Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बाँके बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत

खबरडबली संवाददाता

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगञ्जमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ।

शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा सात जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू छन्।

बसका चालक बर्दियाको ठाकुरबाबा ८ का  ५५ वर्षीय जुगबहादुर चन्दको सहचालक बर्दियाको बारबार्दिया नगरपालिका ७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।

बाँकेका डिएसपी नारायण डाँगीका अनुसार बसमा बेतना सामुदायिक वन उपभोक्ता समितिबाट धार्मिक भ्रमणमा गएका ४१ यात्रु सवार थिए। धार्मिक भ्रमणबाट फर्किने क्रममा सडकमा रोकिएको ट्रकसँग बस ठोक्किएको हो।  

दुर्घटनामा २८ जना घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जनाको अवस्था मध्यम र सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।

ठाकुरबाबा नगरपालिका ९ का ६७ वर्षीय बलबहादुर थारू र ४० वर्षीया आशा वि.क गम्भीर घाइते छन्।  

सोही वडाका ४१ वर्षीय श्रीधर थारू, ४८ वर्षीया सरस्वती  थापा, ४३ वर्षीय राधाकृष्ण चौधरी, ३९ वर्षीय अर्जुन वि.क, ५५ वर्षीया ललिता टमटा, ६५ वर्षीय चर्णुराम चौधरी, ६३ वर्षीया नैनसरा रोकाय, ६५ वर्षीय नैनबहादुर थापा, ७० वर्षीय चन्द्रबहादुर वि।क, ७२ वर्षीय कोटाले चौधरी, ७० वर्षीय हर्ष बहादुर थापा,  ७२ वर्षीय  जय बहादुर बम, ६७ वर्षीय कालीबहादुर थारू, ५८ वर्षीय मान बहादुर कामी, ६७ वर्षीय गेदुवा चौधरी,  ५५ वर्षीय दल बहादुर थारू, ६७ वर्षीय जसबीर बडुवाल, ५५ वर्षीय पतिराम थारू, ४१ वर्षीय हरिबहादुर थापा, ७५ वर्षीय जग्गु थारू, ६२ वर्षीय अन्तराम चौधरी, ४० वर्षीय रामु थारू, ५५ वर्षीय फुलराम थारू, ५० वर्षीय श्रीधर पोखरेल, ६२ वर्षीय शिव थारू, ४५ वर्षीया सुर्जी चौधरी, ६२ वर्षीय दलवीर चौधरी, ५० वर्षीय तेजबहादुर परियार, ५५ वर्षीय टक्क बहादुर बुढा, ४८ वर्षीय भागीराम थारू, ६० वर्षीय रामजी बाबु थापा र ५५ वर्षीया शिवराम थारू छन्।  

डिएसपी डाँगीका अनुसार घाइते सबैको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: