Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कोकनकाे अभियानपछि आत्मनिर्भर बन्दै जोडीहरु

आषिका लम्साल

विराटनगर । विराटनगर महानगरपालिका ६ मंगलुवा टोलकी २४ बर्षिया रेखा पासवान, उनका श्रीमान  २६ बर्षिय सुरज पासवान, २६ बर्षिया तुलसी पासवान र २९ बर्षिय श्रीमान चन्दन पासवानको पहिले सधै झगडा परिरहन्थ्यो । सधै हुने घरेलु झगडाले गर्दा रेखा र तुलसी हिँसा सहन बाध्य थिए भने  उनीहरुका श्रीमानको रोजगार पनि भरपर्दो हुन सकेको थिएन । तर आजकल उनीहरुको घर झगडा पनि हुन छाडेको छ । श्रीमानहरुले  भरपर्दो रोजगार पनि थालेका छन । रेखा मासु पसल चलाउँछिन भने उनका श्रीमान सिटी रिक्सा कुदाउँछन । श्रीमतीलाई सघाउँछन । यस्तै तुलसीले कपडा व्यापार गर्न थालेकी छन ।

विराटनगर १५ भट्टाचौककी २८ बर्षिय पुनम साह आजकल व्युटीपार्लर चलाउँछिन । उनका श्रीमान जयप्रकाश नास्ता पसल गर्छन । सोही ठाउँकी २५ बर्षिया माला खातुनले पसल खोल्ने तयारी गरिरहेका छन । पहिले बेराजगार बस्न रुचाउने उनका श्रीमान ३२ बर्षिय सिकन्दर मियाँले  सिटी चलाउन थालेका छन् । पहिले सधै आपसमा झगडा गरिरहने यी दुवै दम्पत्तीहरु आजकल छोराछोरीलाई पालो पालो स्कुल लाने ल्याउने  पनि गर्छन ।

माथि प्रस्तुत भएका रेखा र सुरज , तुलसी र चन्दन अनि पुनम , जयकाश , माला र सिकान्दरको जोडी प्रतिनिधिमुलक मात्र हुन । उनीहरु जस्तै सधै झगडा गरिरहने तर पछि आपसी विश्वास बढेर रोजगारमा उत्प्रेरित भएका र भैसकेका  युवा दम्पत्तीहरु अरु पनि धेरै छन् ।

तर यो सबै त्यत्तिकै भएको हैन । यसमा विराटनगरमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले समुदायमा हुने हिंसा अन्तगर्न संञ्चालन गरिरहेको लैङगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले गर्दा संभव भएको हो । कोकनले विराटनगर महानगरको ६ र १५ नम्बर वडाका  विगत डेढ बर्षदेखी विवाह गर्ने २९ बर्षसम्मका युवा जोडीहरुलाई सहभागी गराएर  भैरहेको घरेलु हिंसा अन्त गराउने अभियान सञ्चालन गरिरेको छ ।

जसले गर्दा विवाहित जोडीहरुमा हुने झैझगडा कम भएपछि महिलाहरुले पनि समाजिक र शारिरीक हिँसा भोग्नुपर्ने बाध्यता हटेको छ । आफना समस्याहरुमा निरन्तर सामुहिक रुपमा छलफल गर्न थालेपछि उनीहरुमा आत्मविश्वास बढेर रोजगारतर्फ अग्रसर हुन थालेको र सेवा प्रदायक सरोकारवालाहरुकोमापनि जान सुरु गरेको सामुदायिक स्वयंसेवकहरु  उदिप मण्डल र ईश्वरी खडका बताउँछन ।

अभियानमा सहभागी हुन थालेपछि श्रीमानहरुमा झुठो बोल्ने वानी हटन थालेको र आपसमा समझदारी बढेको विराटनगर ६की २६ बर्षिया रविना पासवान बताउँछिन । पहिले सधै शंका गरेर गालीगलौज गर्ने र घरबाट कतै जान नदिने रविना आजकल घरबाहिर निस्केर हाटबजारमा व्यपार गर्न थालेकी छन । सुकुम्बासी टोलका संजिता साह र दिपक साह अनि सुरज पोद्दार र सरिता पौद्दार पनि घरेलु हिँसा अन्त्यबारेको छलफलमा सहभागी भएपनि आफुहरुले पनि धेरै कुरा बुझन जान्न पाएकोले अन्याय सहनुहुदैन र आफै आत्मनिर्भर बन्नुपर्छ भन्ने आत्मविश्वास बढाएको बताउँछन ।

उनीहरुका अनुसार लैङगिक हिँसा अन्त गर्ने छलफल अभियानले जोडीहरुमा  काममा साभेदारी गर्नुपर्छ भन्ने भावना पनि बढेको छ । साथै महिलाले घरमा बसेर छोराछोरीको हेरचाह गर्दै घरधन्दा मात्र गर्नुपर्छ भन्ने गलत समाजिक मान्यता पनि हटदै गएको छ ।

यति मात्र हैन छलफलमा सहभागी भएका २० जोडीहरुले आफनो समाजमा हुने घरेलु हिँसा , बालविवाह र जातिय विभेद अन्त्य गराउन पनि सहयोग गर्न थालेका छन । घरछिमेकमा घरेलु हिँसा भयो भने प्रहरी र सेवाप्रदायक निकायहरुलाई उनीहरुले सूचना पनि दिने गरेका छन ।  

स्वयंसेवक उदिप मण्डलका अनुसार विराटनगर ६ र १५ मा रहेका २९ बर्ष सम्मका विवाहित २० जोडीहरुलाई उनीहरुले नजिकै रहेको विद्यालय , मन्दिर वा सामुदायिक केन्द्रमा हरेक हप्ता विहान ६ देखी ८ बजेसम्म भेला गर्छन । छलफलमा सहभागी हुँदा केही रकम पनि प्राप्त हुने भएकोले दुई घण्टाका लागि जोडीहरु खुसी हुदै आउँछन ।

जोडीहरु भेला भैसकेपछि पहिले महिला र पुरुष स्वयंसेवकहरुले महिला र पुरुषसँग अलग अलग कुराकानी गरेर समस्याहरु बुझछन । त्यसपछि  विभिन्न अतिरिक्त्त क्रियाकलाप र चित्रहरुबाट घरेलु हिँसाका बेफाईदाबारे बुझाउदै जिवनउपयोगी शिक्षा पढाउँछन । जसले गर्दा विस्तारै पहिले हिँसामा संलग्न जोडीहरुमा परिवर्तन आउन थाल्छ र नेतृत्व पनि  विकास हुनथाल्छ ।

खराब सामाजिक मूल्यमान्यताले गर्दा समुदायमा हुदै आएको लैङगिक हिँसालाई अन्त्य गराउन अभियान सफल हुदै गएको फिल्ड संयोजक अशोक थापा बताउँछन । उनका अनुसार जवसम्म समुदायभित्रै छिरेर समस्या पहिचान गरि समाधानको पहल गरिदिैन तबसम्म समाजमा भित्रिरुपमा हुदै आएको लैङगिक हिँसा अन्त्य गर्न संभव छैन । उनी लैङगिक हिँसा अन्त गराउनका लागि सबै पालिकाहरुले वडा कार्यालयहरु मार्फत टोल टोलमा अभियानहरु सञ्चालन गर्नुपर्नेमा जोड पनि दिन्छन । भन्छन र्, लैङगिक हिँसा वाहिरी रुपमा न्युनिकरण भएपनि सिमान्तकृत समुदाय र गरिबहरुमा कायमै छ । यसैले पनि समुदायभित्रै छिरेर हिँसा अन्त्य गराउने अभियान प्रभावकारी हुन्छ ।’   

अभियानका संयोजक कृष्णकुमार राईका अनुसार समुदायमा हुदै आएको हिँसा अनत्य गराउन संयुक्त्त राष्टसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा लैङगिक विभेदमा आधारित हिँसा रोककथाम र प्रतिकार्य परियोजना सञ्चालनमा आएको हो ।

यो परियोजना अनुसार संञ्चालन भएको अभियानले लैङगिक विभेद र हिँसाले पिडित महिला र पुरुष मात्र नभएर उनीहरुको परिवार अनि सेवा प्रदायकहरुसँग संबाद गरेर समस्या समाधान गराउने गर्दछ । यसका लागि संस्थावाट खटिएका सामुदायिक स्वयंसेवकहरुले सहजिकरण गरिदिन्छन ।

जसले गर्दा महिला र युवा जोडीहरुले न्याय दिने निकायहरु न्यायिक समिति, वडा कार्यालय, जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यस्वयंसेविका, शिक्षक, स्वास्थ्यकर्मी, अस्पताल र संकट व्यवस्थापन केन्द्र र पुर्नस्थापना गृहदेखी लैङगिक हिंसा कोषदेखी भएका आधारभुत कानुनहरुबारे पनि जानकारी पनि प्राप्त गर्दछन । यसैले उनिहरुले गाउँघरमा हिंसा भएमा सूचना मात्र दिनेमात्र हैन आफै अघि सरेर सहजिकरण पनि गरिदिने गरेका हुन ।

जनसँख्यायिक स्वास्थ्य सर्बेक्षण सन २०१६ का अनुसार नेपालमा १५देखी ४९ बर्षका ५ जना मध्ये १ जना महिलाले प्रत्यक्ष हिँसा भोग्छन । ४ जना मध्ये १ जनाले श्रीमानबाट कुटाई खान्छन । एक सयमा ३१ जना पुरुष श्रीमती कुटनुपर्छ भन्ने चाहन्छन । हिँसा भोगिरहेका ६६ प्रतिशत महिलाहरुले प्रतिरोध नै गर्दैनन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending