Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ

खबरडबली संवाददाता

दमौली । तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ । त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा गत वर्ष ४१ हजार सात सय ८३ मेट्रिक टन तरकारी उत्पादन भएको छ । त्यसमध्ये ३५ प्रतिशत तरकारी जिल्लाबाहिर निर्यात हुने गरेको ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

उनले भने, “आलु, प्याज र गोलभेँडाबाहेक अरू तरकारीमा तनहुँ आत्मनिर्भर छ । जिल्लाभित्रै खपतका अलवा ३५ प्रतिशत तरकारी बाहिर जान्छ ।” तिवारीका अनुसार यहाँ उत्पादित तरकारी गोरखा, लमजुङ, मनाङ, पोखरा हुँदै मुस्ताङसम्म जाने गरेको छ । सस्तो तरकारी भने बाहिरी जिल्लाबाट तनहुँ भित्रिने गरेको छ । तनहुँमा गोरखपुर, चितवन, नवलपुर, धादिङ, मकवानपुरबाट तरकारी आउने गर्दछ ।

गत वर्ष जिल्लामा २३ हजार चार सय २७ मेट्रिक टन हिउँदे र १८ हजार तीन सय ५६ मेट्रिक टन वर्षे तरकारी उत्पादन भएको छ । जिल्लामा तरकारी खेतीको क्षेत्रफल बढेको छ । दुई हजार छ सय तीन हेक्टर क्षेत्रफलमा हिउँदे र एक हजार छ सय दश हेक्टर क्षेत्रफलमा वर्षे तरकारी खेती हुने गरेको छ । गत एक दशकसम्म जिल्लामा दुई हजार दुई सय ५५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको थियो ।

ज्ञान केन्द्रले गत आर्थिक वर्ष २०७९र८० मा तरकारी खेती प्रवद्र्धनका लागि २४ लाख खर्च गरेको थियो । चालु आव २०८०र८१ मा ६० लाख बजेट विनियोजन गरिएको केन्द्र प्रमुख तिवारीले बताए । उनले भने, “तरकारी खेतीमा आकर्षण बढेसँगै बजेट तीन गुणा वृद्धि भएको छ । कृषकलाई बीउसँगै आवश्यक सीपसमेत दिन्छौँ ।”

तरकारी विकास कार्यक्रमअन्तर्गत गत वर्ष तीन सय ५० कृषकलाई सहयोग गरिएको थियो । त्यसकारण व्यावसायिक तरकारी खेतीमा कृषकहरुको आकर्षण बढेको र क्षेत्र विस्तार भएको तिवारीको भनाइ छ । चालु आवमा वर्षे खुर्सानी, गोलभेँडा, अकबरे खुर्सानी, काँक्रो, वर्षे उत्पादनमा जोड दिइने तिवारीले बताए।

तरकारीखेतीतर्फ कृषकको आकर्षण बढे पनि प्राविधिक सेवा पर्याप्त हुन नसकेको आँबुखैरेनीका कृषक सोलबहादुर चितौरेले बताए । उनले भने, “तरकारी खेतीमा विविध समस्या आइरहन्छ, त्यसतर्फ सम्बन्धित निकायले पहल गरिदिनुपर्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending