Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड–२०८०’ २८ विधामा अवार्ड प्रदान

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको नाचघरमा ‘राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड–२०८०’ सम्पन्न गरेको छ । यस अघि विभिन्न आदिबासी जनजाति कलाकारहरुको सौयौं गीतको भिडियो र केही चलचित्र निर्माण गर्दै आएको क्वालिटी फिल्मस् प्रा.लि.ले यो अवार्ड भव्यताका साथ आयोजना गरेको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख आतिथ्यता, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, बरिष्ट पत्रकार बिजयरत्न तुलाधर, बरिष्ट गीतकार डब्बु क्षत्री, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, सेन्सर बोर्डका सदस्य ऋषीराज आचार्यलगायतको विशेष आतिथ्यतामा सम्पन्न सो समारोहमा आदिबासी समुदायका श्रष्टाहरुले अवार्ड ग्रहण गरे । 

समारोहमा राई, लिम्बु, सुनुवार, थकाली, नेवार, गुरुङ, मगर, तामाङ, थारु, शेर्पा, थकाली तथा गैर आदिबासी कलाकारहरु आ आफ्नो भेषभुषामा सजिएर आएका थिए । विविध भेषभुषाका कारण अवार्ड समारोहमा विविधतामा एकता जस्तो देखिएको थियो । 

समारोहमा तामाङ भाषामा गीतकारको अवार्ड प्रकाश योञ्जनले, उत्कृष्ट तामाङ गायकको अवार्ड जीवन बोमजनले, तामाङ गायिकाको अवार्ड अन्जु थोकरले हाँसिल गरिन् । तामाङ भाषाकै मेन्दो माया गीत तर्फ उत्कृष्ट गायकको अवार्ड आरम्भ तामाङले, उत्कृष्ट गायीकाको अवार्ड फुलमाया तामाङले, गायिकाको जुरी अवार्ड सन्जु लामाले, पब्लिक च्वाईस अवार्ड शान्ति माम्बाले हाँसिल गर्दा म्हेन्दो मायाँ विधाकै गीतबाट डायस्पोरा तर्फको गायक अवार्ड बिश्व पासा तामाङले हाँसिल गरे ।

अवार्ड समारोहमा गुरुङ भाषाको गीत तर्फ उत्कृष्ट गायिकाको अवार्ड पवित्रा गुरुङले र गुरुङ गायिकाको जुरी अवार्ड ममता गुरुङले प्राप्त गरे । लिम्बु गीततर्फ उत्कृष्ठ गीतकारको अवार्ड लिला सेलिङ मावोले, म्युजिक कम्पोजरको अवार्ड रिता फोम्बो ठुलीले, गायीकाको अवार्ड दुर्गा तुम्साले हाँसिल गरे । सोही कार्यक्रममा लिम्बु तर्फ नै गायिकाको जुरी अवार्ड ईन्दिरा नेम्वाङले हाँसिल गर्दा उत्कृष्ट लिम्बु गायकको अवार्ड जीवन केदेमले प्राप्त गरे । समारोहमा गायक असार सिं निङलेकुले जुरी अवार्ड प्राप्त गर्दा लिम्बु गीतबाटै मोडलको अवार्ड सुजु सेरेङ र दिप केरुङले हाँसिल गरे । यस्तै लिम्बु भाषाकै मोडल तर्फको जुरी अवार्ड यासेली योङहाङले जिते ।

सोही समारोहमा राई तर्फ गीतकारको अवार्ड अनुका राईले हाँसिल गरिन भने सुनुवार भाषामा उत्कृष्ट गायिकाको अवार्ड कल्पना सुनुवारले, उत्कृष्ट गीतकारको अवार्ड तारादेवी सुनुवारले प्राप्त गरे  । यस्तै आदिवासी गीतमा मोडलको अवार्ड अन्जु गुरुङले हाँसिल गरिन भने गाउँ प्रवद्र्धन आदिबासी गीततर्फ उत्कृष्ट गीतकारको अवार्ड अर्जुन गुरुङले पाए । 

म्युजिक भिडियो तर्फ तामाङ गीतको उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड भुवन स्याङेबो तामाङले चुमे भने लिम्बु भाषाको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड हाङ चेम्जोङ र झ्याउरे लोकगीत तर्फ उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड तेन्याङ सरु राना गुरुङले हाँसिल गरे ।

सो समारोहमा झ्याउरे गीत तर्फ उत्कृष्ट गायिकाको अवार्ड तौसुवा गुरुङ (सविना)ले, गायिकाको जुरी अवार्ड दिलु सिरिष मगर श्रेष्ठले, झ्याउरे उत्कृष्ट गायकको अवार्ड पृथ्वी गुरुङले, गायक तर्फको जुरी अवार्ड हुम गैरेले र पब्लिक च्वाईस अवार्ड रमित रानाले हाँसिल गरे ।

समारोहमा कौडा चुट्का तर्फ उत्कृष्ट संगीतकारको अवार्ड रेशम गुरुङले, उत्कृष्ट गायकको अवार्ड प्रिजन गुरुङले हाँसिल गरे । उत्कृष्ट सालैजो गीत गायकको अवार्ड नर बहादुर आचार्यले र उत्कृष्ट सालैजो गायिकाको अवार्ड कालिका रोकाले हाँसिल गरिन् । अवार्ड समारोहमा नेपाल भाषा तर्फ यसपटक उत्कृष्ट गायिकाको अवार्ड तेजवती जोशीले, उत्कृष्ट गायकको अवार्ड सुरेश शम्शेरले र उत्कृष्ट संगीतकारको अवार्ड रोशन धौवडेलले प्राप्त गरे । 

समारोहमा आदिबासी चलचित्रहरु बीच प्रतिस्पर्धा भएको थियो । आदिबासी फिल्ममा तामाङ फिल्मबाट प्रवल थिङ तामाङले चलचित्र काखे्र (गंगटो)बाट उत्कृष्ट तामाङ फिल्मको अवार्ड जिते भने उत्कृष्ट सर्टफिल्म निर्देशकको अवार्ड केशव राई (युप्स)ले हाँसिल गरे । 

आदिबासी जनजातिहरुको हकहितका लागि आफुहरुले यो अवार्ड गरेको क्वालिटी फिल्म्सका अध्यक्ष एवम् चलचित्र निर्देशक उमेश गुरुङले बताए ।  अवार्ड सँयोजक सनी लिम्बुले आगामी दिनमा यो अवार्डमा अझ धेरै भन्दा धेरै भाषाभाषीहरुको गीत संगीत तथा चलचित्र समेट्ने बताईन् ।

यस्तै आदिबासी जनजातिहरु श्रष्टा, सामाजिक अभियान्ता तथा आदिबासी जनजातिहरुको चलचित्र, व्युटि पेजेन्टमा सक्रिय गैर आदिबासीहरुलाई पनि कार्यक्रममा सम्मानित गरियो । अभिनेता धिरेन शाक्य, तेज गिरी, गायक दिपक लिम्बु, इभेन्ट डिरेक्टर निशुकान्त झा, निर्देशक प्रितम गुरुङ, निर्देशक माधवराज खरेल, द्धन्द्ध निर्देशक जनक गुरुङ, फेशन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा, बरिष्ट कलाकार नवराज जँग थापा (जँगे) गायिकाहरु दुर्गा गुरुङ, सूर्य कुमारी गुरुङ, मेचु धिमाल, सरिता भारती, देउकुमारी गुरुङ सम्मानि भए ।  

यस्तै नृत्य कलाकार अरुसी अस्लामी मगर, ढाका भेषभुषा प्रवर्धक सरु लिम्बु, दौरा सुरुवाल डिजाईनर कोपिल नेपाली (ज्याक भाई), राष्ट्रसेवक होम लावती, समाजसेवी रत्न सुब्बा लावती, सामाजिक अभियान्ता आशा राई नेम्वाङ, गायक तुलमान गुरुङ, मोडलहरु रुपेश आलेमगर, दीपक थापा माईथाने मगर, गणेशमान घले, संगीतव्यबसायी अलबर्ट बज्राचार्य, मेकअप आर्टिष्ट जनुमा पुन, व्यबसायी विष्णुकुमारी लिम्बु, व्यावसायी नोरबहादुर तामाङ, भिडियो निर्देशक होम धिताल, समाजसेवी सावित्री सुनुवार, राजनीतिज्ञ रामकुमार सुनुवार, राजनीतिज्ञ पृथ्वीबहादुर फौदार सिंह, मिडियाकर्मी सेसिमी लिम्बुलगायत सम्मानित भए । 

समारोहमा गायिका मेचु धिमालको गायन तथा, आरुसी मगर र अन्य कलाकारको नृत्य निकै आकर्षक थियो । कार्यक्रम स्थल आदिबासी जनजाति समुदायको उस्थितिले खचाखच भरिएको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending