सिन्धुली । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सित भण्डार प्रयोगविहीन भइरहेका छन् । प्रदेशले कृषकको उत्पादन नविग्रियोस भन्ने उद्देश्यले १३ जिल्लामा निर्माण गरेको सित भण्डार प्रयोगमा आउन नसकेको हुन् ।
प्रयोगविहीन भइरहेका सीत भण्डारमध्ये एक सिन्धुलीको सुनकोसी गाउँपालिकामा समेत रहेकाे छ ।बागमती प्रदेश सरकारले निर्माण गरेका शीत भण्डार अझै सञ्चालनमा आउन सकेको छैन् । चार वर्ष लगाएर २०७९ मा सम्पन्न गरिएको शीत भण्डा अहिलेसम्मपनि प्रयोगमा ल्याइएको छैन ।
लामो प्रतिक्षापछि सिन्धुलीमा कृषकहरुले सेवा नपाएपछि कृषकहरु निराश छन् । सित भण्डार स्थानीयलाई खुल्ला गरिदिए सुनकोसीमा उत्पादनहुने स्थानीय उत्पादीत बस्तु खेर नजाने कृषकहरुको भनाई छ । कृषकले कृषि उपजको उचित मूल्यप्राप्त गर्ने उद्देश्यका साथ काम अघि बढाएको प्रदेश सरकारले बताएको थियो तर, सित भण्डार निर्माण भएको लामो समयसम्म पनि सञ्चालन हुन नसक्दा स्थानीय कृषक कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै बनेका छन् ।
बागमती प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र साझेदार संस्थाहरूको सहकार्यमा निश्चित रकम साझेदार संस्थाले व्यहोर्ने गरी संयुक्त लगानीमा प्रदेश सरकारले शीत भण्डार निर्माण गरेको हो । संयुक्त प्रयासमा बनाइएका शित भण्डार यसरी प्रयोगमा नआउनुको प्रमुख कारण प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वय अभाव देखिन्छ ।
चितवनको खैरहनी , धादिङको बेनीघाट , रसुवाको कालिका, सिन्धुलीको सुनकोसी, सिन्धुपाल्चोकको लिसंखुपाखर र इन्द्रावती, दोलखाको जिरी , रामेछापको मन्थली, नुवाकोटको विदुर र बेलकोटगढीमा समेत शीत भण्डार निर्माण भएका छन् । निर्माण सम्पन्न भइसकेको भए पनि यी सित भण्डार अधिकांश प्रयोगमा ल्याइएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: