Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी द्एि । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उनले बताए । 

पुनका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेका उहाँले बताउनुभयो । उनका अनुसार अहिले पर्यटन सिजन सुरु नहुँदै विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

विभिन्न विद्यालय, कलेज, सङ्घसंस्था र समूहबाट सामूहिकरूपमा भ्रमणमा आउनेसमेत बढेका स्थानीय पर्यटन व्यवसायी ज्ञानबहादुर गर्बुजाले बताए । घोडेपानीसम्म नै सडकको पहुँच जोडिएपछि आन्तरिक पर्यटकको आवागमन बढेको उनको भनाइ थियो ।

गाउँपालिकामार्फत पुनहिलमा प्रवेश शुल्क र टिसप सञ्चालनका लागि स्थानीय पाँच जना व्यवसायीले ६३ लाख ११ हजारमा ठेक्का लिएका पालिका कार्यालयले जनाएको छ । पुनहिलमा नेपालीलाई प्रतिव्यक्ति रू ५० र विदेशी पर्यटकलाई रू एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

“यस क्षेत्रमा पर्यटकको आवागमन सुरु भएको छ, हामीले घोडेपानीबाट पुनहिल पुग्ने पदमार्गलाई सरसफाइ गरेर चिटिक्क पारेका छौँ”, गर्बुजाले भने, “पर्यटकले पनि आफ्नो भ्रमण तालिका बनाएर होटल बुकिङ गर्न थाल्नुभएको छ ।” उनका अनुसार यस क्षेत्रमा सिजन पहिले नै बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीले होटलको क्षमता विस्तार गरेका छन् । 

गर्बुजाले ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २६ ठूला होटल सञ्चालनमा रहेका जानकारी दिए । अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । “समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ”, उनले भने, “यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।”

मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा पार्ने गरेका अष्टेलियाका पर्यटकलाई भ्रमणमा लिएर आएका नेपाल वेयल्ड प्रालिका सञ्चालक रामहरि न्यौपानेले बताए । 

यस क्षेत्रको भ्रमण सकेर जाने पर्यटक यहाँको प्राकृतिक सौन्दर्यताले लोभिएर पुनः भ्रमणमा आउने गरेका उनको भनाइ थियो । “पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गर्छन्”, न्यौपानेले भने ।

घोडेपानीका पर्यटन व्यवसायीले यस क्षेत्रलाई पदमार्ग र सडक दुवैको सहज पहुँच बनाउन लागिपरेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए । उनका अनुसार अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घोडेपानी सडक सञ्जालले जोडिएको छ ।

यहाँबाट कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीबाट घोडेपानी जोड्ने परम्परागत पदमार्गलाई विस्थापित नगरी नयाँ सडकको पहुँच जोड्ने योजनामा रहेको घोडेपानीका पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: