झापा । सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउनु हुने निर्मला विष्ट रिजाल र उनका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो ।
निर्मलाले तीन बर्ष अघि विर्तामोडस्थित मनमोहन अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । संस्थाले उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् । चौध बर्ष अघि महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ४० बढी महिलालाई सीप सिकाएर आत्मनिभर्र बनाएको उनले जानकारी दिइन् ।
संस्थाले विभिन्न संघसंस्थासँगको सहकार्यमा गरीब, असहाय तथा विपन्न परिवारलाई सुधारिएको चुल्हो, लत्ताकपडा, खाद्यान्न, घर छाउनका लागि जस्ता पातालगायतका सामग्री समेत वितरण गरिएको अध्यक्ष डाँगीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उपस्थिति अतिथिहरुलाई खादा र मालाको सट्टा स्थानीय महिलाले उत्पादन गरेका क्रिष्टलका माला लगाइदिएको थियो । संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिएको उनले बताइन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । उनले नगर क्षेत्रका महिलालाई स्वरोजगार बनाउन नगरपालिकाद्वारा नै सीप सिकाउने तयारी भइरहेको बताइन् । महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको पनि नगरपालिकाले नै बजारीकरण गर्ने योजना रहेको उनले बताइन् ।
कार्यक्रममा नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, विपन्न जनहितकोषको कोषाध्यक्ष लिना भण्डारी, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी सचिव निर्मला काफ्लेले स्वागत र उपाध्यक्ष खिला खनालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा तीज गीतमा महिलाहरुले सामूहिक रुपमा छमछमी नाचेर दर समेत खाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: