Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

सरकारले देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण कार्यलाई तीव्रता दिदै

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । 

काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । उक्र रङ्गशालाको भिआइपी प्यारापिट ब्लक ढलान भई प्लास्टरको काम भइरहेको छ ।

यस्तै भैरहवा क्रिकेट रङ्गशालामा ‘ब्लक बी’ आयोजनाको २२ दशमलव पाँच प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रङ्गशालाको एउटा ब्लक निर्माणकार्य सुरु भएको मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जानकारी दिइयो ।
यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट रङ्गशाला निर्माणका लागि मैदान तयार गर्ने कार्य भएको छ भने सुर्खेत क्रिकेट खेलमैदानको काम चालु छ । काठमाडौँको बूढानीलकण्ठ क्रिकेट रङ्गशालाको मैदानको कार्य सुरु गरिएको छ भने गण्डकी प्रदेशको पोखरा रङ्गशाला निर्माण आयोजना सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी रङ्गशालाको ४६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नेपालगन्ज रङ्गशालामा भने सेन्थेटिक ट्रयाक निर्माणका लागि डे«न ढलानकार्य भइरहेको छ । उक्त आयोजनाको ७७ प्रतिशत निर्माणकार्य पूरा भएको छ ।

बाराको सिमरा रङ्गशालाको ४१ प्रतिशत, नारायणी रङ्गशालाको २० प्रतिशत, पाँचथरको फिदिम रङ्गशालाको १५ दशमलव ८५ प्रतिशत तथा सुनसरीको धरान रङ्गशालाको ५४ प्रतिशत निर्माणकार्य पूरा भएको छ । पोखरा रङ्गशालामा बोरिङ निर्माणकार्य सुरु गरिएको छ भने ललितपुरमा च्ययासल रङ्गशाला निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

नारायणी कभर्डहलको निर्माणको ३० प्रतिशत, चुनिखेल कभर्डहलको २० प्रतिशत र रामेछापको सुनापति राष्ट्रिय स्मृति कभर्डहलको २० प्रतिशत निर्माणकार्य पूरा भएको छ । हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि मनाङको तिमाङमा खेलमैदान सम्याउने, घेराबार गर्ने र पर्खाल लगाउने काम भइरहेको छ भने जुम्लामा मैदान सम्याउने काम पूरा भएको छ ।

काठमाडौँको कागेश्वरी मनोहरामा खेलाडी आवासगृह र ललितपुरको सातदोबाटोमा तेक्वान्दो खेलाडीका लागि आवासगृह निर्माण गर्न डिपिआर तयार भएको मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ । निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित सम्भारका लागि बजेट व्यवस्थापन र  केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न खेलमैदानका लागि रकम विनियोजन गर्ने कार्यलाई पनि सरकारले नियमित गरेको छ । सरकारले आगामी २०८१ सालमा कर्णली प्रदेशको सुर्खेतमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि बजेटको आवश्यक जोहो गरिरहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वमा रही निर्णायक भूमिका खेलेका पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालनमा रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रङ्गशालाका रूपमा विकास गर्न राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने सोच मन्त्रालयले अघि सारेको छ । मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणकार्यको लक्षित प्रगति समयमै हासिल गर्न केही ठूला पूर्वाधार निर्माणकार्य प्राविधिक जनशक्ति भएको उपयुक्त सरकारी निकायमार्फत गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ । मुलुकलाई विश्वजगत्मा परिचित गराउने, राष्ट्रको इज्जत र प्रतिष्ठा बढाउने तथा कूटनीतिक सम्बन्ध विस्तारमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान हुँदै आएको छ ।

सरकारले तीन तहकै सरकारको समन्वय र सहकार्यमा  खेलकुद पूर्वाधारको निर्माण, संरक्षण र स्तरोन्नति गर्ने नीति अघि सारेको छ । खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र गतिविधि सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने मन्त्रालयको प्रतिबद्धता छ । प्रतिभावान खेलाडी पहिचान, क्षमता विकास तथा प्रोत्साहन गर्ने तथा समाजमा खेलकुदको महत्व स्थापित गर्दै सबैलाई खेलकुदमा सहभागी हुने अवसर सिर्जना गर्ने सरकारले अठोट लिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending