Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कसरी गर्ने कौसी खेती ? फाइदा जानिराखौ

खबरडबली संवाददाता

काठमाडाैं । हिजोआज सहर बजारमा खेतीयोग्य जमिनको कमी हुँदै गएपछि धेरै मानिसले विकल्पमा कौसी खेतीलाई अगाडि सारेका छन् । खेती गर्ने जग्गा पर्याप्त नहुने सहरी क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेती गरिन्छ ।

आजभोलि यसको प्रचलन काठमाडौं लगायतका सहरमा बढ्दै गएको छ। यसबारेमा सरकारी कृषि अनुसन्धान निकायदेखि निजी क्षेत्रका व्यावसायिक संस्थाले नयाँ प्रविधि र सैलीको विकास गर्दै आएका छन् । सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ ।

आफ्नो जग्गाजमिन नभएका तर ढलान गरिएका बरन्डा, छाना र कौसी भएकाहरुका लागि यो खेती उपयुक्त हुने गरेको छ । यसरी कौसी खेती गर्दा लामो समयसम्म पटक पटक टिप्न मिल्ने बाली लगाउन उपयुक्त हुने कृषि विज्ञ सुझाव दिन्छन् ।

कसरी गर्ने कौसी खेती ?

कौसी खेतीका लागि प्रसस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ। घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ।

कौसी खेतीको लागि माटोको गमला, प्लास्टिकको गमला, काठको बाकस, सिमेन्टको बोरा र प्वाल भएको डोको आवश्यक पर्छ । यस्तै खाली टिन, आधा काटिएको ड्रमलगायतका सामानको आवश्यकता पर्छ ।

त्यसपछि मलिलो पाँगो माटो वा जङ्गलको माटो २ भाग, गोबर मल १ भाग, र बालुवा १ भाग मिलाएर मिस्चर बनाउनुपर्छ । यस्तै साना साना ग्राबेल वा इट्टाका टुक्राहरु, प्लास्टिकको डोरी वा बाँसका ४—७ फुटसम्मका भाटाहरु, बाँध्नको लागि जुटको सुतली, पिना, हड्डीको धुलो र सुक्ष्म खाद्य तत्वहरु आवश्यक पर्छ ।

के लगाउने ?

जरा सकभर कम फैलने तथा गहिराईमा सीमित हुने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ। लामो समयसम्म छिटो छिटो उत्पादन दिने र बोट धेरै नझाङ्गिने बाली कौसीमा लगाउनु पर्छ।

कौसी खेती गर्नका लागि मौसमअनुसारका बिरुवा छनोट गर्नुपर्ने हुन्छ । विशेषगरी हिउँदे र वर्षा गरी दुई मौसममा खेतीलाई छुट्याउन सकिन्छ । हिउँको समयमा बिरुवा उमार्न तुलनात्मक रुपमा सजिलो हुन्छ । यो समयमा धेरै प्रकारका बाली उमार्न सकिन्छ ।

वर्षा मौसममा उमार्ने विरुवाहरु छुट्टै प्रकारका हुन्छन् । अमिलो जातका बिरुवाहरु वर्षा मौसममा उमार्न सकिन्छ । हिउँदमा विशेष गरेर लहरे बाली लगाउन सकिन्छ । वर्षायाममा लौका, घिरौँला, काँक्रो, करेला र फर्सी ठाउँअनुसार रोप्न सकिन्छ । यसैगरी गोलभेँडा, मटरकोसा, खुर्सानी, रायोको साग, चम्सुर, पालुङ्गो र लसुनजस्ता सागसब्जी लगाउन सकिन्छ ।

फलफुलमा आलुबखडा, आरु, नास्पाती, जापनिज हलुवाबेद र अरु नयाँ हाइब्रिड प्रजातिका बिरुवाहरु रोप्न सकिन्छ । वर्षा याममा अमिलो बिरुवाहरु रोप्न सकिन्छ । सुन्तला, कागती, मुन्तला, अम्बाजस्ता बिरुवा वर्षामा निकै फस्टाउँछन् । तरकारीमा विभिन्न किसिमका सागसब्जीका साथै मुला र सलगम रोप्न सकिन्छ । खेतबारीमा जस्तैगरी मौसमी तरकारीहरु कौसीमा रोप्न सकिन्छ । विशेषगरी हाइब्रिड जातका तरकारी कौसीको खेतिको लागि उपयुक्त मानिन्छ ।

कौसी खेती गर्दा पानी चुहिने तथा घर चर्कने समस्या हुन सक्छ । त्यसैले यसको समाधानका लागि प्राविधिकसँग सल्लाह गर्नुपर्छ ।

माटो व्यवस्थापन

यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने बाली अनुसार उपयुक्त माटो छनोट गर्नु आवश्यक छ। माटो उपयुक्त छैन भने बजारमा पाइने अन्य कच्चा पदार्थ पनि प्रयोग गर्न सकिन्छ।

यदि माटोमा नै तरकारी लगाउँदै हुनुहुन्छ भने सफा ठाउँका राम्रो मलिलो माटो ल्याउनु पर्छ। त्यसमा भएका डल्ला फोरेर छेस्काछेस्की, ठुटा गिर्खा केलाएर माटो सफा बनाउनु पर्छ। सफा गरिएको माटोलाई एकचोटी भिजाएर मात्र बिरूवा सार्नुपर्छ।

हेरचाह

कौसी खेती गर्दा देखा पर्ने एउटा समस्या हो लाही किरा । तरकारी बालीहरुमा प्रायः लाही किरा बढी लाग्दछ । यो किराको व्यवस्थापनको लागि निमको तेल ५ एमएल प्रति लिटर पानीमा मिसाएर हरेक हप्ता छर्नुपर्छ । यस्तै पुतलीको लार्भाले काउली जातका तरकारीहरुमा निकै हानी पु¥याउँछ । यो किरा व्यवस्थापनको लागि१ सय ग्राम चिउरीको पिनालाई कपडामा पोको पारी प्रति लिटर पानीमा एक रात डुबाउने र त्यो झोललाई ४ भाग पानीमा मिसाएर बोट भिज्ने गरी छर्नुपर्छ ।

यस्तै औंसा÷ फ्रुट फलाई किराले फलभित्र फुल पारी फल कुहाउने भएकाले यो किराको व्यवस्थापनको लागि फेरोमेन ट्रयाप प्रयोग गर्नुपर्छ भने डढुवा रोगले पातलाई डढाउने भएकाले यसको रोकथाम तथा व्यवस्थापनको लागि ट्राइकोडर्मा पाउडर दुई ग्राम प्रति लिटर पानीमा मिसाएर पुरै भिज्ने गरी हप्तै पिच्छे छर्नु पर्दछ । माटोमा रोग किरा नलागोस् भनेर गाइबस्तुको पिसाब प्रयोग गर्नुपर्छ।

सारिएको बोटको छेउमा साना साना लठ्ठी गाढेर साहार दिनुपर्छ। साथै बेलाबेलामा गोडमेल पनि गर्न आवश्यक छ। लहरे बाली हो भने डोरी टाँगी दिन पर्छ। जसले बोट मौलाउन पाउँछ र राम्रो उत्पादन दिन्छ। कौसीमा खेती गरिएका फलफुल र तरकारीलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ। बिरूवामा बढी सुख्खा र बढी पानी हाल्नु हुँदैन। कहिले काहीँ चर्को घाम लाग्दा भाँडा तातेर बिरूवा ओइलाउन सक्छ। त्यस्तो अवस्थामा छहारी तिर सार्नु पर्छ।

कौसी खेतीका फाइदा

कौसी तरकारी खेती निकै फाइदाजनक मानिन्छ । आफ्नो इच्छाअनुसार उत्पादन हुने तरकारी ताजा, स्वच्छ, सफा र विकाररहित हुनुको साथै तरकारी किन्नका लागि हुने दैनिक खर्च तथा समय बचत हुने भएकाले यो निकै नै फाइदाजनक छ । कौसी खेतीले अक्सिजनको मात्रा बढाउन र कार्बनडाइअक्साइडको मात्रा घटाउन पनि यसले सहयोग पुग्छ ।

हरियालीको कारण घर पनि सुन्दर देखिन्छ । बिहान र बेलुकाको फुर्सदमा घरका सदस्यहरुबाट रेखदेख तथा स्याहार–सम्भार हुने हुँदा शारीरिक अभ्यासका साथै रमाइलो अनुभव हुन्छ ।

केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन् । कौसीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सकिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: