Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सुदूरपश्चिममा गौरा भित्र्याइयो

खबरडबली संवाददाता

सुदूरपश्चिम । गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा बुधवार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ ।  व्रत बसेका महिलाले सामूहिकरूपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवाबाट गौरा भगवतीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन् ।

सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्त्वका साथ हेरिन्छ । हिन्दू महिलाले सामूहिकरूपमा नजिकैको खेतमा गएर गौराको प्रतिमा तयार पारी माङ्गल गीत र फाग गाउँदै भित्र्याउने गर्छन् । 

भाद्र पञ्चमी तिथिका दिन घरघरमा तामा वा पित्तलको सफा भाँडोमा पाँचथरीका गेडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यो पर्व औपचारिकरूपमा सुरु भएको मानिन्छ । ‘बिरुडा’ भिजाएर राखिने भाद्र पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । व्रत बसेका महिलाले सामूहिकरूपमा सप्तमी र अष्टमीका दिन गौरी र महेश्वरको पूजा गर्ने गर्छन् । 

पूजा गर्नुअघि घरमा भिजाएर राखिएको बिरुडालाई सामूहिकरूपमा पधेँरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ धोइन्छ । यसलाई ‘नोलाई’ (धारा पधेँरा) गौरा भनिन्छ । पूजा गर्दा अक्षताका रूपमा प्रयोग हुने ‘बिरुडा’ (पाँचथरीका गेडागुडी) को विशेष महत्त्व हुन्छ ।

‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रूपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसले पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । 

पूजाको काम सकिएपछि हरेक दिन माहिला पुरुष छुट्टाछुट्टैरूपमा गोलबन्द भई चैत, धमारी, देउडा र खेल खेलेर रमाउने गर्छन् । चैत र धमारीसम्बन्धी गीतले देवीदेवताको महिमा, पुराना वीरयोद्धा, राजामहाराजाका वीरगाथा, आफ्नो गाउँठाउँका पर्यटकीय, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिरूपमा महत्त्वपूर्ण स्थल, हिन्दू सभ्यता र संस्कृतिको महत्त्व दर्शाउने गरेको जानकार बताउँछन् ।

 गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख, शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ । यसै पर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ–आफ्नो घाँटीमा धारणा गर्ने चलन छ । यो दुब–धागो गौरादेवीलाई चढाएपछि मात्र महिलाले आफूले ग्रहण गर्न पाउने परम्परा छ । 

यो पर्व मनाउन एक ठाउँमा भेला हुने अवसर मिल्ने भई आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने इष्ट कुलदेवता खुसी हुने, सामाजिक विकृति विसङ्गति, कूशासनविरुद्ध देउडा खेलका मध्यमबाट तिखो व्यङ्ग्य गरिने हुँदा यसले समाजलाई सही बाटोमा डोर्याउन मद्दत पुर्याउने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन यो पर्व विसर्जन गरिन्छ ।  

पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वतीदेवी (गौरा)को पूजाको फलस्वरूप ब्राह्मणीले तेजिलो पुत्रलाभ गरेकीले गौरालाई सर्वशक्तिमान् भएको विश्वासमा यो पर्व मनाउने गरिएको धनगढीका ज्योतिष मनिराज जोशी बताउँछन् । सरकारले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

देउवा निवासमा गौरा 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा आज विधिपूर्वक गौरा भित्र्याइएको छ । देउवाकी धर्मपत्नी डा.आरजु राणा देउवा गौरा पर्व मनाउन केही दिनअघि धनगढीस्थित आफ्नो निवास पुगेका थिए । गौरा मनाउन उनको निवासमा स्थानीय महिला भेला भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा भाद्र शुक्ल पक्षको अष्टमी अथवा भाद्र कृष्णपक्षको अष्टमीका दिन गौरा भित्र्याउने परम्परा रहे पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको निर्णयअनुसार आज साउन शुक्लपक्ष अष्टमीका दिन गौरा भित्र्याइएको जोशीले बताए । कतिपय ठाउँमा भने भदौ २१ गते गौरा भित्र्याउने तयारी गरिएको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: