Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सडक नाटकः घृणा होइन माया दिनुहोस्

खबरडबली संवाददाता

काठमाडौं । ‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन्?’ भन्ने समाज छ। अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन्। तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे। 

स्कुल पुर्‍याउन जाँदा होस या लिएर फर्कँदा ‘छक्का, हिजडा’को छोराछोरी भन्ने शब्द प्रयोग गर्दा बालबालिकामा मानसिक रूपमा असर परेको हनि बताउँछन्। ‘मेरा बच्चालाई काउन्सिलिङ नै गराउन पर्‍यो,’समर्पण सभ्य समाज नेपालका सचिव समेत रहेका उनले प्रश्न गरे,‘के हामी मानव होइनौ ररु के हाम्रा सन्तानले विना भेदभाव पढ्न पाउँदैनन् र ?’

उनले आफूहरूको पनि बाँच्ने अधिकार रहेको भन्दै समान पूर्वक हेरिदिन अनुरोध पनि गरे। ‘हाम्रा बालबच्चाले पढ्नमा धेरै समस्या भोगिरहेका छन् । तेस्राेलिंगीको बालबालिकाले धेरै भेदभाव र विभेद भोग्नु परेको छ,’उनले भने,‘खाजा खान रेस्टुरेन्टमा जाँदा समेत दुर्व्यवहार भएको छ । त्यो म आफैले पनि महसुस गरेको छु । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कुनै ग्रहबाट निस्केको होइन । समान पूर्वक हेरिदिनुहोस् ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा भइरहेको विभेद अन्त्य गर्ने उद्देश्यसहित ‘समाजले के भन्लारु’ सडक नाटक आफ्नै जीवनसँग मेल खाने खालको रहेको उनले बताए । 

कीर्तिपुरको बाघ भैरव मन्दिर अगाडि समर्पण सभ्य समाज नेपालले सडक नाटक प्रदर्शन गरेको हो । पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तको परिकल्पनामा प्रदर्शन भएको नाटकमा अभिनय गरेका नमस्तिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको बालबच्चाहरूलाई बाटोमा हिँडिरहँदा पनि नराम्रो व्यवहार भइरहेको बताए  । ‘अरूले जस्तै समान हक अधिकारका लागि समर्पण सभ्य समाज नेपाल स्थापना भएको छ,’उनले भने,‘हामी जस्ता व्यक्तिलाई हक अधिकारबाट वञ्चित नगरियोस्।’ 

गाईजात्राको अवसरमा अमेरिकी दूतावासको सहयोगमा समर्पण सभ्य समाज नेपालले सडक नाटक मार्फत समाजमा जनचेतना फैलाउने काम गरेको जनाएको छ। नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले आफूहरू यही देशको नागरिक भएको बताउँदै भने,‘हामीलाई पनि देश चलाउन पाउने अधिकार छ,यो अधिकार हनन भइरहेको छ।’ 

उनले केटाकेटा र केटीकेटीबीच विवाह गर्ने कानुन बनाउन सरकारसँग माग पनि गरे। ‘आमाको कोखबाट छोरा र छोरी मात्रै जन्मँदैनन्, हामी जस्ता व्यक्ति पनि जन्मन्छन्। हामी जस्ता व्यक्तिले देश चलाउन सक्छौ। हामी पनि यो देशको नागरिक हौँ। हामीलाई पनि देश चलाउन पाउने अधिकार छ,’माया गुरुङ र सुरेन्द्र पाण्डेलाई देखाउँदै पाण्डेले भने,‘केटाकेटा र केटीकेटीबीच सेम सेक्स म्यारिज गर्न पाउनु पर्छ।’ 

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिसा ढकाल सडक नाटकबाट पुरातनवादी सोच परिवर्तन गर्न सहयोग पुग्ने अपेक्षा गरेको सुनाइन्। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि समर्पण सभ्य समाज स्थापना भएकोमा शुभकामना दिन चाहन्छु,’उनले भनिन्,‘यो नाटकले दिमागको माइन्ड सेट परिवर्तन गर्छ भन्ने आशा लिएका छौ।’

उनले मास्टर्स गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले रोजगारी नपाउने समस्या रहेको बताइन। ‘हामी माथि परिवारबाट विभेद हुन्छ, स्कुलमा पनि छक्का हिजडा भनेर जिस्क्याउँछन्। हामीजस्तो सन्तान जन्मेपछि अपहेलना गरेर तिरस्कार गर्छन्,’उनले भनिन्,‘ हामीलाई पनि माया गरिदिनुहोस्। हामीलाई पनि स्वीकारिदिनुहोस्, घृणा होइन माया दिनुहोस्।’

कार्यकारी निर्देशक ढकालले आफू एक जना ट्रान्सजेण्डर भएर पनि मास्टर्स गरेको बताउँदै प्रमाणपत्र अनुसार काम नपाएको सुनाइन। ‘मास्टर्स गरेर पनि मेरो सर्टिफिकेट विकेको छैन। ट्रान्सजेण्डर भएकै कारण रोजगारी दिएनन्,’उनले भनिन्,‘अब त्यस्तो अवस्था आउन दिन हुँदैन। हामी बाटोमा आउने अवस्था नबनोस्।’

सर्वोच्च अदालतको आदेश काठमाडौं जिल्ला अदालतले कार्यान्वयन नगरेपछि उच्च अदालत धाइरहेको माया गुरुङ र सुरेन्द्र पाण्डे ६ वर्षदेखि विवाह गरेर बसेका छन् । विवाह दर्ता भने गर्न पाएका छैनन् ।

सडक नाटक प्रदर्शनमा सुरेन्द्रले आफूहरूको विवाहले अहिलेसम्म कानुनी रूपमा मान्यता पाउन नसकेको बताए । ‘कानुनी मान्यता पाउनका लागि अदालतदेखि हरेक ठाउँमा हामीले सङ्घर्ष गरिरहेका छौ,’उनले भने,‘समाजले पनि स्वीकार गर्नु पर्छ भनेर समर्पण सभ्य समाजले जुन काम गरेको छ त्यसलाई हामी धन्यवाद दिन चाहन्छौ।’

उनले समाजको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए। ‘समाजको दृष्टिकोण परिवर्तन भयो भने देश परिवर्तन हुन्छ भन्ने हाम्रो नारा छ। सबैले हेर्ने नजर परिवर्तन गर्नुहोला। समाजले बुझेर सपोर्ट पाइन्छ भन्ने आशा गरेका छौ।’ सडक नाटक ‘समाजले के भन्ला?’ यसअघि बसन्तपुरमा दरवारस्क्वाएरमा प्रदर्शन भएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending