कालिकोट । कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् ।
पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी गीताकुमारी छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् । उनी दैलेख भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् ।
१५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य भएका थिए । उनी केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए ।
गत राति ९ बजे मान्म बजारको आफ्नै दाइको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ । ‘खाना खाएर सुत्न कोठा गएका थिए,’ सुवेदी होटलका सञ्चालक नमराज सुवेदीले भने, ’पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरू नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने आशंका गरे ।
जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले हराएको खबर आएपछि अनुसन्धान थालेको बताए । उनले उनका सौता रञ्जना शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए । डिएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ ।
मान्म बजारमा ‘शाहीजी इलेक्ट्रोनिक्स’ सञ्चालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न दिइएको थिएन । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकाले कोठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुन सक्ने उनकी फुपु नाता पर्ने अर्मिता न्यौपाने बताइन् । यो खबर राजधानी दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - ०९:३१
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...
माघ ९ गते, २०८२ - ०९:२६
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । जिल्ला पार्टी सचिव...
माघ ९ गते, २०८२ - ०९:१४
म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...
माघ ९ गते, २०८२ - ०८:३०
तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...
माघ ९ गते, २०८२ - ०८:२६
बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...
माघ ९ गते, २०८२ - ०७:२८
काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...
माघ ९ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...
माघ ९ गते, २०८२ - ०७:१३
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...
माघ ९ गते, २०८२ - ०७:१०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...
माघ ९ गते, २०८२ - ०७:०८
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: