काठमाडौं । सत्ताधारी गठबन्धनको नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ललिता निवास सहितका चर्चित प्रकरणलाई सत्ता गठबन्धनभित्रको अन्तर सङ्घर्षले प्रभावित तुल्याएको टिप्पणी गरेका छन्।
नक्कली भुटानी शरणार्थी, ठूलो परिमाणको सुन तस्करी र ललिता निवासको जग्गा अनियमितता प्रकरणमा गठबन्धनकोे निर्णय हाबी भएको बताए।
गृहमन्त्रीले ‘केही गर्ने कुरा गरेको र अन्तिमसम्म जाने (अनुसन्धान गर्ने)’ बताएको उल्लेख गर्दै खनालले बीबीसीसँग भनेका छन्, “पहिला जुन रूपमा अगाडि सारियो, त्यसलाई कमजोर बताउँदै, अलि तल्लो स्तरमा झार्दै लग्ने जो काम भएका छन् त्यो गठबन्धनभित्र एक आपसको अन्तर सङ्घर्षको परिणाम हो भन्ने कुरा छर्लङ्गै छ।”
ललिता निवास प्रकरणमा खनालको पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि जोडिएको छ।
दुवै नेताले प्रहरी अनुसन्धानलाई सघाउने बताउँदै आएपछि प्रहरीले उनीहरूकै निवासमा पुगेर बयान कागज गराएको थियो।
उनले भने, त्यति कुरा भइसकेपछि उनीहरूले त्यही धरातलबाट अगाडि बढेको भए आम मानिसलाई चित्त बुझ्थ्यो होला। तर त्यसैमा पनि जुन ढङ्गले अलिकति तलमाथि गरियो, यो न्याय प्रणालीमाथि कार्यपालिकाले अति सक्रियता देखाउन खोजेको हो कि भन्ने परेको छ।”
सत्ता गठबन्धनको बैठकमा पूर्वप्रधानमन्त्रीको बयान नलिने र मुद्दा नचलाउने सहमति भएको भन्ने अपुष्ट विवरणहरू प्रकाशमा आएका थिए। त्यसप्रति खनालले साङ्केतिक असन्तुष्टि दर्साए।
नेताहरूले आइ पर्ने चुनौतीहरूको संविधान बमोजिम सामना गर्ने साहस राख्नु पर्ने बताउँदै उनले भने, “त्यसमा शक्तिको प्रयोग, बल प्रयोग भयो भने त्यसले स्वस्थ स्थिति निर्माण गर्दैन, गठबन्धनले यस्तो कुरामा पनि ध्यान दिन सक्नु पर्थ्यो।”
यो प्रकरणमा पहिले सार्वजनिक चर्चामा नाम आएका अन्य केहीका साथै नेता नेपाललाई मुद्दा चलाइएको छैन। आफ्नो दलका नेता नेपालले पार्टी बैठकमा पनि आफू निर्दोष रहेको दाबी गरेकाले त्यसबारे कहीँ टिप्पणी नगर्ने खनालको भनाइ छ।
“तर न्यायिक प्रणालीलाई आफ्नै गतिमा अगाडि बढ्न दिनुपर्ने आवश्यकता थियो, त्यसमा अलिकति अवरोध खडा गर्ने काम भयो कि जस्तो लाग्छ,” उनले आफ्नो ठम्याइ सुनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: