Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

सडक नाटकः घृणा होइन माया दिनुहोस्

खबरडबली संवाददाता

काठमाडौं । ‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन्?’ भन्ने समाज छ। अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन्। तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे। 

स्कुल पुर्‍याउन जाँदा होस या लिएर फर्कँदा ‘छक्का, हिजडा’को छोराछोरी भन्ने शब्द प्रयोग गर्दा बालबालिकामा मानसिक रूपमा असर परेको हनि बताउँछन्। ‘मेरा बच्चालाई काउन्सिलिङ नै गराउन पर्‍यो,’समर्पण सभ्य समाज नेपालका सचिव समेत रहेका उनले प्रश्न गरे,‘के हामी मानव होइनौ ररु के हाम्रा सन्तानले विना भेदभाव पढ्न पाउँदैनन् र ?’

उनले आफूहरूको पनि बाँच्ने अधिकार रहेको भन्दै समान पूर्वक हेरिदिन अनुरोध पनि गरे। ‘हाम्रा बालबच्चाले पढ्नमा धेरै समस्या भोगिरहेका छन् । तेस्राेलिंगीको बालबालिकाले धेरै भेदभाव र विभेद भोग्नु परेको छ,’उनले भने,‘खाजा खान रेस्टुरेन्टमा जाँदा समेत दुर्व्यवहार भएको छ । त्यो म आफैले पनि महसुस गरेको छु । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कुनै ग्रहबाट निस्केको होइन । समान पूर्वक हेरिदिनुहोस् ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा भइरहेको विभेद अन्त्य गर्ने उद्देश्यसहित ‘समाजले के भन्लारु’ सडक नाटक आफ्नै जीवनसँग मेल खाने खालको रहेको उनले बताए । 

कीर्तिपुरको बाघ भैरव मन्दिर अगाडि समर्पण सभ्य समाज नेपालले सडक नाटक प्रदर्शन गरेको हो । पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तको परिकल्पनामा प्रदर्शन भएको नाटकमा अभिनय गरेका नमस्तिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको बालबच्चाहरूलाई बाटोमा हिँडिरहँदा पनि नराम्रो व्यवहार भइरहेको बताए  । ‘अरूले जस्तै समान हक अधिकारका लागि समर्पण सभ्य समाज नेपाल स्थापना भएको छ,’उनले भने,‘हामी जस्ता व्यक्तिलाई हक अधिकारबाट वञ्चित नगरियोस्।’ 

गाईजात्राको अवसरमा अमेरिकी दूतावासको सहयोगमा समर्पण सभ्य समाज नेपालले सडक नाटक मार्फत समाजमा जनचेतना फैलाउने काम गरेको जनाएको छ। नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले आफूहरू यही देशको नागरिक भएको बताउँदै भने,‘हामीलाई पनि देश चलाउन पाउने अधिकार छ,यो अधिकार हनन भइरहेको छ।’ 

उनले केटाकेटा र केटीकेटीबीच विवाह गर्ने कानुन बनाउन सरकारसँग माग पनि गरे। ‘आमाको कोखबाट छोरा र छोरी मात्रै जन्मँदैनन्, हामी जस्ता व्यक्ति पनि जन्मन्छन्। हामी जस्ता व्यक्तिले देश चलाउन सक्छौ। हामी पनि यो देशको नागरिक हौँ। हामीलाई पनि देश चलाउन पाउने अधिकार छ,’माया गुरुङ र सुरेन्द्र पाण्डेलाई देखाउँदै पाण्डेले भने,‘केटाकेटा र केटीकेटीबीच सेम सेक्स म्यारिज गर्न पाउनु पर्छ।’ 

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिसा ढकाल सडक नाटकबाट पुरातनवादी सोच परिवर्तन गर्न सहयोग पुग्ने अपेक्षा गरेको सुनाइन्। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समर्पण सभ्य समाज स्थापना भएकोमा शुभकामना दिन चाहन्छु,’उनले भनिन्,‘यो नाटकले दिमागको माइन्ड सेट परिवर्तन गर्छ भन्ने आशा लिएका छौ।’

उनले मास्टर्स गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले रोजगारी नपाउने समस्या रहेको बताइन। ‘हामी माथि परिवारबाट विभेद हुन्छ, स्कुलमा पनि छक्का हिजडा भनेर जिस्क्याउँछन्। हामीजस्तो सन्तान जन्मेपछि अपहेलना गरेर तिरस्कार गर्छन्,’उनले भनिन्,‘ हामीलाई पनि माया गरिदिनुहोस्। हामीलाई पनि स्वीकारिदिनुहोस्, घृणा होइन माया दिनुहोस्।’

कार्यकारी निर्देशक ढकालले आफू एक जना ट्रान्सजेण्डर भएर पनि मास्टर्स गरेको बताउँदै प्रमाणपत्र अनुसार काम नपाएको सुनाइन। ‘मास्टर्स गरेर पनि मेरो सर्टिफिकेट विकेको छैन। ट्रान्सजेण्डर भएकै कारण रोजगारी दिएनन्,’उनले भनिन्,‘अब त्यस्तो अवस्था आउन दिन हुँदैन। हामी बाटोमा आउने अवस्था नबनोस्।’

सर्वोच्च अदालतको आदेश काठमाडौं जिल्ला अदालतले कार्यान्वयन नगरेपछि उच्च अदालत धाइरहेको माया गुरुङ र सुरेन्द्र पाण्डे ६ वर्षदेखि विवाह गरेर बसेका छन् । विवाह दर्ता भने गर्न पाएका छैनन् ।

सडक नाटक प्रदर्शनमा सुरेन्द्रले आफूहरूको विवाहले अहिलेसम्म कानुनी रूपमा मान्यता पाउन नसकेको बताए । ‘कानुनी मान्यता पाउनका लागि अदालतदेखि हरेक ठाउँमा हामीले सङ्घर्ष गरिरहेका छौ,’उनले भने,‘समाजले पनि स्वीकार गर्नु पर्छ भनेर समर्पण सभ्य समाजले जुन काम गरेको छ त्यसलाई हामी धन्यवाद दिन चाहन्छौ।’

उनले समाजको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए। ‘समाजको दृष्टिकोण परिवर्तन भयो भने देश परिवर्तन हुन्छ भन्ने हाम्रो नारा छ। सबैले हेर्ने नजर परिवर्तन गर्नुहोला। समाजले बुझेर सपोर्ट पाइन्छ भन्ने आशा गरेका छौ।’ सडक नाटक ‘समाजले के भन्ला?’ यसअघि बसन्तपुरमा दरवारस्क्वाएरमा प्रदर्शन भएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending