सर्लाही । उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ ।
अनेकौ समस्या व्यहोरेर पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको विकल्प खोज्न थालिएको अवस्थामा उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण र उन्नत जातको उखुको बीउ वितरण गरेपछि पुनः आफूहरुको मनोवल बढेको सहभागी किसान माधव थापाले बताए ।
पछिल्लो समय जिल्लामा उखु खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि चिनी उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन भ्रमण गराएको हो । उद्योगले आफ्नो फार्ममा लगाएको उखु खेतीको अवलोकन गराउनुका साथै अन्तक्र्रियासमेत गराएकोे अर्की कृषक धनमाया विकले बताइन् ।
उन्नत जातको उखुको बीउ लगाउन जिल्लाका उखु उत्पादक किसानलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि प्रयोग गर्नुपर्नेमा जानकारी गराइएको उद्योगको प्रशासन शाखाका अधिकारी डाकुरप्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार उद्योगले अहिले २८ बिघा क्षेत्रफलमा विभिन्न तीन जातका उखु लगाएकामा र सो स्थलको अवलोकन गराइएको थियो । उखु उत्पादक किसानको उत्पादन राम्रो भए चिनी उद्योग र किसान दुबैले राम्रो प्रतिफल पाउने भएकाले आधुनिक प्रविधि प्रयोग गरी उखु खेती गर्नुको विकल्प नरहेको उद्योगका प्रवन्धक योगनारायण रजकले बताउनुभयो । उनले भारतबाट ल्याइएको विभिन्न जातका उखु १५ कठ्ठा जमिनमा लगाइएको र उखुको बीउ यो वर्ष विस्तार गरेर २८ बिघामा लगाइएकोे जानकारी दिए ।
नयाँ जातको उखु रोप्दा उत्पादन बढेर जाने र किसानको आम्दानी वृद्धि हुने उद्योगले जनाएको छ ।इन्दुशकरले २८ विघामा तयार पारेको उखुको बीउ करिब एक हजार पाँच सय बिघा जमिनमा रोप्न पुग्ने उनले बताए ।
उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्न, उखु उत्पादक किसानको मनोवल बढाउन, उत्कृष्ट उखु उत्पादक किसानहरुलाई भ्रमणसहित उखु उत्पादक गर्ने तरिका सिकाउने, उपलब्ध बिउ वितरण गर्ने, परम्परागत उखु उत्पादक प्रणालीलाई परिवर्तन गरी आधुनिक प्रविधियुक्त तरिकाबाट उखु उत्पादनतर्फ आकर्षित गर्ने भन्दै इन्दुशंकरले उखु उत्पादक किसानहरुलाई स्थलगत अवलोकन गराएको हो ।
सो क्रममा सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरीका र विभिन्न जातका उखु लगाउँदा हुने उत्पादनलगायत विषयमा जानकारी गराउननाका साथै अपनाउनु पर्ने सावधानीका विषयमा प्रशिक्षण दिइएको उद्योगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: