Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड–२०८०’ २८ विधामा अवार्ड प्रदान

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको नाचघरमा ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड–२०८०’ सम्पन्न गरेको छ । यस अघि विभिन्न आदिबासी जनजाति कलाकारहरुको सौयौं गीतको भिडियो र केही चलचित्र निर्माण गर्दै आएको क्वालिटी फिल्मस् प्रा.लि.ले यो अवार्ड भव्यताका साथ आयोजना गरेको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख आतिथ्यता, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, बरिष्ट पत्रकार बिजयरत्न तुलाधर, बरिष्ट गीतकार डब्बु क्षत्री, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, सेन्सर बोर्डका सदस्य ऋषीराज आचार्यलगायतको विशेष आतिथ्यतामा सम्पन्न सो समारोहमा आदिबासी समुदायका श्रष्टाहरुले अवार्ड ग्रहण गरे । 

समारोहमा राई, लिम्बु, सुनुवार, थकाली, नेवार, गुरुङ, मगर, तामाङ, थारु, शेर्पा, थकाली तथा गैर आदिबासी कलाकारहरु आ आफ्नो भेषभुषामा सजिएर आएका थिए । विविध भेषभुषाका कारण अवार्ड समारोहमा विविधतामा एकता जस्तो देखिएको थियो । 

समारोहमा तामाङ भाषामा गीतकारको अवार्ड प्रकाश योञ्जनले, उत्कृष्ट तामाङ गायकको अवार्ड जीवन बोमजनले, तामाङ गायिकाको अवार्ड अन्जु थोकरले हाँसिल गरिन् । तामाङ भाषाकै मेन्दो माया गीत तर्फ उत्कृष्ट गायकको अवार्ड आरम्भ तामाङले, उत्कृष्ट गायीकाको अवार्ड फुलमाया तामाङले, गायिकाको जुरी अवार्ड सन्जु लामाले, पब्लिक च्वाईस अवार्ड शान्ति माम्बाले हाँसिल गर्दा म्हेन्दो मायाँ विधाकै गीतबाट डायस्पोरा तर्फको गायक अवार्ड बिश्व पासा तामाङले हाँसिल गरे ।

अवार्ड समारोहमा गुरुङ भाषाको गीत तर्फ उत्कृष्ट गायिकाको अवार्ड पवित्रा गुरुङले र गुरुङ गायिकाको जुरी अवार्ड ममता गुरुङले प्राप्त गरे । लिम्बु गीततर्फ उत्कृष्ठ गीतकारको अवार्ड लिला सेलिङ मावोले, म्युजिक कम्पोजरको अवार्ड रिता फोम्बो ठुलीले, गायीकाको अवार्ड दुर्गा तुम्साले हाँसिल गरे । सोही कार्यक्रममा लिम्बु तर्फ नै गायिकाको जुरी अवार्ड ईन्दिरा नेम्वाङले हाँसिल गर्दा उत्कृष्ट लिम्बु गायकको अवार्ड जीवन केदेमले प्राप्त गरे । समारोहमा गायक असार सिं निङलेकुले जुरी अवार्ड प्राप्त गर्दा लिम्बु गीतबाटै मोडलको अवार्ड सुजु सेरेङ र दिप केरुङले हाँसिल गरे । यस्तै लिम्बु भाषाकै मोडल तर्फको जुरी अवार्ड यासेली योङहाङले जिते ।

सोही समारोहमा राई तर्फ गीतकारको अवार्ड अनुका राईले हाँसिल गरिन भने सुनुवार भाषामा उत्कृष्ट गायिकाको अवार्ड कल्पना सुनुवारले, उत्कृष्ट गीतकारको अवार्ड तारादेवी सुनुवारले प्राप्त गरे  । यस्तै आदिवासी गीतमा मोडलको अवार्ड अन्जु गुरुङले हाँसिल गरिन भने गाउँ प्रवद्र्धन आदिबासी गीततर्फ उत्कृष्ट गीतकारको अवार्ड अर्जुन गुरुङले पाए । 

म्युजिक भिडियो तर्फ तामाङ गीतको उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड भुवन स्याङेबो तामाङले चुमे भने लिम्बु भाषाको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड हाङ चेम्जोङ र झ्याउरे लोकगीत तर्फ उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड तेन्याङ सरु राना गुरुङले हाँसिल गरे ।

सो समारोहमा झ्याउरे गीत तर्फ उत्कृष्ट गायिकाको अवार्ड तौसुवा गुरुङ (सविना)ले, गायिकाको जुरी अवार्ड दिलु सिरिष मगर श्रेष्ठले, झ्याउरे उत्कृष्ट गायकको अवार्ड पृथ्वी गुरुङले, गायक तर्फको जुरी अवार्ड हुम गैरेले र पब्लिक च्वाईस अवार्ड रमित रानाले हाँसिल गरे ।

समारोहमा कौडा चुट्का तर्फ उत्कृष्ट संगीतकारको अवार्ड रेशम गुरुङले, उत्कृष्ट गायकको अवार्ड प्रिजन गुरुङले हाँसिल गरे । उत्कृष्ट सालैजो गीत गायकको अवार्ड नर बहादुर आचार्यले र उत्कृष्ट सालैजो गायिकाको अवार्ड कालिका रोकाले हाँसिल गरिन् । अवार्ड समारोहमा नेपाल भाषा तर्फ यसपटक उत्कृष्ट गायिकाको अवार्ड तेजवती जोशीले, उत्कृष्ट गायकको अवार्ड सुरेश शम्शेरले र उत्कृष्ट संगीतकारको अवार्ड रोशन धौवडेलले प्राप्त गरे । 

समारोहमा आदिबासी चलचित्रहरु बीच प्रतिस्पर्धा भएको थियो । आदिबासी फिल्ममा तामाङ फिल्मबाट प्रवल थिङ तामाङले चलचित्र काखे्र (गंगटो)बाट उत्कृष्ट तामाङ फिल्मको अवार्ड जिते भने उत्कृष्ट सर्टफिल्म निर्देशकको अवार्ड केशव राई (युप्स)ले हाँसिल गरे । 

आदिबासी जनजातिहरुको हकहितका लागि आफुहरुले यो अवार्ड गरेको क्वालिटी फिल्म्सका अध्यक्ष एवम् चलचित्र निर्देशक उमेश गुरुङले बताए ।  अवार्ड सँयोजक सनी लिम्बुले आगामी दिनमा यो अवार्डमा अझ धेरै भन्दा धेरै भाषाभाषीहरुको गीत संगीत तथा चलचित्र समेट्ने बताईन् ।

यस्तै आदिबासी जनजातिहरु श्रष्टा, सामाजिक अभियान्ता तथा आदिबासी जनजातिहरुको चलचित्र, व्युटि पेजेन्टमा सक्रिय गैर आदिबासीहरुलाई पनि कार्यक्रममा सम्मानित गरियो । अभिनेता धिरेन शाक्य, तेज गिरी, गायक दिपक लिम्बु, इभेन्ट डिरेक्टर निशुकान्त झा, निर्देशक प्रितम गुरुङ, निर्देशक माधवराज खरेल, द्धन्द्ध निर्देशक जनक गुरुङ, फेशन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा, बरिष्ट कलाकार नवराज जँग थापा (जँगे) गायिकाहरु दुर्गा गुरुङ, सूर्य कुमारी गुरुङ, मेचु धिमाल, सरिता भारती, देउकुमारी गुरुङ सम्मानि भए ।  

यस्तै नृत्य कलाकार अरुसी अस्लामी मगर, ढाका भेषभुषा प्रवर्धक सरु लिम्बु, दौरा सुरुवाल डिजाईनर कोपिल नेपाली (ज्याक भाई), राष्ट्रसेवक होम लावती, समाजसेवी रत्न सुब्बा लावती, सामाजिक अभियान्ता आशा राई नेम्वाङ, गायक तुलमान गुरुङ, मोडलहरु रुपेश आलेमगर, दीपक थापा माईथाने मगर, गणेशमान घले, संगीतव्यबसायी अलबर्ट बज्राचार्य, मेकअप आर्टिष्ट जनुमा पुन, व्यबसायी विष्णुकुमारी लिम्बु, व्यावसायी नोरबहादुर तामाङ, भिडियो निर्देशक होम धिताल, समाजसेवी सावित्री सुनुवार, राजनीतिज्ञ रामकुमार सुनुवार, राजनीतिज्ञ पृथ्वीबहादुर फौदार सिंह, मिडियाकर्मी सेसिमी लिम्बुलगायत सम्मानित भए । 

समारोहमा गायिका मेचु धिमालको गायन तथा, आरुसी मगर र अन्य कलाकारको नृत्य निकै आकर्षक थियो । कार्यक्रम स्थल आदिबासी जनजाति समुदायको उस्थितिले खचाखच भरिएको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending