुरासँग मिसाउनु पर्दछ।

* बिरामी र स्वस्थ्य कुखुरा अलग अलग राख्नुपर्छ।

* रोग फैलिएको समयमा आफ्नो स्वस्थ कुखुरा बाहिर छोड्नु हुँदैन।

* कुखुरालाई सफा पिउने पानीको व्यवस्था गर्नुपर्छ। सकिन्छ भने पानीमा पोटास अथवा बेसार मिसाउनु पर्दछ।

* प्रत्येक दिन कुखुरालाई सन्तुलित आहारा उपलब्ध गराउनु पर्दछ।

* कुखुराको खोरभित्र र बाहिर समय समयमा चुना छर्किनु पर्दछ र तुलसी, निम र सुर्तीको पातको धुँवा समय समयमा खोरमा देखाउँदा बाह्य परजिवीहरुबाट कुखुरालाई बचाउन सकिन्छ।

* मरेका कुखुरालाई बाहिर फाल्नुको साटो गहिरो खाल्डो खनी चुना हालेर पुर्नुपर्छ।

* कुखुराका लागि छुट्टै खोरको आवश्यकता पर्दछ। खासगरि कुखुरालाई बस्ने र अण्डा पार्ने सुरक्षित ठाउँ चाहिन्छ। हाम्रा गाउँहरुमा पाइने स्थानीय बाँस, माटो, काठ, दाउरा, खरबाट कुखुरालाई कम खर्चमा राम्रो खोर बनाउन सकिन्छ। खोर बनाउँदा खोरभित्र स्वच्छ हावा वारपार गर्ने, पानीबाट बचाउने, शिकारी जीवजन्तुबाट बचाउने र घाम लाग्ने कसरी बनाउन सकिन्छ भनेर ध्यान दिनुपर्छ।

* अण्डा बिग्रनबाट बचाउनका लागि प्रत्येक अण्डालाई चिन्ह लगाउनु सबैभन्दा उपयुक्त हुन्छ। अण्डा पार्न थालेपछि पहिलो दिनको १ र दोश्रो दिनको २ गरी चिन्ह लगाउनुपर्छ। यसरी पहिलो ५ दिनको अण्डालाई खाने वा बेच्ने गर्नुपर्छ । अन्य बाँकी अण्डालाई चिसो सुरक्षित ठाउँमा राखेर पोथीलाई ओथारो बस्न दिनुपर्छ। यसो गर्नाले सबै अण्डाबाट चल्ला कोरल्ने सम्भावना धेरै हुन्छ।

* सामान्यतः लोकल कुखुरालाई बाहिर घुम्न छोडिदिन्छौं र आफ्नो आहारा आफै खोज्छन्। तर, यसले मात्र कुखुरालाई चाहिने सबै पोषण पर्याप्त मात्रामा कुखुरालाई पुग्दैन। त्यसैले हाम्रो गाउँघरमा उत्पादन भएको मकै, चामल, गहुँको चोकर, कोदो इत्यादि मिसाएर खान दिनु पर्दछ। यसको साथसाथै हरियो सागपात जस्तै मुला, बन्दा, काउली, रायोको पात पनि खान दिन सकिन्छ।

* धमिरा र अन्य मरेका स–साना किराहरु, हड्डी र शंखे किराका टुक्राहरु लोकल कुखुरालाई ख्वाउन सकिन्छ। यस्तो किसिमको सन्तुलित आहारा ख्वाउन सकिएमा कुखुराको रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ, बिरामी पनि हुँदैन, चाँडै बढ्छ र अण्डा ठूलो र धेरै हुन्छन्। साथै कोरलिएको चल्ला पनि स्वस्थ हुन्छ।

* कुखुराको खोरको बनावटमा सुधार गरौं। सुली दिन दिनै सफा गरी सफा र ओभानो राखौं। कुखुरालाई लामखुट्टे झिंगा र भुसुनाबाट बचाउनका लागि खाली खोरमा निम, तुलसी र सुर्तीको पातको धुँवा दिउँ।

* कुखुरालाई २४ सै घण्टा सफा भाँडामा सफा पिउने पानीको व्यवस्था गरौं। रोगको रोगथामका लागि पिउने पानीमा थोरै बेसार अथवा पोटास मिलाउँ।

* जाडो र वर्षादको समयमा कुखुराको खानामा लसुन मिसाउँ। गर्मीको समयमा खानामा मसिनो गरी प्याज काटेर मिसाउँ।

* लोकल कुखुरालाई टुक्राइएको मकै, चामलको कनिका, गहुँको चोकर, कोदो इत्यादि (शक्तिका लागि), किरा, फट्याङ्ग्रा, लार्भा (वृद्धिका लागि), हरियो घाँसपात जस्तैः बदामे घाँस, सागपात, मसिना ढुंगा तथा हड्डीका टुक्राहरु, शंखे किराका खपडाहरु (पाचन प्रणालीमा सुधार तथा रोगसँग लड्न सक्ने क्षमता विकासका लागि) दानाको रुपमा प्रयोग गरौं।

* प्रत्येक ४–४ महिनामा कुखुरालाई आन्तरिक परजिवी (जुका) विरुद्ध औषधि खुवाऔं।

* जुकाको औषधि खुवाएको १ हप्तापछि मात्र कुखुराको रानीखेत र बिफर रोगविरुद्ध खोप लगाउँ। रानीखेत रोगबाट कुखुरा तथा अन्य घरपालुवा पंक्षीहरुलाई बचाउनका लागि प्रत्येक ३–३ महिनामा एक हप्ता भन्दामाथि उमेर पुगेका सबै कुखुरालाई एक थोपामाथि उल्ल्लेख गरिएअनुसारको कुनै १ खोप आँखामा राखौं।

(लेखक गाेपाल गिरी नेपाल सरकारका वरिष्ठ पशु विकास अधिकृत हुन्।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: