Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गाउँ-गाउँका बजारमा व्यापार ठप्प

खबरडबली संवाददाता

बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो ।

बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड नै लाग्ने गर्थ्यो । तर, अहिले बागलुङ बजारदेखि मुख्य व्यापारिक बजार सुनसान बन्दै गएका छन् । स्थानीय तह गठन भएपछि गाउँ–गाउँमा ससाना बजार विस्तार भइरहेका छन् । पहिले बागलुङ बजारमा पाइने सबैथोक अहिले गाउँमा पाइन्छन् । गाउँमा आवश्यक सामान पाइने भएपछि ग्राहक बजारमा आउन छोडेका छन् ।

बागलुङमा खास गरी दुई मुख्य नाकाबाट सामान भित्रिने गर्छ । एउटा मालढुंगा नाका अर्को हाँडीखोला नाका । मालढुंगा नाकाबाट भित्रिने अधिकांश सामान वीरगन्ज, काठमाडौँ र पोखराबाट आउँछ भने हाँडीखोला नाकाबाट भने बुटवल र सुनौलीबाट सामान भित्रिने गर्छ

मालढुंगादेखि भित्रिने सामान पूर्वी बागलुङमा खपत हुने गर्छ भने हाँडीखोलाबाट भित्रिने पश्चिम बागलुङ र पूर्वी रुकुममा बढी खपत हुने गरेको छ । गाउँबाट समान किनमेलका लागि बजार झर्न छोडेपछि बागलुङ बजारमा व्यापार निकै कम भएको छ । गाउँ-गाउँमा मोटरबाटो पुगेपछि बजारमा घट्न थालेको बजार कोरोना संक्रमणकालपछि झन् सुस्ताएको छ ।

आर्थिक मन्दीका कारण व्यापार निकै कम भएको व्यापारीको गुनासो छ । एक वर्षयता व्यापार ५० प्रतिशतले आधा भएको उनीहरुको भनाइ छ । व्यापार घट्दै गएपछि बागलुङ बजारमा धमाधम व्यापारीले पसल बन्द गर्न थालेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव ऋषिराम गौतमले बताए ।

कोभिड–१९ ले सुस्ताएको व्यापार आर्थिक मन्दीका कारण व्यापारी समस्यामा परेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र महँगो भाडाका कारण व्यापारी पलायन हुने अवस्था आएको उनले बताए । ६ महिनामा बागलुङ बजारका धेरै सटर पसल बन्द भएको उनले जानकारी गराए ।

केही समयअघि बागलुङमा सञ्चालित शिव शिखर बहुद्देश्यीय सहकारी र इमेज सहकारीका सञ्चालकले व्यापारीको करोडौँ रकम हिनामिना गरेर फरार भएपछि व्यापार व्यवसायमा थप समस्या सिर्जना भएको उनले बताए ।

‘चाडवर्प आउन थाल्यो, बजार सुनसान छ, पहिला–पहिले यस्तो हुँदैनथ्यो, यो समय निकै चहलपहल हुन्थ्यो, अहिले व्यापारीलाई सामान खरिद गर्न भ्याइनभ्याइ हुन्थ्यो, अहिले महिनौँ अगाडि ल्याएर गोदाममा राखेको सामान यतिकै थन्किएका छन्,’ महासचिव गौतमले भने, ‘व्यापारीलाई पहिले ल्याएर राखेका सामान कटाउनै मुस्किल छ, नयाँ सामान ल्याएर बिक्री गर्न सक्ने अवस्था छैन, गाउँपालिका/नगरपालिका आएपछि घटेको व्यापार अहिले निकै कम भएको छ ।’

बागलुङ बजारमा ३० वर्षदेखि व्यवसाय गर्दै आएका डिल्ली गौतमले व्यापार सुस्ताउँदा दैनिकी चलाउन गाह्रो हुने स्थिति आउन थालेको बताए । ६ वर्षअघि बागलुङ बजारको व्यापार ५० प्रतिशतले घटेको र कोभिडपछि थप ३० प्रतिशत व्यापार कम भएको गौतमले बताए । पहिले बागलुङ बजार जिल्ला सदरमुकाम र साविक धौलागिरी अञ्चलको केन्द्र भएको हुँदा व्यापार निकै भएको स्मरण गर्दै अहिले गाउँ-गाउँसँग व्यापार बाडिएको बताउनुभयो ।

महासचिव गौतमले भने, ‘३० वर्षअघिको तुलनामा अहिले बागलुङ बजारको व्यापार ८० प्रतिशतले कम भएको छ, व्यापार कम हुनुमा पहिलो त संघीयताको प्रभाव हो, त्यसपछि गाउँगाउँमा मोटरबाटो पुग्नु, दुई-तीन वर्ष कोरोना र अहिले आर्थिक मन्दी मुख्य कारण हो, बजारको अवस्था हेर्नुहुन्छ भने कहिले त एउटा सामान पनि बिक्री हुँदैन, दिनभरि पसलमा बस्यो, अरु काम गर्नु पनि छैन, युवा त विदेश जालान्, अरु केही गर्लान्, हामी उमेरले नेटो काट्न लागेका गाउँ फर्किनुको विकल्प हुँदैन ।’

निसीखोलाका व्यापारी वीरबहादुर क्षेत्रीले ६ वर्षदेखि ग्रामीण क्षेत्रमा व्यापार बढ्दै गएको बताए । एक दशक अघिसम्म सुनसान गाउँमा अहिले व्यापारिक चहलपहल बढ्दै गएको उनको भनाइ छ । निसीखोलाको देवस्थान, जुग्जाखोला, झिवाखोला, वडावन खोला, निसी, भल्कोट र सीपमा अहिले व्यापार फस्टाउँदो रहेको क्षेत्रीले बताए ।

पहिले यहाँका हजारौँ नागरिक सामान्य किनमेलाका लागि घण्टौँ लगाएर बुर्तिबाङ पुग्ने र घोडा खच्चडमार्फत सामान ढुवानी गरेर बेच्ने गरेको सुनाउँदै अहिले घरै अगाडि सडक आएको हुँदा सहज भएको उनी बताउँछन् ।

‘अहिले गाउँमा दुःख हरायो, पहिले दोकान, पसल धेरै टाढा हुन्थे, मान्छेले एउटा कपडालाई वर्षौंसम्म सुरक्षित तरिकाले लगाउनुपर्थ्यो, नुनतेल र चामल लामो समयसम्म पुग्ने गरी अड्कल गरेर खानुपर्थ्यो,’ क्षेत्रीले भने, ‘अहिले घरघरमा पसल खुलेका छन्, गाउँलेलाई सहज भएको छ, व्यापार पनि राम्रो छ, पहिलेको जस्तो घोडा खच्चडमा ढुवानी गरेर महँगोमा बेच्नुपर्ने अवस्था पनि छैन, सुविधा पनि आयो, व्यापार पनि भयो ।’ पालिकाको केन्द्र बनेपछि तमानखोलाको बोङ्गादोभान, ताराखोलाको भातखानेडाँडा, बरेङको बरेङडाँडालगायतका गाउँमा व्यापार बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

अहिले जिल्लाका बस्ती-बस्तीमा सडक पुगेका छन् । सडकले गर्दा दुर्गम गाउँसम्म पनि ससाना पसल सञ्चालनमा आएका छन्, जसले स्थानीयको दिनचर्या सहज बनाइदिइको छ । बर्खामा भने ग्रामीण सडक पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: