Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

खबरडबली संवाददाता

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । 

भीषण वर्षापछि गएको असोज १९ गते लखन्देहीखोलामा आएको बाढीले पक्की सडक बगाएर क्षति पुर्याएको थियो । त्यसबेला सडक कटान भएको तीन दिनपछि अस्थायी डाइसर्भन निर्माण गरेर हुलाकी राजमार्ग सुचारु भएको थियो । 

साँघुरो डाइभर्सनबाट उखु बोकेका गाडी तथा अन्य मालवाहक सवारी वारपार गर्न समस्या परेको स्थानीयले गुनासो गरेका छन् । 

कौडेना गाउँपालिकासहितका सर्लाहीको दक्षिणपश्चिम भेगमा पर्ने गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाका बासिन्दा पूर्वपश्चिम हुलाकी सडक भएर सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्दै आइरहेका छन् । 

हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले बाढीले सडक कटान गरेको यस ठाउँमा अब कलभर्ट निर्माण गर्ने भएको छ । कलभर्ट निर्माणका लागि एक साताअघि ठेक्का आह्वान भइसकेको कार्यालयले जनाएको छ । 

यस ठाउँमा वर्षायामको पानी निकास नहुँदा वर्षेनी सडक नै कटान गर्ने गरेकाले अब मल्टिसेल बक्स कलभर्ट निर्माण गर्न लागिएको हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रञ्जित यादवले जानकारी दिए। 

उनका अनुसार २७ मिटर लामो कलभर्ट निर्माणका लागि पुस ४ गते ठेक्का आह्वान गरिएको छ । आगामी असारसम्ममा कलभर्ट निर्माण गर्ने गरी ठेक्काको सूचना आह्वान गरिएको इन्जिनियर यादवले बताए। 

“आगामी बर्खाअघि नै कलभर्ट बनाउने योजनासहित सडक विभागको निर्देशनअनुसार कार्यालयबाटै सूचना निकालिएको छ,” इन्जिनियर यादवले भने, “यो ठाउँमा बारम्बार बाढी आएर सडकमा क्षति गर्ने भएकाले अब पानीको उचित निकास हुने गरी कलभर्ट निर्माण गर्न लागेका हौँ ।”

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले अहिले डाइभर्सनबाट दु:खसुख आउजाउ गर्न मिलिरहे पनि वर्षायामअघि कलभर्ट बनाइसक्न हुलाकी सडक आयोजनालाई घचघच्याइरहेको बताए। कार्यालयले बर्खाअघि नै कलभर्ट बनिसक्ने भन्दै आश्वस्त पारेको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पती छानविन आयोगले सार्वजनिक पद धारण गरेका क-कसको सम्पत्ति छानबिन गर्दैछ ?

काठमाडौँ। गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पती छानबिन आयोगले काम अघि बढाउन बाटो खुल...

संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नेकपा (एमाले)ले सरकारले सङ्घीय संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय सभाका लागि नेकपा ९एमाले० संसदीय दल...

झापामा स्कुल बस दुर्घटना हुँदा १२ विद्यार्थी घाइते

दमक। झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते ...

१०० रुपैयाँभन्दा बढी सामानमा भन्सार लिने सरकारको निर्णय अव्यवहारिक : गगन थापा

काठमाडौं । गगन कुमार थापाले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन्। चुनावी क्षेत्र सर्ला...

त्रिवि पदाधिकारीको सामूहिक राजीनामा, प्रधानमन्त्री कार्यालयमा पठाइयो

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले आफ्नो राजीनामा कर्मचारीमार्फत प्रधानमन्त्र...

बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली हुँदै, बासिन्दाले आफैं सामान हटाउन थाले

काठमाडौं । बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले आफ्नो बस्ती खाली गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै १८ वै...

निर्वाचन प्रणाली सुधारका लागि एकीकृत ऐन पारित गर्न आयुक्त भण्डारीको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विधेयक बजेट अधिवेशनमा नै पारित गर्न आग्रह गरेको छ । ...

नाकाबन्दीले इरान थिचिँदै

वासिङ्टन । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्...

गुल्मी महोत्सवमा मौलिक चाँदीका गहनाको आकर्षण

गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending