Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलन सुरु

खबरडबली संवाददाता

जकार्ता । दक्षिण पूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्र विन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को ४३औँ शिखर सम्मेलन सम्मेलन जकार्तामा सुरु भएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित यो  शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गरे । उनले सदस्य मूलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न आह्वान गरे । 

आगामी तीन दिनसम्म जारी सञ्चालन हुने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाको रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, सङ्गठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ । 

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मा सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका छन् । साथै उनीहरूले  दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । चीनले हालै प्रकाशन गरेको राजनीतिक नक्साबारे पनि बैठकमा छलफल भएको थियो । उक्त नक्साले विवाद बढाउने निष्कर्ष शीर्ष नेताहरूले निकालेका छन् । 

म्यान्माको सैनिक सरकारले अन्तर्राष्ट्रिय आलोचनालाई बेवास्ता गरेको र आफ्ना विपक्षीहरूसँग संलग्न हुन अस्वीकार गरेकोले आसियान नेताहरूले एकताबद्ध भएर अघि बढ्ने अडान राख्ने प्रयास गर्ने तथा तत्काल हिंसा अन्त्य गर्न पुन: वार्ता थाल्न सुझाएका छन् । 

शिखर सम्मेलनमा अनुपस्थित रहेको म्यान्मा आसियानको आगामी अध्यक्ष नहुने प्राय: पक्का भएको एएफपीले प्राप्त गरेको एक दस्तावेजमा जनाइएको छ । फिलिपिन्सले सन् २०२६ मा म्यान्माबाट आसियानको अध्यक्षता लिने घोषणा हुने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म आयोजना हुने शिखर बैठकका सिलसिलामा विश्व शक्ति राष्ट्रका सरकार प्रमुख एवं तिनका प्रतिनिधिसँग पनि आसियान नेताहरूले भेटवार्ता गर्ने परम्परा छ । अमेरिका र चीनबीच स्वतन्त्र व्यापार, जलवायु परिवर्तन र विश्वव्यापी सुरक्षालाई लिएर छलफल हुनेछ । चिनियाँ प्रधानमन्त्री, अमेरिकी उपराष्ट्रपति तथा रुसी विदेशमन्त्री आ–आफ्नो देशका सरकार प्रमुखको प्रतिनिधित्व गर्दै जाकार्तामा भेला हुने कार्यक्रम छ । 

आसियान राष्ट्ररसरकार प्रमुखको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आसियान विदेशमन्त्रीहरूको बैठक भएको थियो । इन्डोनेसियाका राजनीतिक, कानुनी र सुरक्षा मामिलाको प्रभारी संयोजक मन्त्री मोहम्मद महफुदले म्यान्मा सङ्कट समाधानका प्रयासमा उल्लेख्य प्रगति नहुँदा आसियान समुदायको शक्तिलाई एकपछि अर्को चुनौती थपिएको बताउँदै त्यसले सङ्गठनमा नकारात्मक प्रभाव पारेको बताए । उनले भूराजनीतिक तनाव र प्रतिद्वन्द्वीताले थप द्वन्द्व निम्त्याउने चेतावनी दिए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending