Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

रामेछापमा २८ प्रतिशतले आलु उत्पादन बढ्यो

खबरडबली संवाददाता

रामेछाप ।  रामेछाप जिल्लामा आलुको उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ । विगत वर्षहरुको तुलनामा यसवर्ष आलु उत्पादन भएकाे हाे ।

विगत वर्षहरुमा कृषकहरूले परम्परागत रूपमा गर्दै आएको आलु खेतीमा आधुनिक विधि सहित उन्नत जातको बिउको प्रयोग गरेपछि आर्थिक वर्ष २०७८/०७९ मा भन्दा २०७९/०८० मा आलुको उत्पादनमा वृद्धि भएको हो ।

किसानहरूलाई आलु उत्पादन सम्बन्धी तालिमको व्यवस्था, पीबीएस तथा उन्नत आलुको बिउको प्रयोग, सिँचाइ सुविधाको विस्तार, उचित मल खादको प्रयोग, रोग कीराको पहिचान तथा रोकथाम र ड्याम बनाएर आलु खेती गरिएका कारण गत वर्षको भन्दा यो वर्ष  २८ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले जानकारी  दिए । 

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गएको आर्थिक वर्ष २०७९/८० मा रामेछापमा आलुको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा वृद्धि भएको छ । उनका अनुसार क्रप कटिङ प्रविधिबाट लिइएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रति हेक्टर १५ दशमलव १४ मेट्रिक टन उत्पादन भई जिल्ला भर ४९ हजार ६ सय ३० मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा आलुको उत्पादकत्व बढेर प्रति हेक्टर १९ दशमलव ३८ मेट्रिक टन फल्दा यो वर्ष ६४ हजार ७८७ मेट्रिक टन आलु उत्पादन भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ रामेछापको विभिन्न भेगका तीन हजार २ सय ७८ हेक्टर जमिनमा आलु बाली लगाइएकोमा आर्थिक वर्ष २०७९/०८० मा २ प्रतिशतले वृद्धि भई तीन हजार तीन सय ४३ हेक्टर जमिनमा आलु लगाइएको थियो । दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको रामेछापमा विशेष गरी उमाकुण्ड, गोकुलगंगा, दोरम्बा शैलुङ, सुनापति गाउँपालिकासहित खाँडादेवी गाउँपालिकाको माथिल्लो भेगमा पर्याप्त मात्रामा आलु उत्पादन हुने गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: