काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरुगरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच एकीकृत कारोबारको औपचारिक रुपमा शुभाारम्भ गरेका छन् ।
एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रुपमा कार्य गर्दा संस्थागत दायित्व समेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको तर्फ जोड दिंदै बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकोले संस्थागत सुशासन सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरहरुलाई आग्रह गरे ।
साथै, नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो अभिभावकीय भूमिका समेत खेल्दै मर्चेन्ट बैंकरहरु बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अगाडि बढेमा बोर्ड दुई कदम अगाडि बढ्न तयार रहेको धारणा व्यक्त गर्दै बजार विकासका लागि नयाँ वित्तीय औजार ल्याउन जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पूँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएकोमा सोही अनुरुप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए ।
ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरुले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण समेत गराए । ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत बैंकका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: