काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।
मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नट आउट ३७ रन बनाइन् । महिरा इज्जती इस्मालीले २१ रन जोडिन् । बलिङतर्फ नेपालका रुबिना क्षेत्री, सीता राना मगर र पूजा महताे समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । यस्तै इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए ।
त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।
आज मलेसियासँगको फराकिलो हारको बाबजुत पनि नेपाल रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । मलेसिया भने जितका बाबजुत पनि बाहिरिएको हो । नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो । नेपालको नेटरनरेट ०.८५३ र हङकङको ०.१९२ छ । मलेसियाको ३ खेलमा ४ अंक भए पनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०.००७ मात्रै रह्यो ।
यो चारदेशीय शृंखलापछि नेपालले मलेसियामा नै आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट खेल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - २१:०६
काठमाडौं । २२ कम्युनिस्ट तथा समाजवादी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रको स्वाधीनता, सुशासन र संविधान संशोधनका एजेन्डासहित आफ्नो ...
फाल्गुन १४ गते, २०८२ - २०:५८
जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र ...
फाल्गुन १४ गते, २०८२ - २०:५३
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले...
फाल्गुन १४ गते, २०८२ - २०:४९
काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रम...
फाल्गुन १४ गते, २०८२ - २०:४०
एजेन्सि । जापानी प्रहरीले ओसाका सहरमा सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्ष उमेर हाराहारीका एक वृद्ध व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ ओस...
फाल्गुन १४ गते, २०८२ - २०:३१
काठमाडाै । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा...
फाल्गुन १४ गते, २०८२ - २०:२२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एजेन्डा र जनसमर्थनको बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पा...
फाल्गुन १४ गते, २०८२ - १९:४२
पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–...
फाल्गुन १४ गते, २०८२ - १९:३३
दाङ । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ । घोराही...
फाल्गुन १४ गते, २०८२ - १९:२३
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने न...



प्रतिकृया लेख्नुहोस्: