Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

२३ करोड ५० लाख बराबरको सिमेन्ट १ महिनामा निर्यात

खबरडबली संवाददाता

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो साउन महिनामा २३ करोड ४९ लाख ८९ हजार रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको १ महिनामा नै साढे २३ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको हो । निर्यातमा अनुदान घोषणा भएपछि गत वर्ष २०७९/८० को साउनमा ४९ लाख २९ हजार रुपैयाँबराबरको ३३ हजार १५७ मेट्रिक टन सिमेन्ट भारत निकासी भएको थियो ।

भन्सार विभागका अनुसार साउनमा ३५ हजार ३१५ टन सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा २५ हजार ७४२ टन क्लिंकर र ९ हजार ५७३ टन सिमेन्ट निकासी भएको हो । यसबाट २३ करोड ४९ लाख रुपैयाँ नेपाल भित्रिएको छ । 

गत वर्षभरीमा नेपालबाट करिब ७८ करोड रुपैयाँबराबरको सिमेन्ट र क्लिंकर निकासी भएको थियो । गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका हुन् । विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख ७ हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजारबरारबरको ३ लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ ।

सरकारले सिमेन्ट निर्यातमा सहुलियत दिएसँगै गत वर्षदेखि पाल्पा, अर्घाखाँची र बालाजु गरी तीन उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् । यस्तै, अन्य उद्योग पनि निर्यातको तयारीमा छन् । 

अघिल्लो वर्षको असार २४ देखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्रान्डले भारततर्फ निर्यात सुरु गरेको थियो । त्यस्तै असोज ३१ देखि अर्घाखाँची र जेठ २९ देखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्रान्डमा पिपिसी सिमेन्ट निर्यात सुरु गरेका हुन् । 

यस्तै, झन्डै एक दशकअघि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । आव २०७०/७१ मा ५६ लाख ९२ हजार रुपैयाँ बराबरको ५ लाख ५३ हजार २ सय ४० किलो सिमेन्ट निर्यात भएको थियो । २०७१/०७२ मा २ लाख ५४ हजार रुपैयाँ बराबरको १६ हजार २ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्याङ्कमा छ ।

आर्थिक वर्ष २०७८/७९ जम्मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन सिमेन्ट निर्यात भएकोमा २०७७/७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्याङ्क छ । 

सरकारले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ मा सिमेन्टमा करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिनेसमेत चालु बजेटमा उल्लेख छ । 

सरकारले ५० करोड रुपैयाँ बराबरको निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने भनेको छ । सरकारले महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन् । हाल नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक २ करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending