Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

प्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडियो सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । चर्चित गायक प्रकाश तामाङ तितुङ, र पछिल्लो समयकी सफल गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत  काठमाण्डौको एक रेस्टुरेन्टमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो । आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम बिक्रम (खुइले बाजे), पछिल्ललो समय चर्चित मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन् । जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ । सोहि अनुसार नै प्रिमिल जोडीको प्रेम सम्वन्धलाई म्युजिक भिडियोमा देखाइएको छ । गीतको भाव अनुसार मिस पवि र बिक्रमको जोडीको जमेको छ ।

कार्यक्रममा बोल्दै गायक प्रकाशले सुदुरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए । त्यस्तै गायिका अन्नुले सुदुरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन् । गीत रेकर्डको दिन सम्झिदै अन्नुले भनिन्, गाउदापनि एकदमै सहज, एमदमै मिठो मेलोडी ।’ मोडल मिस पविले पनि गीतको शब्द र संगीतको प्रसंसा गर्दै भनिन्, ‘सुदुरपश्चिमेली लवज र सेलोमा एकदमै मिठो लागेको थियो ।’ उनले थप्दै भनिन्, गीतको शब्द सेलोमा नाच्न आउदैन, साच्चिकै मलाई सेलोमा नाच्न आउदैन थियो ।’ निर्देशन, कोरियोग्राफी र अभिनय एकसाथ गर्न गाह्रो भएको बिक्रमले बताए । उनले भने ‘टिमको साथले सफल भयौ ।’ कार्यक्रममा चर्चित गायक दिपक लिम्बु पनि उपस्थित भएर गीतको सफल्ताको शुभकामना दिएका थिए ।

बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending